सिरहा : साउदी अरबमा अलपत्र परेका १६ जना नेपाली कामदरहरुको उद्गार गरिएको छ । वैदेशिक रोजगारीका लागि साउदी पुगेका १६ जना कामदारहरुरो सामाजिक अभियन्ताहरूले उद्धार गरेका हुन् । ती १६ जना नेपाली ९ महिनादेखि तलबविहीन भएर अलपत्र परेका थिए । उनीहरूलाई समाजिक अभियान्ताहरुको पहलमा उद्धार गरिएको हो ।
सुखिपुर नगरपालिका –२ का समाजिक अभियन्ता शिवकुमार यादव, सुखिपुर नगरपालिका ३ का गुमस्ता कुमार यादव र विराटनगरका जेरी ताम्राकारको पहलमा साउदीस्थित नेपाली दूतावासको समन्वयमा उद्धार गरी उनीहरुलाई नेपाल फर्काउन सफल भएको हो ।
नेपाल फर्किनेमा बलबहादुर धामी, तेज बहादुर कुँवर, रेवत खड्का, मिलन श्रेष्ठ, गणेश राय, राहुल सुनार, सन बहादुर सुनार, टोप राज महतो, कौशल तामाङ, भोज कुमारलगायत १६ जना छन् ।
स्वदेश फर्केका युवाहरूले साउदीमा काम गरेको आफ्नो बाँकी बक्यौता रकम तथा तलब सम्बन्धी समस्याहरुबारे काठमाडौंको कुपन्डोलमा रहेको म्यानपावर कम्पनी संचालकसँग छलफल गरेको मध्यान्हलाई बताए । म्याननपावर संचालकले बाँकी बक्यौता रकम तथा तलब दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएको अभियन्ता यादवले बताए ।
उद्धार गरिएको सबैलाई बिहानको चिया, नास्ता, खाना र बस पार्कसम्मको लागि ट्याक्सी भाडा र काठमाडौंबाट घर जानको लागि बाटो खर्च समेत उपलब्ध गराएर पठाएको अभियान्ता गुमस्ता कुमार यादवले बताए । स्रोत मध्यान्ह दैनिक
प्रतिक्रिया लेख्नुहोस्:-