बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

जापान बिद्यार्थी र ‘बिजनेस’ भिसा बाहकको प्रवेश अनुमतिका लागि अनलाइन आवेदन खुल्यो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, प्रबास
फाल्गुन १४, २०७८ २१;३५ मध्यान्ह प्रकाशित
जापानले यही महिनादेखि विदेशी कामदार र ब्यावसायिक यात्रीका लागि प्रवेश खुलाउने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

टोकियो, जापान । जापानले आगामी मंगलबारदेखि आफ्नो देशको कडा प्रवेश प्रतिबन्धहरू खुकुलो बनाउनु अघि विदेशी विद्यार्थी र व्यवसायीहरूका लागि प्रवेश अनुमति प्रदान गर्न विश्वविद्यालयहरू र कम्पनीहरूद्वारा प्रायोजनमार्फत अनलाइन आवेदनहरू शुक्रवारदेखि स्वीकार गर्न थालेको छ । प्रायोजकहरूले प्रवेशकर्ताको जानकारी स्वास्थ्य मन्त्रालयद्वारा निरीक्षण गर्ने फलो-अप प्रणाली (ERFS) मार्फत सार्वजनिक गरिनुपर्ने भएको छ।

आवेदन गरिएका सफल आवेदकहरूको सूचना प्रायोजक विश्वविद्यालयहरू र कम्पनीहरू मार्फत उपलब्ध हुनेछ । भिसा आवेदकहरूले त्यसपछि आफ्नो नजिकको जापानी दूतावास वा वाणिज्य दूतावासमा भिसाको लागि आवेदन गर्न सक्ने जापान सरकारले जनाएको छ । भिसा प्राप्त गर्ने विदेशी नागरिकहरूले जापान आउनको लागि संशोधित क्वारिन्टिन नियमहरूको पालना गर्न र ‘ERFS’ प्रणाली मार्फत आफ्नो ठेगाना र स्वास्थ्य अवस्था रिपोर्ट गर्न आवश्यक हुने बताईएको छ ।

बिहीबार सरकारले पर्यटक बाहेक अन्य सम्पूर्ण भिसावाहक विदेशी नागरिकहरूको नयाँ प्रवेशलाई अनुमति दिने गत हप्ता प्रधानमन्त्री फुमियो किशिदाको घोषणा पछि मार्चदेखि सहज सीमा प्रतिबन्धहरूको विवरण पनि जारी गरेको छ। नेपाल,बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, मेक्सिको, दक्षिण कोरिया र युएइ लगायत कुल ३७ देश तथा क्षेत्रहरूका नागरिकहरूको नयाँ आगमनका लागि क्वारिन्टिन नियमहरू समेत निर्धारण गरेको छ ।

यदि ३७ वटा देशको सूचिमा रहेका देशहरू मध्येबाट जापान प्रवेश गर्न लागेका आगन्तुकले बूस्टर खोप प्राप्त नगरेको भए तोकिएको सुविधामा तीन दिनको होटेल क्वारिन्टिन बसी तेस्रो दिन कोभिड-१९ को परिक्षण रिपोर्ट नकारात्मक आउन आवश्यक हुने छ । तेस्रो डोज खोप नलागेकाहरूका लागि एयरपोर्ट क्वारिन्टिन ३ दिन बस्नुपर्ने र कोभिड-१९ को परीक्षण गर्दा परीक्षणको नतिजा नेगेटिभ आयो भने आफ्नो आवासमा क्वारिन्टिन रहनपनि सकिने उल्लेख छ ।

तेस्रो बूस्टर खोप लगाएकाहरूसँग खोप प्रमाणपत्र भएकाहरूमा सैद्धान्तिक रूपमा ७ दिनसम्म आफ्नो आवासमा क्वारिन्टिनमा रहनुपर्ने भएपनि उनीहरूले रोजेको ठाऊमा क्वारिन्टिन बस्न सक्ने, जापान प्रवेश गरेको तेस्रो दिन पछि स्वेच्छाले कोभिड-१९ को परिक्षण गर्दा परीक्षण नेगेटिभ आयो भने स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयलाई सूचित गरेर मन्त्रालयले पुष्टि गरेपछि क्वारिन्टिन अवधी अन्त्य गर्न सकिने छ ।

बुस्टर खोपको लागि योग्य नभएका आफ्ना आमाबाबुसँग यात्रा गर्ने बच्चाहरूले तोकिएको अवधि नै आमाबाबुसँग क्वारिन्टिन बस्नुपर्ने छ। फाइजर, मोर्डेना अस्ट्राजेनेका र जोनसन एण्ड जोनसन, खोपहरू प्राप्त गरेका व्यक्तिहरू छोटो अवधिको क्वारिन्टिनका लागि योग्य हुनेछन् ।

मार्चदेखि तोकिएका सुविधाहरूमा क्वारिन्टिनमा बस्नु पर्ने व्यक्तिहरू बाहेक विदेशबाट आउनेहरूले क्वारिन्टिन अवधिमा पनि आफ्नो आगमनको २४ घण्टा भित्र आफ्नो आवासमा पुग्न सक्ने भएमा सार्वजनिक यातायात प्रयोग गर्न पनि दिइने भएको छ । विश्वविद्यालयहरू, स्वदेश र विदेशका व्यवसायी, विपक्षी तथा सत्तारुढ दलहरूका नेताहरू लगायतले तीब्र आग्रहपछि सरकारले सीमा प्रतिबन्धहरू खुकुलो गर्ने निर्णय गरेको हो ।

जापानले अल्बानिया, बंगलादेश, ब्राजिल (साओ पाउलो र पराना),कम्बोडिया, क्यानडा,डेनमार्क, इजिप्ट,फ्रान्स, जर्मनी,इजरायल, ईण्डिया, इन्डोनेसिया, इटाली, इरान, इराक, जोर्डन, लेबनान, माल्दिभ्स, मेक्सिको, मंगोलिया, म्यानमार, नेपाल, नर्वे, ओमान, पाकिस्तान, पेरु, रूस, साउदी अरेबिया, सिङ्गापुर, दक्षिण कोरिया, श्रीलंका, स्वीडेन, स्विट्जरल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, बेलायत र उज्वेकिस्तानलाई ओमिक्रोनको लागि हट स्पटको रूपमा उल्लेख गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!