काठमाडौं। मंगलबार अमेरिकी डलरको भाउ बढेको छ। नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिद दर १२० रुपैयाँ ६८ पैसा र बिक्री दर १२१ रुपैयाँ २८ पैसा कायम गरेको छ। सोमबार अमेरिकी डलर एकको खरिद दर १२० रुपैयाँ ३२ पैसा र बिक्री दर १२० रुपैयाँ ९२ पैसा रहेको थियो ।
युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ४५ पैसा र बिक्री दर १३७ रुपैयाँ १३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६३ रुपैयाँ १० पैसा र बिक्री दर १६३ रुपैयाँ ९१ पैसा छ।
स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ५३ पैसा र बिक्री दर १३१ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६३ पैसा र बिक्री दर ८६ रुपैयाँ ०६ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर ९४ रुपैयाँ ९५ पैसा छ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४९ पैसा र बिक्री दर १० रुपैयाँ ५४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९८ पैसा र बिक्री दर १९ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ १७ पैसा र बिक्री दर ३२ रुपैयाँ ३२ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ १४ पैसा र बिक्री दर ३३ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८० पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९४ पैसा छ । कोरियन वन १०० को खरिद दर १० रुपैयाँ ०८ पैसा र बिक्री दर १० रुपैयाँ १३ पैसा कायम भएको छ।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-