बैदेशिक पोष्ट
२०८२ माघ २६, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

छत्तिस प्रतिशत ब्याजमा ऋण काढेर विदेश

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
माघ २६, २०७८ ०७;३७ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा रहेका ७० प्रतिशत श्रमिक भन्छन्– फेरि त्यही मेनपावरबाट विदेश जान्नँ !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

इलाम। मुलुकमा जीविकोपार्जन गर्ने कमाई र काम नपाएपछि धेरैलाई रोजगारीको लागि बिदेसिनुपर्ने बाध्यता छ। वैदेशिक रोजगारीमा जाने धेरैले महँगो ब्याजमा ऋण लिने गरेका छन्। सुरक्षित आप्रवासन परियोजना (सामी) ले इलाम नगरपालिकाको आप्रवासन पार्श्वचित्र तयार पार्न लिएको तथ्याङ्क अनुसार ३६ प्रतिशतभन्दा बढीसम्म ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा गएको पाइएको छ।

११७ जनाले २५ देखि ३६ प्रतिशत ब्याजदरमा ऋण लिएर विदेश गएका हुन्। ३६ प्रतिशत भन्दा बढी ऋण लिएर पनि वैदेशिक रोजगारीमा जाने गरेको पाइएको सामीका कार्यक्रम संयोजक ईश्वरी तामाङले बताए ।

३६ प्रतिशत भन्दा बढी ऋण लिएर तीन जना वैदेशिक रोजगारीमा गएका छन्। ‘विदेश जाने धेरैले ऋण काढेरै विदेश जाने हुन्’, तामाङले भने,‘बैङ्क वित्तीय संस्थाहरूले विदेश जानेलाई ऋण दिँदैनन्, साहु महाजनबाट हतार हतारमा ऋण लिएर विदेश जानेहरू जतिसुकै महँगो ब्याज पनि तिर्न तयार हुन्छन्।’

सुरक्षित आप्रवासन परियोजनाले सङ्कलन गरेको तथ्याङ्क अनुसार १६५ जनाले १२ प्रतिशत भन्दा कम ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा गएका छन् । १३ देखि १८ प्रतिशत ब्याजमा ऋण काढेर २८३ जना बिदेसिएका छन् । ४४१ जना १९ देखि २४ प्रतिशतसम्म ब्याजमा ऋण लिएर विदेश गएको पाइएको छ ।

रोजगारीमा जान ऋणको भार

वैदेशिक रोजगारीको लागि वित्तीय संस्थाहरूले ऋण दिँदैनन्। त्यसैले अधिकांशले साहु महाजन र आफन्तबाट ऋण लिएर विदेश जाने गरेका छन् । वित्तीय संस्थाबाट लिएको ऋण विदेश जानको लागि खर्च गरेपनि अरुनै प्रयोजन देखाएर ऋण लिने गरेको तामाङ बताउँछन्।

इलाम नगरपालिका क्षेत्रका ९४५ जनाले ऋण या सापटी लिएर विदेश गएको तथ्याङ्क छ । त्यसमध्ये ६३४ जनाले आफन्तबाट ऋण लिएका छन् भने २६२ जना साहु महाजनबाट ऋण लिएका छन्।

त्यस्तै बचत समूहबाट ३० जना, सहकारीबाट ३६ जना र बैङ्कबाट ८७ जनाले ऋण लिएर विदेश गएको तथ्याङ्क छ । ४०५ जनाले भने आफ्नै श्रोतबाट रोजगारीको लागि विदेश गएका छन् भने, १८ जनाले सम्पत्ति बेचेर रोजगारीको लागि विदेश जाने खर्च जुटाएका हुन् ।

रोजगारीमा जान लाखौँ खर्च

सामी परियोजनाको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि धेरैजसो खाडी मुलुक गएका छन् । खाडी मुलुक पठाउन म्यानपावर कम्पनीले दश हजार रुपैयाँ भन्दा बढी रकम लिन पाउँदैनन् । तर, खाडी मुलुक जानकै लागि पनि २० गुण बढी रकम तिर्न बाध्य छन् ।

२४३ जनाले दुई लाख रुपैयाँ भन्दा बढी रकम खर्चेर विदेश गएको पाइएको छ । १४७ जनाले एक लाख ५१ हजार देखि दुई लाखसम्म बुझाएको पाइएको छ । ६८३ जनाले एक लाखदेखि एक लाख ५० हजारसम्म खर्चिएका छन् । ९९ जनाले ८१ हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म, ७८ जनाले ५१ देखि ८० हजार रुपैयाँसम्म, ११ देखि ५० हजार रुपैयाँ खर्चेर बिदेसिएका छन् । जम्मा २१ जनाले फ्रि टिक फ्रि भिसा मार्फत रोजगारीको लागि विदेश गएका छन् ।

वैदेशिक रोजगारीको लागि बढी रकम बुझाएर गएपनि उनीहरूले बुझाएको रकमको भरपाई पाउँदैनन् । रोजगारीमा जानेबाट लाखौँ रकम असुलेपनि म्यानपावर कम्पनीले सरकारले निर्धारण गरेको रकमको मात्रै भरपाई दिने गरेका छन् । म्यानपावर कम्पनीहरूले राम्रो काम र कमाईको प्रलोभन देखाएर ठग्ने गरेको सामीका जिल्ला परियोजना संयोजक तामाङले बताए ।

‘म्यानपावर कम्पनीले राम्रो काममा पठाइदिने भनेर तोकेको भन्दा धेरै रकम लिन्छन्, तर थोरै पैसा लिएको मात्रै भरपाई दिएको हुन्छ’, उनले थपे,‘कतिले भनेको काम पाउँदैनन्, तलब पनि भनेजति नपाएपछि स्वदेश फर्किन्छन्, यहाँ आएपछि आफूले बुझाएको रकम पनि उठाउन सक्दैनन् ।’ तिरेको रकमभन्दा कमको मात्रै भरपाई लिएपछि म्यान पावर कम्पनीलाई बुझाएको रकम लिन नसकेर धेरै जना ठगिने गरेको तामाङले बताए ।

धेरैजसो खाडी मुलुक

वैदेशिक रोजगारीका लागि अधिकांशको रोजाई खाडी मुलुकनै छ । चाडै भिसा लाग्ने, अर्धदक्ष जनशक्तिले पनि काम पाउने भएकाले खाडी मुलुक जानुपर्ने बाध्यता छ । खासै राम्रो कमाई नहुने भएपछि इलाम नगरपालिका क्षेत्रका धेरैजसो वैदेशिक रोजगारीको लागि खाडी मुलुकनै गएको पाइएको छ । ३१४ जना मलेसिया, २०६ जना साउदी अरब, २८२ जना दुबई, २११ जना कतार ४२ जना कुवेत, १५ जना ओमन रोजगारीको लागि गएका छन् ।

पाँच पटकभन्दा बढी रोजगारीको लागि विदेश

वैदेशिक रोजगारीमा गएर फर्किएकाहरू मुलुकमानै स्वरोजगार नहुँदा पटक पटक बिदेसिने गरेका छन् । कतिसम्म भने एकै जना व्यक्ति पाँच पटकसम्म वैदेशिक रोजगारीको लागि विदेश धाउने गरेका छन् । तथ्याङ्क अनुसार ४० जना पाँचौँ पटक र त्यस भन्दा बढी पटक रोजगारीको लागि विदेश गएको पाइएको छ । वैदेशिक रोजगारीको कमाई अनुत्पादक क्षेत्रमा लगानी गर्दा पटक पटक बिदेसिनुपर्ने बाध्यता छ।

कतिपयले विदेशमा गरेको कमाई घर बनाउन, घडेरी किन्न या घरखर्चमानै सक्ने गरेका छन्। विदेशको कमाइ आम्दानी मूलक क्षेत्रमा लगानी नगर्दा पटक पटक रोजगारीको लागि विदेश जानुपर्ने अवस्था छ । सामी परियोजनाको तथ्याङ्क अनुसार चौथो पटक विदेश जानेको सङ्ख्या ३८, तेस्रो पटक जानेको सङ्ख्या १२३ जना, दोस्रो पटक विदेश जानेको सङ्ख्या, ४७२ र पहिलो पटक रोजगारीको लागि विदेश जानेको सङ्ख्या ७६६ रहेको छ।

५० बर्षपछि पनि रोजगारीको लागि विदेश

कतिपय उमेर ढल्किँदै जाँदा समेत विदेशी भूमिमा कमाउन जान्छन् । पटक पटक विदेश जानेहरू ५० वर्ष काटिसक्दा समेत विदेश जाने गरेको पाइएको छ । इलाम नगरपालिका क्षेत्रका एक हजार ४९३ वैदेशिक रोजगारीमा गएका छन् ।

ती मध्ये २१ जना ५० वर्षभन्दा बढी उमेरका छन् । यस्तै २२८ जना ४१ देखि ५० वर्ष उमेरका छन् । ३१ देखि ४० वर्षका ६३१ जना, २१ देखि ३० वर्ष उमेरका ६३१ र १८ देखि २० वर्षका चार जना रहेको सामी परियोजनाको तथ्याङ्क छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!