बैदेशिक पोष्ट
२०८२ फाल्गुन २, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विमानस्थलमा कसले चोर्छ यात्रुका सामान ?

'सामान ह्यान्डलिङ नेपाल एयरलाइन्सका कर्मचारीले गर्नुहुन्छ, उहाँहरूबाटै अनुसन्धान सुरू गर्छौं'

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, समाचार
माघ ३, २०७८ २०;३४ मध्यान्ह प्रकाशित
विमानस्थलमा कसले चोर्छ यात्रुका सामान ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्समार्फत गौरी बस्नेत दिल्ली जाँदै थिइन्। मालदिभ्स हिँडेकी उनी दिल्ली हुँदै जानुपर्ने थियो। सुटकेसमा गौरीले आफ्ना लुगाफाटासँगै एउटा प्रेसर कुकर र दुइटा काँसका थाल हालेकी थिइन्। नक्कली सुनका केही गरगहना पनि भएकाले तिनलाई त्यही कुकरभित्र हालिन्। तर मालदिभ्स नपुग्दै उनको सुटकेस नै हरायो।

‘त्यो सुटकेस रातो रङको थियो। हेर्दा पनि आकर्षक थियो। नक्कली गहनाकै कारण अरू सामान पनि हराउने हो कि भन्ने त मलाई पहिल्यै लागेको थियो,’ बस्नेतले चार वर्षअघिको घटना सम्झिइन्, ‘तर फेरि नक्कली त हो, हराउँदैन होला भन्ने लाग्यो। त्यसैले हाते झोलामा नराखी सुटकेसमै राखेँ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यस्तै दुर्दशाका अर्का भुक्तमान हुन् रामेछापका यामकुमार घिसिङ। करिब पाँच वर्षअघि संयुक्त अरब इमिरेट्स युएईबाट त्रिभुवन विमानस्थलमा ओर्लिने क्रममा उनको क्यामरा चोरी भएको थियो।

‘मैले दुबईबाट सामसङको लेटेस्ट मोडलको क्यामरा त्यहाँको १२ सय तिरेर ल्याएको थिएँ, उनले भने, ‘त्यसबाट एउटा फोटो पनि खिच्न पाएको थिइनँ। जहाजबाट झरेर लगेज लिने ठाउँमा पुगेर हेर्दा क्यामराको खोल मात्रै बाँकी थियो।’ उनले विमानस्थलका कर्मचारीलाई सोधे। कर्मचारीले त्यो क्यामरा उतै चोरिएको भन्दै पन्छिए।

‘त्यसपछि त्यो क्यामराको खोल त्यही कर्मचारीको अघि मिल्काइदिएर म निस्किएँ,’ घिसिङले सम्झिए, ‘क्यामराको माया मारिसकेँ। धेरै पुरानो कुरा हो, सम्झिन पनि मन लाग्दैन।’ बस्नेत र घिसिङले विस्तारै यी घटना बिर्सिँदै गए, तर अरू थुप्रै यात्रुले दैनिक यस्तै सास्ती खेपिरहेका छन्। हाम्रो एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था रत्ति सुध्रिएको छैन।

गत पुस २७ गते मात्रै नेपालबाट अध्ययनका क्रममा बंगलादेश हिँडेकी मेडिकल विद्यार्थी नित्या कार्कीको झोलाबाट पैसा र सामान चोरियो। हिमालय एयरलाइन्सको एच ९६७८ उडानमार्फत ढाका पुगेकी उनले त्यहाँ रकम साट्ने क्रममा मात्रै आफ्नो झोलाबाट सामग्री निकालिएको थाहा पाइन्।

उनको झोलाबाट आठ सय अमेरिकी डलर, वानप्लस फोनको चार्जर र केही खानेकुरा चोरिएको रहेछ। त्यसपछि उनले यो घटना परिवारमा खबर गरिन्। उनका दाइ एयरलाइन्समा बुझ्न गए। एयरलाइन्सले सिसिटिभी फुटेजमा हेर्दा केही नदेखिएको बताएको छ।

विमानस्थलमा यात्रुको सामान चोरी भएका यी त प्रतिनिधि र सार्वजनिक भएका घटना मात्र हुन्। धेरै यात्रुको दैनिक रूपमा यस्ता गुनासा आइरहेको हुन्छ। धेरैजसो मोबाइल, क्यामरा, नयाँ कपडा, नगद, खानेकुरा जस्ता सामान हराउने उनीहरूको गुनासो छ।

गत जेठ ७ र ११ गते विदेशबाट आयात भएका पाँच सय सात वटा ल्यापटपमध्ये १३ वटा विमानस्थलबाटै गायब भएका थिए। प्रहरीको अनुसन्धानमा ती ल्यापटप चोरी भएको देखियो। विमानस्थलको कार्गोबाट ल्यापटप चोरी गरेको देखिएपछि प्रहरीले नेपाल एयरलाइन्समा लोडर काम गर्ने सिन्धुपाल्चोक, पाँचपोखरीका २९ वर्षीय विष्णु अधिकारीलाई पक्राउ गरेको थियो।

हराएका सामानको क्षतिपूर्तिसम्बन्धी विभिन्न व्यवस्थाहरू छन्। तर क्षतिपूर्ति लिने प्रक्रिया झन्झटिलो भएकाले सबैले पाइरहेका छैनन्। लगेज पूरै हराएको अवस्थामा केहीलाई भने एयरलाइन्सले सामग्रीको तौलका आधारमा क्षतिपूर्ति दिने गरेको पाइएको छ।

त्यस्तै अन्तर्राष्ट्रिय उडानका क्रममा कतिपय सामग्री नेपालकै विमानस्थलबाट चोरिने भए पनि अरू विमानस्थललाई दोष दिने र क्षतिपूर्ति नदिने लाजमर्दो प्रवृत्ति रहेको यात्रुहरू बताउँछन्।

‘हामी विश्वका अरू धेरै विमानस्थल प्रयोग गरेका छौं। अन्त यस्तो हुँदैन त! सामान टुट्ने, फुट्ने र चोरीको समस्या हाम्रै विमानस्थल जोडिएको यात्रामा मात्रै किन धेरै हुन्छ?,’ एक यात्रुले भने। उनी त यात्रुका सामान चोरी गर्नकै लागि त्रिभुवन विमानस्थलमा लगेज लिन लामो समय कुराउने गरिएको आरोप लगाउँछन्। यात्रुका यिनै समस्याबारे हामीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग सोध्यौं।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले सुरक्षा व्यवस्था चुस्त नभएको स्वीकार्दै यात्रुले गरगहना, मोबाइल, क्यामरा, नगद जस्ता महत्वपूर्ण सामान लगेजमा राख्न नहुने बताए। ‘धेरै पैसा त हाते झोलामा पनि राख्न पाइँदैन। राख्ने हो भने पनि सुरूमै सम्बन्धित एयरलाइन्ससँग कुरा गर्नुपर्छ। होइन भने मेरो लगेजमा पैसा थियो हरायो भनेर कसरी प्रमाणित हुन्छ?,’ सिटौलाले सेतोपाटीसँग भने।

सामान हराएपछि यात्रुले सिसिटिभी फुजेट हेर्न आग्रह गर्दा विमानस्थलले सबै फुजेट नदेखाएको गुनासो पनि आउने गरेको छ। सिटौला भने विमानस्थलभित्र सबैतिर क्यामरा जडित भए पनि कतिपय स्थान नसमेटिने भएकाले समस्या निम्तिएको बताउँछन्।

‘हामीले यात्रुको सामग्री सिसिटिभीमा समेटिने गरी जडान गरेका छौं। तर हुलमुलमा कहिलेकाहीँ छेकिएर देखिँदैन। त्यसमाथि विमानस्थल भनेको संवेदनशील क्षेत्र हो। यहाँका सबै फुटेज हामी देखाउन सक्दैनौं,’ उनले भने। यात्रुका सामग्री चोरी घटनामा विमानस्थल पहिल्यैदेखि बदनाम रहेको भने उनी स्वीकार गर्छन्।

‘पहिल्यै धेरै सामग्री चोरी भएका घटना बाहिरिएका हुन्। त्यसपछि हामीले विमानस्थललाई सुधार्न धेरै कडाइ गरेका छौं,’ उनी भन्छन्, ‘समस्या देखिएपछि हामीले धेरै लोडरलाई कारबाही पनि गर्‍यौं।’

विमानस्थलमा उच्चतहकै कर्मचारीको मिलोमतोमा चोरीका घटना हुने आरोप पनि छ। प्रवक्ता सिटौला भने विमानस्थलभित्र चोरी घटनामा उच्चतहका कर्मचारीको मिलोमतो नरहने दावी गर्छन्।

‘हामीले त चोरी नियन्त्रण गर्न कर्मचारीलाई गोजी नभएका कपडा लगाउन लगाएका छौं। प्रहरीको निगरानी बढाएका छौं। केही खराब नियतका व्यक्ति प्रहरीभन्दा अगाडि भएपछि कसको के लाग्छ र?,’ उनले भने। विमानस्थलमा चोरी भएको प्रमाणित भए चोरी गर्ने व्यक्तिलाई कानुनी कारबाही गरी पीडितलाई क्षतिपूर्ति दिलाइने उनले बताए।

‘भर्खरै आठ सय अमेरिकी डलर लगायत सामग्री हराएको उजुरी आएको छ (नित्या कार्की ढाका जाँदाको घटना), हामी यसमा छानबिन गर्दैछौं,’ उनले भने, ‘सबै यात्रुका सामग्री राख्ने-निकाल्ने काम नेपाल एयरलाइन्सका कर्मचारीले गर्नुहुन्छ। हामी पहिले त उहाँहरूबाट अनुसन्धान सुरू गर्छौं। सेतोपाटी बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!