बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

देशकै नमुना तीनमुखे पुल

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
फाल्गुन ७, २०७८ १३;१७ मध्यान्ह प्रकाशित
देशकै नमुना तीनमुखे पुल
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

विकास निर्माणका काम गरिँदा समयसापेक्ष नवीन प्रविधिको प्रयोग गरिनुका साथै आकर्षक संरचनातर्फ पनि ध्यान दिन थालिएको छ । मितव्ययी हुनुका साथै बहुउपयोगी पनि हुनेगरी विकास कार्य अघि बढिरहेको एउटा उदाहरण ‘तीनमुखे पुल’ भएको छ । लामो समयदेखि निर्माण प्रारम्भ भएर चर्चामा रहेको तीन जिल्ला जोड्ने देशकै नमुना पुलको रूपमा रहेको तीनमुखे झोलुङ्गे पुलको निर्माण कार्य अब भने अन्तिम चरणमा पुगेको छ ।

२०७१ सालमा तत्कालीन नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेल र गुल्मी क्षेत्र नम्बर ३ का सांसद चन्द्र भण्डारीले शिलान्यास गर्नुभएको यो भोलुङ्गे पुलले गुल्मी, स्याङ्जा र पाल्पा जिल्लालाई जोडेको छ । तीन जिल्लाको सङ्गमस्थल रिडी क्षेत्रको कालीगण्डकीमा निर्माणाधीन तीनमुखे पुलले निकै ठूलो चर्चा पाएको छ । २०७१ साल असार १० गते तीन वर्षभित्रमा पुल निर्माण सम्पन्न गर्ने गरी नौ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा नयाँ बाटो, रुबिना, मना जेभी र स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजन पुल्चोकबीच सम्झौता भएको थियो । तीन पटकसम्म म्याद थप गरेर काम गराउँदा बल्ल निर्माण कार्य अन्तिम चरणमा पुगेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले जनाएको छ ।

तोकिएको समयमा कोरोना सङ्क्रमणका कारण कार्य सम्पन्न गर्न नसक्नु मुख्य समस्या भएको कार्यालयका प्रमुख भरत अर्यालको भनाइ रहेको छ । कोरोनासँगै निर्माण सामग्रीको मूल्यमा उतारचडाव हुनु र केही प्राविधिक समस्याका कारण पनि निर्माणमा ढिलाइ भएको अर्यालले बताउनुभयो । चैत मसान्तसम्म निर्माण कार्य सकिने र लामो समयपछि नमुना कामको परिणाम देखिने अर्यालले बताउनुभयो । पहिले के भयो भन्दा पनि अब तोकिएकै समयमा कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
निर्माण व्यवसायीका प्रतिनिधिका अनुसार लठ्ठाको साइडमा जाली भर्ने, लाइटिङ, सोलार जडान, रेलिङ निर्माणलगायतका काम बाँकी रहेकाले एकदेखि दुई महिनाभित्रमा यी काम सम्पन्न गरिसकिने छन् । नयाँ डिजाइनको काम भएको केही अलमल र कोरोनाका कारण काम गर्न नसकिएकोले समयमै निर्माण कार्य सम्पन्न गर्न अवरोध भएको ठेकेदार पक्षको भनाइ रहेको छ ।

नेपाल सरकारका तत्कालीन मुख्यसचिव लीलामणि पौडेलले उद्घाटनका समयमा तीनमुखे पुल आफैँमा पर्यटकीय स्थल भएको बताउनुभएको थियो । पुल भन्नेबित्तिकै आवागमन गर्ने भन्ने सामान्य बुझाई मात्र नभई यो पुल विशिष्ट खालको भएकाले नेपालभरिबाट यस पुलको अवलोकन गर्न आन्तरिक पर्यटक आउने हुँदा यसको ठूलो महìव रहेको उल्लेख गर्नुभएको थियो । रुरुक्षेत्र नेपालका प्रमुख चार धाममध्येको एक धाम पनि भएकाले यस क्षेत्रको विशिष्ट पहिचान बनेको छ ।

यही पुलकै विषयलाई लिएर उहाँसँग पौडेलसँग कुराकानी गर्दा उहाँले २०३३ सालमा पाल्पाबाट अध्यनन गरेर घर फर्किदा रिडीखोलाले बगाएको स्मरण गर्नुभयो । त्यही समयदेखि नै रिडीखोलामा पुलको आवश्यकता भएको उहाँको मस्तिष्कमा रहिरहेको र शिलान्यास गर्न पाउँदा हर्षविभोर भएको उहाँले बताउनुभयो । ढिलै भए पनि निर्माण सम्पन्न हुन लागेकोमा उहाँले आफ्नो बाल्यकालको सपना पूरा भएको उल्लेख गर्नुभयो ।

रिडीपारि स्याङ्जाको कारीकोटमा हनुमानको मूर्ति भए पनि त्यो मूर्ति हेर्न जान पुल नभएकै कारणले ओझेलमा परेको स्याङ्जासँगको सम्बन्ध अब भने स्थापित हुने भएको छ । ‘पुलको आवश्यकता उहिल्यै थियो तर के कति कारणले हो अघि बढ्न सकेको थिएन, २०६९ सालदेखि तीनमुखे पुलको अवधारणा ल्याएको’, पौडेलले बताउनुभयो । रुरुक्षेत्र छुट्टै पहिचान भएको क्षेत्र भन्दै तीनवटै जिल्लाको सम्बन्धलाई थप विस्तार गर्न र पर्यटकीय स्थल बनाउनका लागि तीनमुखे पुलको अवधारण ल्याइएको बताउनुभयो । उहाँको भनाइ रहेको छ ।

यसखालको डिजाइन नयाँ भएकाले तत्कालीन इन्जिनियरहरूले जोखिम मोलेर काम गर्न सकिँदैन भनेर डराएका कारणले पनि केही समय निर्माणमा ढिलाइ भएको पौडेलले स्पष्ट पार्नुभयो । सो पुल निर्माण गर्नका लागि पटक–पटक इन्जिनियरहरूसहित तीन वटै जिल्लाका स्थानीय विकास अधिकारीसँग रिडीमा छलफल र चरण–चरणका बैठक गरेको पौडेलले स्मरण गर्नुभयो ।

तत्कालीन मुख्यसचिवसँगै शिलान्यासमा सहभागी हुनुभएका तत्कालीन सांसद तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले तत्कालीन मुख्यसचिव र आफ्नो सपना पूरा हुन लागेको बताउनुभयो । रिडी क्षेत्रमा बन्ने तीनमुखे पुलले आन्तरिक पर्यटनमा वृद्धि हुने र चार धाममध्येको एक धाम रुरुक्षेत्रको समृद्धिमा थप टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले गुल्मी र बागलुङ जोड्नका लागि वामीमा पनि यस्तै अर्को पुलको आवश्यकता रहेको बताउनुभयो ।

गुल्मी क्षेत्र नम्बर १ का सांसद प्रदीपकुमार ज्ञवालीले तीनमुखे पुलले धार्मिक र पर्यटकीय क्षेत्रमा थप टेवा पुग्ने बताउनुभयो । रुरु क्षेत्रको रिडीमा निर्माणको अन्तिम चरणमा पुगेको तीनमुखे पुलले धार्मिक क्षेत्रसँगै ग्रामीण क्षेत्रको समृद्धिमा कोसेढुङ्गा साबित हुनेमा आफू विश्वस्थ रहेको स्पष्ट पार्नुभयो । सडक मार्गको पनि सहज पहुँच हुनु र सँगै कालीगण्डकी करिडोर पनि भएकाले राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा पनि यसको महìव रहने बताउनुभयो ।

नेपालकै आकर्षक र नमुना पुल निर्माण कार्यले पहिले गति लिन नसके पनि हाल आएर निर्माणको अन्तिम चरणमा पुगेको देख्दा छिट्टै सम्पन्न हुनेमा आशा पलाएको स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । सो पुलको निर्माणपश्चात् तीन जिल्लाबीच थप सम्बन्ध बढ्ने र आन्तरिक पर्यटनमा समेत वृद्धि हुने उहाँको भनाइ छ ।

यता रुरु क्षेत्रका स्थानीय चुडामणि तिमिल्सेनाको विचारमा तीनमुखे पुल बनेपछि पर्यटकको मुख्य केन्द्रबिन्दु यही पुल बन्ने छ । अन्यत्र कतै पनि यस्तो पुल नभएकाले अवलोकन गर्न धेरै आउने भएकाले पर्यटनसँगै धार्मिक क्षेत्रको पनि थप प्रचार–प्रसार हुने बताउनुभयो । यहाँका होटल व्यवसायी पनि उत्साहित भएका छन् । अहिले पनि पुलमा फोटो खिच्न र टिकटक बनाउन आउँनेको भीड लाग्ने गरेको उहाँले बताउनुभयो ।

पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका–१ को रिडी, स्याङ्जाको कालीगण्डकी–१ को कारीकोट चण्डीभञ्ज्याङ र पाल्पाको तानसेन नगरपालिका–१४, अर्गलीलाई आपसमा जोड्ने छ । कालीगण्डकीमा बनाएको झोलुङ्गे पुलको मुख्य पिलर १७७ दशमलव ४ मिटर लम्बाइमा तीन जिल्लाको मध्य भागको दूरीमा रहेको छ । पुलको मध्य भागमा रहेको पिलरबाट हरेक जिल्लातर्फ पुग्न समान दूरी रहेको छ । मुख्य पिलरको जमिनमुनि १६ मिटर ‘वेल फाउन्डेन’ गरी थप १२ मिटरमा वाक–वे निर्माण गरिएको छ भने वाक–वेबाट २५ दशमलव २३ मिटरको उचाइको टावरमा लठ्ठा कसिएको छ । एक मिटर १५० सेन्टिमिटरमा ठलान गरी रेलिङ राखिएको छ । गोरखापत्र बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!