जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा हालसम्मकै धेरै आवेदन परेको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिन मंगलबार साँझ पाँच बजेसम्ममा सर्वसाधारणबाट २७ लाख ६ हजार ७६७ वटा आवेदन परेको हो। यो संख्या आईपीओमा परेको हालसम्मकै उच्च संख्या हो।
कम्पनीले सर्वसाधारणबाट ४ करोड ८७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर खरीदका लागि आह्वान गरिएकोमा मंगलबारसम्म ३ करोड ३१ लाख १३ हजार ३ सय कित्ता शेयरका लागि ३ अर्ब ३१ करोड १३ लाख ३० हजार रकमको आवेदन परेको छ। जुन सर्वसाधारणबाट माग भएको रकमको ६७.८६ गुणा बढी हो।
लघुवित्तले शुक्रबारदेखि कुल ५ लाख २२ हजार कित्ता सेयर निष्काशन निष्काशन तथा बिक्री खुला गरेको थियो। जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता लघुवित्तका कर्मचारीहरुलाई तथा सर्वसाधारणमा जारी हुने सेयरको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ।
बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर खरीदका लागि लगानीकर्तााट आवेदन मागिएकाे हो।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार जाल्पा लघुवित्तको आईपीओ ४८ हजार ७ सय ९० जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले हात पार्नेछन्। यसरी हेर्दा २६ लाख ५० हजारभन्दा बढीको हात खाली हुने भएको छ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड पुग्नेछ।
आवेदकको संख्या | आवेदन दिएको कित्ता | आवेदन दिएको रकम (रु.) | थप विवरण |
27,06,767/-
|
3,31,13,300/-
|
3,31,13,30,000/-
|
सर्वसाधारणबाट प्राप्त आवेदन |
4,87,90,000/- | सर्वसाधारणलाई गरिएको कूल निष्काशन | ||
67.86 गुणा | आवेदन प्राप्त गरेको |
प्रतिक्रिया लेख्नुहोस्:-