टोकियो, जापान । जापानमा सुनामीको खतरापछि देशका विभिन्न भागमा गरेर करिव ३ लाख व्यक्तिलाई सुरक्षित स्थानमा जान आदेश सहित उद्दार गरिएको छ ।
जापानको मौसम विज्ञान एजेन्सीले अमामी र तोकारा टापु क्षेत्रका लागि जारी सुनामीको चेतावनी हटाएको छ । यि क्षेत्रमा ३ मिटरसम्मको सामुन्द्रिक छाल आएको एजेन्सीले बताएको छ । चेतावनी हटाएसँगै ति क्षेत्रबाट सुरक्षित स्थानमा जान आदेश दिएका तथा उद्दार गरिएकाहरुलाई सचेत रहन तर आफ्नो स्थानमा फर्कनसक्नेगरि चेतावनी स्तर हटाईएको छ ।
मौषम एजेन्सीले सुनामीको छाल पटकपटक आउनसक्ने सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । इवाते प्रिफेक्चरका लागि सुनामी चेतावनी आईतबार बिहान १०:४५ बजेसम्म जारी राखिएको छ ।
जापानी समय अनुसार बिहान १०:४५ बजेसम्ममा २ लाख ३० हजार व्यक्तिलाई सुरक्षित स्थानमा जान भनिएको वा उद्दार गरिसकिएको छ । यो संख्या थपिनेक्रम जारी रहेको एनएचके समाचार संस्थाले उल्लेख गरेको छ ।
सुनामीको सचेतना स्तर होक्काईदो सहित फुकुशिमा, ईबाराकी, चिबा, टोकियो ओगासावारा र ईजु टापु, सिजुओखा, वाकायामा, तोकुशिमा, कोची, नागासाकी, मियाजाकी, खागोशिमा घोषणा गरिएको छ । तर यि क्षेत्रबाट आपतकालि उद्दार वा अग्लो स्थानमा जान भनेर आपतकालिन सुनामी चेतावनीको सूचना जारी गरिएको छैन ।
कोची क्षेत्रमा केही माछा मार्न प्रयोग गरिने डुंगा सुनामीको छालले डुबाएको एनएचके समाचार संस्थाले उल्लेख गरेको छ । जापान मौषम विज्ञान एजेन्सीले तटीय क्षेत्रका मानिसहरूलाई सतर्क रहन आग्रह गरिरहेको छ ।
विस्तृत समाचार अपडेटको लागि जापान मेट्रोलोजिकल एजेन्सी वा एनएचके समाचार संस्था हेर्दै रहनुहोला ।
प्रतिक्रिया लेख्नुहोस्:-