क्वालालम्पुर (मलेसिया):= श्रम समझदारी लगायत कोरोना भाइरसको माहामारीको कारण नेपालीहरुको लागि बिगत ३ बर्षदेखि बन्द रहेको मलेसिया रोजगारीको मागपत्र प्रमाणीकरणको काम सुचारु भएको छ।
मलेसियाले यहीँ बर्ष सन् २०२२ को जनवरी २८ तारिखदेखि विदेशी कामदार भर्ना प्रक्रिया सुरु गर्ने भएदेखि मागपत्र प्रमाणीकरणको काम सुरु गरिएको मलेसिया स्थित नेपाली दूतावासले एक सुचना सार्वजनिक गरि जनाएको छ।

दूतावासले आफ्नो आधिकारिक वेबसाईटमार्फत शुक्रबार जारी गरेको सुचना अनुसार नयाँ मागपत्र प्रमाणीकरणको लागि मंगलबार, बुधबार र बिहिबार पेश गर्न सकिनेछ भने सोमबार बुझिलिने जनाएको छ । जसको लागि २ बजेदेखि ४:३० बजेसम्मको समय निर्धारण समेत गरेको सूचनामा उल्लेख गरिएको छ ।
दुतावासले मागपत्र प्रमाणीकरणको लागि आवश्यक कागजातहरु पेश गर्नुभन्दा पहिले दुतावासको वेवपेजमा उपलब्ध अनलाइन फारम भर्ने र पेश गर्ने समय लिन अनुरोध गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-