विदेशी कामदार केन्द्रीकृत व्यवस्थापन प्रणाली (FWCMS) मार्फत बिदेसी कामदार को लागि अब विदेशी कामदार को कोटा माग ओनलाइन बाट मात्र हुने।
विदेशी कामदार कोटा माग को लागि चेकलिस्ट यस्तो रहेको छ।
हरेक क्षेत्र मा जस्तो उत्पादन ,निर्माण,कृषि, वृक्षारोपण,सेवाहरू, घरेलु सहयोगी कोटा को लागि माग आन्तरिक मन्त्रालय ले प्रमाणित गरे पछि मात्र माग पत्र दुतावास ले प्रमाणीकरण गर्ने छ।
यी सब क्षेत्रहरु मद्धे उत्पादन कारखाना कम्पनीलाई मात्र स्थानिया भन्दा ३ गुना बदि विदेशी कामदार ल्याउने कोटा पाउने छ।
उत्पादन कारखाना जस्तो १०० स्थानीय कामदार छ भने ३०० विदेशी कामदार मात्र कोटा पाउने छ।
विदेशी कामदार केन्द्रीकृत व्यवस्थापन प्रणाली (FWCMS) FWCMS ले नया प्रणाली को मदत ले कुन कम्पनी मा कति कामदार को आवस्यक छ भनि जाच गरि मात्र सो कम्पनी को लागि कामदार माग पूर्ति गर्ने छ।
प्रतिक्रिया लेख्नुहोस्:-