संयुक्त अरब इमिरेट्स (युएई) को सहर दुबईमा नेपाली कामदार अलपत्र परेका छन् । त्रिनेत्र कन्सल्टेन्सीबाट भिजिट भिसामा दुबई पुगेका २५ भन्दा बढी नेपाली युवाहरु अलपत्र परेका छन् ।
त्रिनेत्र कन्सल्टेन्सीका सञ्चालक कोमलराज उपाध्यायले खाडी मुलुकमा आकर्षक रोजगारी दिने आश्वासन दिएर दुई लाख रुपैयाँ लिएर दुबई पठाएको पीडितले गुनासो गरेका छन् ।
पीडित मध्येका अस्लम तामाङले कन्सल्टेन्सीले कम्पनीमा जागिर दिने आश्वासन दिएर ठूलो रकम लिएको गुनासो गरेका छन् । उनी विगत १४ महिनादेखि अलपत्र परेका छन् ।
त्यस्तै त्रिनेत्र कन्सल्टेन्सीमार्फत दुबई गएका विवेक परियारले आवश्यक रकम कन्सल्टेन्सीलाई हस्तान्तरण गर्दा पनि पाँच महिनादेखि बेरोजगार छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ठूला-ठूला आश्वासन दिए पनि उद्धारका लागि कुनै पहल नगरेको पीडितले गुनासो गरेका छन् । Nepal khabarhub
प्रतिक्रिया लेख्नुहोस्:-