बैदेशिक पोष्ट
२०८२ फाल्गुन २७, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खुसी खोज्न वैदेशिक रोजगारीको भर, बिरामी पर्दा पैसा नपुगेर भएन उपचार

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
फाल्गुन ११, २०७८ ०९;४० बिहान प्रकाशित
खुसी खोज्न वैदेशिक रोजगारीको भर, बिरामी पर्दा पैसा नपुगेर भएन उपचार

शंकर पटेल/तस्बिर :- उज्यालो अनलाईन

Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सुरविन्द्रकुमार दास राैतहट देश छाडेर विदेश गएपछि कमाऔँ, दुई चार लाख रुपैयाँ त हातैमा लिएर फर्कौँ भन्ने हरेकको सपना हुन्छ । तर कहिलेकाहीँ ती सपनाहरु यसै बिलाएर जान्छन्, जब विदेशमा सोच्दै नसोचेको परिस्थितिको सामना गर्नुपर्छ ।

विदेशमा यस्तै समस्याको सामना गर्नुपर्यो रौतहटको देवाही गोनाही नगरपालिका–३ का शंकर पटेलले पनि । परिवारको खुसीका लागि पाँच वर्ष पहिले मलेसिया जानुभएका पटेललाई त्यहाँ पन्क्राइज रोग लाग्यो । रोग लागेपछि उहाँ नेपाल फर्किनुपर्यो । परिवारको जिम्मेवारी काँधमा बोकेर विदेश जानुभएका पटेल आफै बिरामी पर्नुभयो । निकै खर्च लाग्ने बिराम भएकाले अहिले शंकरको परिवारलाई उनको उपचार कसरी गराने भन्ने कुराले पिरोलेको छ ।

साहुसँग ऋण काढेको डेढ लाख रुपैयाँ दलालको हातमा बुझाउँदै २०७३ को असोजमा शंकर मजदुर भिसामा मलेसिया जानुभयो । मलेसियाको शेन्ङग जियङ इन्टरप्राइजेज एसडीएन बीएचडी उद्योगमा काममा लाग्नुभयो । त्यहाँ पसिना बगाएर तागतले भ्याएजति परिश्रम गर्नुभयो उहाँले । महिना–महिनामा घरमा पैसा पठाइरहनुहुन्थ्यो । घरमा खुसी छाउँदै थियो । तर त्यो खुसी लामो समय टिक्न पाएन ।

मलेसिया गएको तीन वर्ष पुग्नै लाग्दा एक दिन अचानक उहाँको पेट दुख्यो । काम गर्न गाह्रो हुन थाल्यो । घर फर्किन खोज्नुभयो, तर कम्पनीले जान दिएन । पीडामै पनि जसोतसो उहाँले ४ महिना कटाउनुभयो । त्यो बीचमा पेट दुखाई कम गर्ने विभिन्न औषधि खाइरहनुभयो ।

तर त्यसले बीसको उन्नाइस पनि भएन । झन्झन् समस्या बढ्दै पेट दुख्ने, पेट पोल्ने, पिसाब फेर्न समस्या हुन थाल्यो । काम गर्नै नसक्ने अवस्था भएपछि उहाँले मलेसियाकै पकर सुलतान फकिमा अस्पतालमा गएर जँचाउनुभयो । अस्पतालमा जाँच गराउँदा प्यान्क्रियाटिक रोग भएको भन्ने रिपोर्ट आयो ।

उहाँ छाँगाबाट खसेझैँ हुनुभयो । मनमा सजाएर राखेका सपनाहरु काँचको गिलास फुटेझैँ चकनाचुर भए । सपना हो कि विपना उहाँ बेहोसीझैँ हुनुभयो । पहिले बिदा नदिएको कम्पनीले अस्पतालको रिपोर्ट देखेपछि उपचारका लागि अस्पतालमा नै भर्ना गरी दिए ।

पिसाब अनियन्त्रित हुन थालेपछि पाइप लगाइयो । करिब छ महिनासम्म मलेसियामा नै कम्पनीले र्न उपचार गराइदियो । तर उपचार गर्न थालेको छ महिनासम्म पनि निको नभए पछि शंकरको परिवारले कम्पनीसँग उहाँलाई स्वदेश फर्काइदिन आग्रह गरे । अन्ततः मलेसिया गएको करिब साढे तीन वर्ष पछि वि.स. २०७७ को माघमा बिरामी अवस्थामै शंकर नेपाल आइपुग्नुभयो । त्यतिबेलासम्म उहाँको श्रम स्वीकृतिको म्याद सकि सकेको थियो ।

उपचार गर्न आर्थिक समस्या
शंकर घरको जेठा छोरा हुन् । परिवारमा अरु हजुरआमा, आमा–बुवा, श्रीमती, दुई भाइ तथा एक छोरा छन् । परिवारको जिम्मेवारी बोकेर, घरको आर्थिक अवस्था उकास्ने सपना बोकेर विदेश जानुभएका शंकर अहिले आफ्नै उपचारको खर्च जुटाउन हारगुहार मागिरहनुभएको छ ।

घर बार चलाउन कठिन भएको बेला छोराको उपचारका लागि थप आर्थिक भार परिवारमाथि थपेको छ । घरमा उहाँकी आमा छोराको अवस्था देख्दा मनमा बेचैनीको महासागर उर्लिने बताउनुहन्छ ।

शंकरकाे घर

वैदेशिक रोजगारी सम्बन्धी काम गर्ने संस्था तथा नेपाल सरकार कतैबाट कुनै प्रकारको सहयोग पनि नपाएको शंकरकी आमा गुनासो पोख्नुहुन्छ । ‘उपचार गर्नमा भएको जग्गा पनि धितो राखेर ऋण लिनुभएको छ । ऋण लिनको लागि अब आफन्तहरु पनि कोही बाँकी छैनन्’, आँखाभरि आँसु पार्दै उहाँले भन्नुभयो, ‘उपचार तथा क्षतिपूर्ति प्राप्त नभएको र परिवारको आर्थिक अवस्था कमजोर भएकोले छोराको उपचारका लागि अब चन्दा भए पनि सङ्कलन गर्नु पर्ने बाध्यता भएको छ ।’

जानकारी नहुँदा सरकारी सेवाबाट वञ्चित
वैदेशिक रोजगारीमा गएकाहरु यदि श्रम अवधिभित्रै दुर्घटना भएमा, ज्यान गएमा वा बिरामी भएमा वैदेशिक रोजगार बोर्डबाट राहत तथा क्षतिपूर्ति पाइन्छ । नेपाल फर्केको भए पनि एक वर्षभित्र बोर्डमा निवेदन दिइसक्नुपर्छ । तर शंकरको परिवारलाई भने यसबारे थाहा नहुँदा सरकारी सेवाबाट पनि वञ्चित हुनुपर्यो । शंकर तथा उहाँको परिवारले आर्थिक सहयोगको लागि वैदेशिक रोजगार विभाग, जिल्ला प्रशासन, नगरपालिका सबै ठाउँ पुग्नु भयो । तर कहीँ कतैबाट सहयोग मिलेन ।

शंकर केही समयदेखि काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहनुभएको थियो । तर अस्पतालमा बसिरहँदा धेरै खर्च हुने भएपछि डाक्टरको सल्लाहअनुसार उहाँ औषधि बोकेर रौतहट फर्किनुभयो । डाक्टरले शल्यक्रिया गर्नुपर्ने भनेका छन् । तर आफूसँग सामान्य औषधि किन्न पनि पैसा नभएको बेला शल्यक्रिया कसरि गर्ने भनेर शंकर चिन्तित हुनुहुन्छ ।

‘आफूले सकेको बेला सरकारको रेमिट्यान्स बढाउनमा सहयोग गरेकै हो, तर आफै केही गर्न नसक्ने भएपछि आफन्त त के, राज्यले नै बिर्सिंदोरहेछ’, आँसु पुछ्दै शंकर भन्नुहुन्छ, ‘जब रोग लागेर बाँच्नु न मर्नुको दोसाँधमा हुन्छौँ तब सरकारले कानुन, श्रम स्वीकृतिको समय समस्या देखाई टारिदिन्छ ।’

आफ्नो छोराको पीडा देखेर शंकरकी आमालाई पनि सहिनसक्नु हुन्छ । कसैले आफ्नो छोरालाई उपचार गरेर ठिक पारिदिए भगवान ठानेर पूजा गर्ने बताउनुहुन्छ, शंकरकी आमा । ‘मसँग पैसा भएको भए उपचार नगराइ पीडामा राख्दिन थिएँ’ उहाँ विलौना पोख्दै भन्नुहुन्छ, ‘मेरो छोराको अवस्था दिनदिनै नाजुक हुँदै छ, म भने उसको पीडा टुलुटुलु हेरिरहेकी छु, कसैले मेरो छोराको उपचार गरिदिए देवता नै मान्ने थिएँ ।’ स्रोत :- उज्यालो अनलाईन बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!