अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ‘उडान अब मात्र रू. १’ योजना ल्याएको छ। उक्त योजनाअन्तर्गत फ्लाइट टिकट खरिदमा एक जना भाग्यशाली बिजेताले आइफोन १३ उपहार प्राप्त गर्ने सक्नेछन्।
त्यस्तै, योजनाअनुरुप हरेक दिन एक जनालाई एक रुपैयाँमा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त हुनेछ।
फ्लाइट टिकट बुकिङको लागि खल्ती सहज प्लेटफर्म भएको छ, जसमा १२ सय सम्मको उच्चतम क्यासब्याक प्राप्त गर्न सकिन्छ। यसमा विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरि तत्काल टिकट बुकिङ गर्न पनि सजिलो भएको छ।
‘उडान अब मात्र रू. १’ योजना माघ २३ गतेदेखि फागुन ३० गतेसम्मलाई लागू हुनेछ। उक्त योजनामा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्नेछ। खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरूले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाइसी भेरिफाई गरेर उक्त योजनामा सहभागी हुन सक्नेछन्।
नयाँ योजनाबारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘हालैको महामारीलाई ध्यानमा राख्दै डिजिटल उडान बुकिङमा थप प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्न यो अभियान ल्याइएको हो। यस महामारीको समयमा यात्रुहरूको सुरक्षित यात्रा होस् भन्ने हाम्रो चाहना हो।’
नेपाली फिनटेक उद्योगमा खल्ती एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड बनेको छ। यसको २० लाखभन्दा बढि प्रत्यक्ष प्रयोगकर्ताहरू छन् भने लाखौं अप्रत्यक्ष प्रयोगकर्ताहरू रहेको कम्पनीले दाबी गरेको छ।
खल्तीले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाइर सपिङ साइटमा भुक्तानी गरि ६०,०००ं सेवाहरूको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिदैँ आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरूलाई समयको साथै पैसाको बचतमा खल्तीले योगदान दिदैँ आएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-