बैदेशिक पोष्ट
२०८२ बैशाख २९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बेलायतमा पहिलो नेपाली महिला कानुन व्यवसायी बनिन् स्नेहा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
फाल्गुन १३, २०७८ १३;४४ मध्यान्ह प्रकाशित
बेलायतमा पहिलो नेपाली महिला कानुन व्यवसायी बनिन् स्नेहा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बेलायतमा पहिलो पटक नेपाली मूलकी महिला स्नेहा शाक्य श्रेष्ठ कानुन व्यवसायी बनेकी छन्। बेलायतमा भने प्राक्टिसिङ ब्यारिष्टर भन्ने गरिन्छ । अन्तिम तालिम (प्युपिलेज) सकेपछि गएको साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत कानून व्यवसायी (ब्यारिष्टर) का रूपमा सूचीकृत भएकी हुन्। कानुन व्यवसायलाई बेलायतमा सम्मानित र उच्च तहको कमाई हुने पेशाका रुपमा लिइन्छ।

श्रेष्ठले अब अपराध, परिवारसित सम्बन्धित (बालबालिका) र अध्यागमनसँग सम्बन्धीत कानुनी अभ्यास गर्नेछिन्। युनिभर्सिटी अफ इसेक्सबाट कानुनमा स्नातक तथा किङ्ग्स कलेज लण्डनबाट कानुनमै स्नातकोत्तर गरेकी छिन्।

बेलायतमा हाल २ नेपाली पुरूष कानुन व्यवसायी छन्। सिन्धुपाल्चोक चौतारा घर भएकी उनी परिवार सहित बेलायतमा बस्दै आएकी हुन्। उनका बुबा सुरेन्द्र श्रेष्ठ अधिवक्ता तथा नेपाली अभियन्ता हुन्। आमा मिनु शाक्य समाजसेवामा सक्रिय छिन्।

‘कडा मेहनत गरेर छोरी युकेको प्राक्टिसिङ ब्यारिष्टर बनेकोमा खुसीको कुनै सिमा छैन,’ उनका बुबा श्रेष्ठले सेतोपाटीसँग भने। आफूले कहिल्यै छोरीलाई वकिल बन्न दबाब नदिएको तर, इच्छा भएको पेशामा जान सुझाव दिएको उनले बताए।

बुबा आमाका साथ स्नेहा शाक्य श्रेष्ठ

बेलायतमा अध्ययनरत रहँदा शैक्षिक भ्रमणका क्रममा आफ्नो इमिग्रेसन स्टाटसकै कारण फ्रान्स जानबाट वञ्चित हुनु परेपछि स्नेहा कानुन विषयप्रति आकर्षित भएकी हुन् । उनले कानुन विषय अध्ययनका क्रममा नेपालका विभिन्न अधिकारवादी संस्था तथा अफ्रिकामा काम समेत गरेकी छन्। प्राक्टिसिङ ब्यारिष्टरका रुपमा सूचीकृत भएपछि खुशी लागेको उनले बताइन्।

कानुनको माध्यमद्वारा मानिसको जीवनमा सुधार ल्याउन कति शक्ति हुँदो रहेछ भन्ने थाहा पाएपछि कानुनी पेशामा अझै प्रतिवद्ध भएको उनको भनाई छ। ‘नेपाली तथा अन्य देशका आप्रवासीलाई कानुनी परामर्श क्षेत्रमा सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्छु,’ उनले भनिन् । बेलायतमा करिब १६ हजार सक्रिय ब्यारिष्टर छन्। जसमध्ये नेपाली मूलका प्रा. डा. सूर्यप्रसाद सुवेदी, देवेन्द्रसिंह श्रेष्ठ र हाल स्नेहा शाक्य श्रेष्ठ मात्र हुन्।

बेलायतमा ब्यारिष्टर बन्न लामो प्रक्रिया पूरा गर्नुपर्छ साथै प्रतिस्पर्धा पनि कड़ा मानिन्छ। कानुन विषयमा स्नातक गरेपछि बार प्रोफेसनल ट्रेनिङ कोर्स गर्नुपर्छ। त्यसपछि प्युपिलेज तालिम गर्नुपर्छ। औसतमा प्युपिलेज पाउन बार स्कुल सकेपछि तीन वर्षको समयावधी लाग्छ। स्कुल सकेको पाँच वर्षभित्र प्युपिलेज नपाएमा फेरि शुरुबाट तालिम गर्नुपर्ने नियम छ।

बेलायतमा कानुन व्यवसायीलाई ब्यारिष्टर र सोलिसिटरमा वर्गीकरण गरिन्छ। ब्यारिष्टरले अदालतमा न्यायाधीशसामू बहस गर्ने गर्छन् भने सोलिसिटरले मुद्दा लिने र मुद्दा तयार गर्ने गर्छन्। कानुन विषयमा डिग्री हासिल गरेपछि ब्यारिष्टर हुन चाहनेले बार प्रोफेसनल ट्रेनिङ कोर्स (बीपीटिसी) तालिम लिनुपर्छ । ब्यारिष्टरहरु चेम्बर्समा काम गर्छन्। यस्तै, सोलिसिटर हुन चाहनेले लिगल प्राक्टिस कोर्स (एलपीसी) तालिम गर्ने गर्नुपर्दछ। उनीहरू सामान्यतयः ल फर्ममा हुन्छन्। स्त्रोत सेतो पाटि बाट

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!