बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

भिजिट भिसाका कामदारलाई दुःखै–दुःख

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
माघ २९, २०७८ ०८;१० बिहान प्रकाशित
भिजिट भिसाका कामदारलाई दुःखै–दुःख
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

यूएई : भिजिट भिसामा आएर काम गर्ने नेपालीले यहाँ अत्याधिक दुःख पाउने गरेका छन्। राम्रो कमाई हुने आशामा मानव तस्करको अध्यागमन सेटिङमार्फत भिजिट भिसामा आएकाहरूको मृत्यु हुने क्रमसमेत बढेको छ।

नेपाली दूतावास अबुधाबीका अनुसार तस्करको प्रलोभनमा परेर परिवारलाई समेत पूर्णजानकारी नदिई उनीहरू दुबई पुग्ने गरेका छन्। त्यसैले मृत्यु भएको अवस्थामा पहिचान गर्न कठिन हुने गरेको छ। गत वर्ष यूएईमा १ सय ३८ नेपालीको मृत्यु भएको दूतावासको तथ्याङ्क छ। जसमध्ये २८ को आत्महत्या, २५ को मृत्यु दुर्घटना र कोभिड–१९ को कारण १८ जनाको मृत्यु भएको हो। सन् २०१८ मा ३३, २०१९ मा १७ र २०२० मा ४४ जना नेपालीले यूएईमा आत्महत्या गरेका छन्। आत्महत्याको मुख्य कारण मानसिक तनाव रहेको जानकारहरू बताउँछन्। कोरोना काल सुरु भएपछि धेरै मजदुर तनावमा परेको तथ्यांक छ। २०२२ को दोस्रो सातासम्म १२ जना नेपालीको मृत्यु भएको दूतावासले जनाएको छ।

उनीहरूमध्ये अधिकांश भिजिट भिसामा दुबई पुगेका थिए। बर्सेनि यति धेरै नेपालीको मुलुकमा मृत्यु हुँदा पनि सरकारले चासो देखाएको छैन। आत्महत्या गर्नेको संख्या पनि उत्तिकै छ। अबुधाबीस्थित नेपाली राजदूत कृष्णप्रसाद ढकाल नेपालीले दुबईमा आएर आत्महत्या गर्नुको पछाडि भने जस्तो काम नपाउनु हुन सक्ने बताउँछन्। ‘ऋण काढेर जुन सपना देखेर भिजिटमा आउनु भएको हुन्छ। त्यो पूरा हुँदैन। कतिपयले पारिवारिक तनावका कारण पनि आत्महत्या गर्ने गरेको पाइन्छ,’ ढकाल भन्छन्, ‘यद्यपि यसमा थप अनुसन्धान गर्न आवश्यक छ।’ धादिङकी रेणु थापाले २०२० डिसेम्बर २६ मा दुबईमा आत्महत्या गरिन्। दलालको अध्यागमन सेटिङमार्फत भिजिट (पर्यटक) भिसामा दुबई पुगेकी उनले आत्महत्या गर्नुको कारण खुलेको छैन। परिवारको सहमतिमा शव दुबईमै जलाइयो। दुई छोरीकी आमा थापाको विदेशमा मृत्यु हुँदा पनि परिवारले कुनै क्षतिपूर्ति पाएन।

दुबई आउन दलाललाई १ लाख ३० हजार रुपैयाँ तिरेकी थिइन्। भोजपुरका सागर राईले मार्च २३ मा दुबईस्थित समुद्रमा हाम फालेर आत्महत्या गरे। उनी ३ लाख तिरेर राम्रो कामको आशामा आएका थिए भने जस्तो काम नपाएपछि मृत्यु रोजे। स्याङ्जाका राजकुमार श्रेष्ठ र नवलपरासीका विवेक थापाले पनि दुबईमा आत्महत्या गरे। उनीहरू अध्यागमन सेटिङमार्फत भिजिट भिसामा दुबई आएका थिए। सिन्धुपाल्चोकका विकास भुजेलको शव केही महिनादेखि दुबईमा अलपत्र छ। भिजिट भिसामै आएका भए पनि उनको कहिले र कसरी मृत्यु भयो भनेर पत्ता लगाउन दूतावासलाई निकै कठिन भयो। प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्की पर्यटक भिसामा विदेश गएर आत्महत्या गर्नु दुःखद् भएको बताउँछन्।

असुरक्षित वैदेशिक रोजगारीमा संलग्नलाई कानुनी दायरामा ल्याउन उनले माग गरे। ८० हजार हाराहारी नेपाली भिजिट भिसामा काम खोज्न दुबई पुगेका छन्। यस्ता नेपालीको तथ्यांक सरकारसँग नहुने हुनाले विदेशमा बिरामी भएमा, दुर्घटना भई अंगभंग भएमा वा मृत्यु भएमा सहयोग नपाउने दूतावासकी श्रम काउन्सिलर निर्मला थापाको भनाइ छ। ‘श्रम गरेर कानुनी प्रक्रिया पूरा गरेकाको हकमा भने सरकारले आवश्यक सहयोग गर्छ,’ थापाले भनिन्। आत्महत्या गर्नेको हकमा जीवन बिमाको रकमसमेत दाबी गर्न नपाइने यूएईको कानुन छ। अन्नपुर्ण पोस्ट बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!