एजेन्सी (क्वालालम्पुर) := अमेरिकी भन्सार निकायले मलेसियाली डिस्पोजेबल ग्लोब निर्माता कम्पनी वाईटीवाई होल्डिङ्स एसडिएन बीएचडी (वाइटीवाई ग्रुप)को समाग्री आयातमा प्रतिबन्ध लगाएको छ।
कम्पनीले आफ्ना कामदारमाथि श्रम शोषण गरेको आरोपमा प्रतिबन्ध लगाएको भन्सार निकायले जनाएको छ। गत दुई वर्षभित्र मलेसियाली कम्पनीमाथि लगाइएको यो सातौँ प्रतिबन्ध हो।
‘वाईटीवाई समूहले आफ्नो कम्पनीमा कार्यरत श्रमिकलाई जबर्जस्ती काममा लगाउने तथा उनीहरुमाथि श्रम शोषण गरेको सूचनाको आधारमा प्रतिबन्ध लगाएका हौं,’ अमेरिकी सीमा सुरक्षा (सीबीपी)ले भनेको छ।
सीबीपीका अनुसार वाईटीवाई समूहलाई जाँच गर्ने क्रममा त्यहाँ अन्तर्राष्ट्रिय श्रम संगठनका ११ सूचकमध्ये सातमा कम्पनीले नियमविपरित काम गरेको पाइएको छ। श्रमिकलाई धम्की दिने, ऋण बन्धनमा राख्ने, दुर्व्यवहार गर्ने र अत्यधिक ओभरटाइम गराउन लगाउने गरेको बताइएको छ।
शुक्रबारदेखि एजेन्सीले सबै अमेरिकी बन्दरगाहहरूमा आएका वाईटीवाई ग्रुप, वाईटीवाई उद्योग, ग्रीन प्रस्पेक्ट र जीपी लुमुटद्वारा मलेसियामा बनाइएका सामानहरू जफत गरेर राख्ने जनाएको छ । source :Free malaysia today












प्रतिक्रिया लेख्नुहोस्:-