गृह मन्त्रालयले त्रिभुवन विमानस्थलमा टिकट र पासपोर्टबिनै युवक जहाजभित्र पुगेको घटनाबारे छानबिन गर्न ९ सदस्यीय समिति गठन गरेको छ। अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईको संयोजकत्वमा शुक्रबार गृहले समिति गठन गरेको हो।
गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सात दिनभित्र प्रतिवेदन पेश गर्न समितिलाई कार्यादेश दिइएको छ। सोमबार राति १०:४५ बजे कतार उड्न लागेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमा भिसा, पासपोर्टबिनै रौतहटका भस्पम आलम छिरेका थिए।
दक्षिणतर्फको पार्किङ क्षेत्रबाट १८ वर्षीय आलम निगमको जहाजभित्र उनी बिना कागजात छिरेका थिए। उनी दोस्रोपटक यसरी विमानस्थलभित्र छिरेका थिए।
आलमलाई प्रहरीले जहाजबाट निकालेर महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएको छ। आलम वाइडबडी जहाजभित्र छिरेको घटनाले डेढ घन्टा उडान ढिला हुन गएको थियो।
प्रतिक्रिया लेख्नुहोस्:-