बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक, बिजनेश
माघ ८, २०७८ १५;४५ मध्यान्ह प्रकाशित
६ अर्ब लगानीमा गोपीकृष्ण हल यसरी बन्दैछ सपिङ मलसहितको पाँचतारे होटल

गोपीकृष्ण सेन्टर कम्प्लेक्सको प्रतीकात्मक डिजाइन।स्रोत :- सेतोपाटि, तस्बिर सौजन्यः निरक पौडेल

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ पछिल्लो समय आधुनिक सपिङ मल र आकर्षक मल्टिप्लेक्ससहितका सिनेमा हल बन्न थालेका छन्। यस्ता सिनेमा हलका भवनमा हलबाहेकका थुप्रै सुविधाहरू हुन्छन्। यही अवधारणाअनुरूप काठमाडौंको पुरानोमध्येको गोपीकृष्ण हल पनि नयाँ बन्दैछ। पुरानो भवन भत्काएर अब यहाँ सपिङ मल, सिनेमा हलसहित पाँचतारे होटल बनाउन लागिएको गोपीकृष्ण मुभिजका सञ्चालक निरक पौडेलले जानकारी दिए।

निरकले जमाना प्रविधिमय भएसँगै गोपीकृष्णलाई आधुनिक र सुविधासम्पन्न सिनेमा हल बनाउने योजना पहिल्यै बनाएका थिए। तर चलिरहेको हल भत्काएर नयाँ बनाउन समय लाग्ने भएपछि योजना थाती राखे। ‘सबैखाले सुविधा पाइने आधुनिक भवन बनाउने मन थियो। एउटा इन्टरटेन्मेन्ट हब नै बनाउने सोच थियो,’ उनले भने। लामो समयदेखि निरकले थाती राखेको योजनाले कोरोना लकडाउनपछि सार्थकता पायो।

पहिलो लकडाउन सुरू हुनुअगावै फिल्म हल बन्द भए। पछि लकडाउन खुल्यो, हल खुलेनन्। लामो समय हल नखुल्ने देखेपछि निरक पुरानो भवन भत्काएर नयाँ निर्माण गर्नतिर लागे। ‘कोरोनाले दौडिरहेका मानिसलाई रोकेर सोच्ने समय दियो। हल बन्द भएपछि पारिवारिक छलफल गर्‍यौं। अनि पछिको लकडाउनमै पुरानो हल भत्कायौं,’ उनले भने। अहिले पुराना भवन भत्काएर जमिन खाली गर्ने काम भइसकेको छ। नयाँ वर्ष २०७९ को सुरूवातसँगै होटल निर्माणको काम सुरू हुने पनि उनले जानकारी दिए।

गोपीकृष्ण सेन्टर कम्प्लेक्सको प्रतीकात्मक डिजाइन।स्रोत :- सेतोपाटि, तस्बिर सौजन्यः निरक पौडेल

उनका अनुसार अब बन्ने गोपीकृष्णको नाम ‘गोपीकृष्ण सेन्टर कम्प्लेक्स’ (जिकेसिसी) हुनेछ। यसका लागि पौडेल परिवारले छ अर्ब लगानी गर्दैछन्।

सात रोपनी क्षेत्रफलमा रहेको गोपीकृष्ण अब दस रोपनीमा फैलिनेछ। होटल र कम्प्लेक्सको भवनले करिब ४० प्रतिशत ठाउँ मात्र ओगट्नेछ। बाँकी ६० प्रतिशत क्षेत्रफल खुला हुने निरकले बताए। खुला ठाउँमा हरियाली, बालबच्चाका लागि पार्क, फुड (खाना) पार्क, खेलहरू खेल्ने ठाउँ (गेमिङ जोन) बनाइनेछ। विशेषगरी विकसित मुलुकका आधुनिक सहरको जीवनशैलीको अनुभूति आफ्नै सहर काठमाडौंमा दिलाउने उद्देश्यले जिकेसिसी निर्माण गर्न लागेको निरक बताउँछन्। ‘गोपीकृष्णमा निर्माण भइरहेको जिकेसिसीलाई ल्यान्डमार्क बनाउने सपना छ,’ उनले सेतोपाटीसँग भने।

नयाँ गोपीकृष्णको मुख्य आकर्षण पाँचतारे होटल हुनेछ। निरकका अनुसार होटलमा एक सय ५७ वटा कोठा बनाइनेछ। यो होटल व्यवस्थापनका लागि चर्चित बहुराष्ट्रिय होटल ब्रान्ड आउने उनले बताए। त्यस्तै होटलभित्र क्यासिनो, सिनेमा हल, सपिङ सेन्टर, रेस्टुरेन्ट, ब्यांक्वेट, थ्रिडी बिल बोर्ड लगायत हुनेछन्। होटलको पाचौं तलामा स्विमिङ पुल पनि हुनेछ। होटल र कम्प्लेक्समा विभिन्न स्वाद पस्किने चेन रेस्टुरेन्ट, कफी सप हुनेछन्। ब्यांक्वेट हल चार हजार क्षमताको हुनेछ। स्पाका लागि अन्तर्राष्ट्रिय फ्रेन्चाइज आउने पनि उनले जानकारी दिए।

गोपीकृष्ण मुभिजका सञ्चालक निरक पौडेल।स्रोत:- सेतोपाटि, तस्बिर सौजन्यः निरक पौडेल

‘जिकेसिसीमा चिनियाँ र भारतीयलाई मध्यनजर गरी क्यासिनो सञ्चालन गरिनेछ,’ निरकले भने, ‘यहाँ आउनेहरूले आनन्दले एकदिन यहीँ बिताउन सक्नेछन्।’

जिकेसिसीको मलमा व्यवसाय गर्न चाहनेलाई जस्तो डिजाइन चाहिन्छ, त्यस्तै डिजाइन र सुविधा भएको पसल तयार गरिदिने सोच निरकको छ। उनका अनुसार एप्पलले एप्पलकै डिजाइनमा सोरूम खोज्यो भने त्यस्तै डिजाइनको पसल तयार पारिनेछ। ‘भवनमा स्टिल प्रयोग गरिनेछ। भारत तथा युरोपेली देशमा यो प्रविधिमा थुप्रै भवन बने पनि नेपालमा यो पहिलोपटक हो,’ उनले भने।

निरक चलचित्र निर्देशक पनि हुन्। त्यसकारण पनि जिकेसिसी एउटा सिर्जनात्मक निर्माण र फिल्म बनाउनेले बनाएजस्तै देखियोस् भन्ने उनको चाहना छ। उनी भन्छन्, ‘डेढ दशकअघि गोपीकृष्ण आउन मानिसहरू धेरै उत्साहित हुन्थे। नेपालकै पहिलो मल्टिस्क्रिन भवन थियो त्यो बेला। त्यो आकर्षण जगाउन नयाँ पुस्ताले कस्तो चाहेका छन्, त्यहीअनुसार पस्किन सक्नुपर्छ।’

२५ वर्षअघि निरकका बुबा उद्धव पौडेलले गोपीकृष्ण हल स्थापना गरेका थिए। गोपीकृष्ण निकै चर्चित ‘ल्यान्डमार्क’ बन्यो। यसकै कारण वरपरको टोल गोपीकृष्ण भनेर चिनियो। त्यो बेला दिनमा चार वटा शो चल्ने उक्त हलमा सातवटा पर्दामा एकैपटक फिल्म हर्न पाइन्थ्यो। निरकका अनुसार दैनिक बाह्र हजारले फिल्म हेरेर मनोरञ्जन लिन्थे। राम्रो फिल्म चल्दा त धेरै मानिस टिकट नपाएर फर्किन्थे।

‘बुबाको पालामा गोपीकृष्णको जति आकर्षण थियो, अब बन्ने जिकेसिसीमा त्यस्तै आकर्षण हुनेछ। यसअघि मानिसहरू फिल्म मात्र हेर्न आउँथे भने अब किनमेल, खानपान, आवासदेखि खेलसम्मका सबैजसो सुविधा पाउने छन्,’ निरकले उत्साहित हुँदै भने।

चक्रपथसँगै रहेको गोपीकृष्णमार्फत् चाबहिललाई हस्पिटालिटी, मनोरञ्जन र सपिङको प्रिमियम गन्तव्य बनाउने सपना उनको छ। अहिले गोपीकृष्णका सातमध्ये चार हल भत्काइएको छ। अर्को भवनमा रहेका तीनवटा हललाई नयाँ प्रोजेक्टका रूपमा अगाडि बढाइएको छ। हलको साजसज्जासँगै नाम पनि परिवर्तन भएको छ। पहिले ओम, नमः र शिवाय नामका यी तीन हल अब आरजिबी अर्थात्, रेड, ब्लु र ग्रीन नामले चिनिने छन्।

‘रातो, नीलो र हरियो सिनेमामा प्रयोग गरिने प्राथमिक रङ हुन्। त्यसलाई तीनवटा हलमा थिमका रूपमा प्रयोग गरेका छौं,’ उनले भने। रेड हलमा सिट, कार्पेट, बाथरूम, भुइँ, रेस्टुरेन्ट, लबी, लाइनिङ लगायत सबै कुरा रातो हुने निरक सुनाउँछन्। त्यसैगरी ब्लुमा सबै नीलो र ग्रीनमा सबैथोक हरियो।

‘नयाँ हलमा बिहान आठ बजेदेखि बेलुका आठ बजेसम्म हरेक घन्टामा एउटा शो सुरू हुनेछ,’ उनले भने, ‘पहिलेजस्तो एउटा शो कहिले सकिएला र अर्को हेर्न पाइएला भनेर कुर्नु पर्दैन।’

नयाँ भवन तयार नभएसम्म तीनवटै हलमा फिल्म चलाउने तयारी भइरहेको छ। स्थानीय र बाहिरका धेरै मानिसहरूको माग आएसँगै बाँकी रहेको भवनमा फिल्म शो चलाउन लागेको उनी बताउँछन्। उनका अनुसार एक महिनापछि हल तयार हुनेछ। सरकारले हल खुलाएमा जुनसुकै समय फिल्म चल्नेछ।

पछि यो भवन पनि नयाँ बन्ने टावरसँगै जोडिनेछ। तीनवटा हलको कुल सिट क्षमता पाँच सय ५५ हुनेछ। नयाँ प्रोजेक्ट सञ्चालनमा आएपछि यस क्षेत्रमा पहिलाभन्दा दोब्बर मानिसको चहलपहल बढ्ने विश्वास पौडेल परिवारको छ। २०७९ सालको सुरूआतसँगै निर्माण सुरू हुने यो भवन दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। जिकेसिसी चीनको कम्पनीले बनाउँदैछ।

होटलको अर्को सुविधा ‘ड्राइभ–थ्रु’ हुनेछ। यसले ग्राहकलाई आवश्यक परेको सामग्री डेलिभरी गर्नेछ। ‘फास्टफुड र औषधि किन्नुपरे मेसिनबाट बोल्न सकिन्छ। त्यो आवाज स्टोरसम्म पुग्छ। अनि ड्राइभ गरेर जाने र आफ्नो सामान लिने, पैसा तिरेर फर्किने। त्यसका लागि छुट्टै लेन हुनेछ,’ निरकले भने।

त्यस्तै पाँचतारे होटलको टुप्पामा सुगाको लोगो हुनेछ। ‘त्यहाँ रोबोटिक सुगा हुन्छ, जुन टाढाबाट हेर्दा भवनमाथि उडेजस्तै देखिन्छ,’ उनले भने, ‘घडीअनुसार चरा घुम्नेछ। पानी पर्दा छाता ओढ्नेछ। यो पनि नेपालको होटल तथा कम्प्लेक्सका लागि नौलो प्रयोग नै हुनेछ।’

भवनको अन्डरग्राउन्ड पार्किङमा डेढ सयवटा गाडी अटाउने छन्। अन्डरग्राउन्डको सिलिङ पनि अग्लो हुने उनले बताए। थप पार्किङ आवश्यक परे हाइड्रोलिक प्रविधिबाट पाँच सय वटासम्म कार अट्ने क्षमता विस्तार गर्ने निरकको योजना छ।

गोपीकृष्ण सेन्टर कम्प्लेक्सको प्रतीकात्मक डिजाइन। स्रोत :- सेतोपाटि, तस्बिर सौजन्यः निरक पौडेल
गोपीकृष्ण सेन्टर कम्प्लेक्सको प्रतीकात्मक डिजाइन। स्रोत :- सेतोपाटि, तस्बिर सौजन्यः निरक पौडेल

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!