बैदेशिक पोष्ट
२०८३ बैशाख १९, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गन्तव्य मुलुकहरुमा अवैध कामदार हटाउने अभियान

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
कार्तिक २३, २०७८ ०९;२३ बिहान प्रकाशित
कतारको अदालतले कामदारलाई भन्यो- आफ्नो असन्तुष्टि पहिले रोजगारदातासमक्ष राख्नू
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : कोरोना भाइरस संक्रमण कम भएपछि विभिन्न श्रम गन्तव्य मुलुकहरूले अवैधानिक भई बसेका आप्रवासी कामदारलाई स्वेदश फर्काउने प्रक्रियामा जोड दिएका छन् । अन्तर्राष्ट्रिय उडान सहज भई हवाई जहाजको टिकट पनि केही सस्तो भएपछि रोजगार गन्तव्य मुलुकहरूले आफ्नो मुलुकमा गैरकानूनी हैसियतमा बसेकाहरुलाई वैधानिक बनाउनेदेखि जरिवाना कम गराएर स्वदेश फर्काउन थालेका छन् ।

नेपालीहरुको प्रमुख श्रम गन्तव्य रहेको कतारले विभिन्न कारणले अवैध हैसियतमा बसेका नेपालीसहित विदेशी कामदारलाई रोजगारदाता कम्पनी खोजेर वैधानिक भई काम गर्न पाउने निर्णयको कार्यान्वयन शुरू गरेको बताएको छ । रोजगारीका लागि कतार गएपछि कम्पनीबाट परिचयपत्र नपाएको वा नवीकरण नभएका कारणले गैरकानूनी हैसियतमा पुगेका नेपालीले कम्पनी खोजेर काम गर्न पाउने छन् ।

कातरास्थित नेपाली दूतावासका अनुसार रोजगारदाता कम्पनीबाट ‘जब अफर’को पत्र पाएकाले आवश्यक कागजातसहित कतारको आन्तरिक मन्त्रालयले तोकेको केन्द्रहरुमा गई निवेदन दिई जरिवाना छुट गराएर वैधानिक हुन पाइने बताएको छ ।

कतारले आगामी डिसेम्बर ३१ सम्म वैधानिक बन्न समय दिएको भन्दै नेपाली दूतावासले अवसरको सदुपयोग गरी वैधानिक हुन अनुरोध गरेको छ । ३ लाख १२ हजार बढी नेपाली वैधानिकरुपमा कार्यरत कतारमा केही कामदार अवैधानिक अवस्थामा रहेको बताइएको छ ।

उता ओमानमा गैरकानूनीरूपमा काम गरिरहेका विदेशीलाई त्यहाँको श्रम मन्त्रालयको स्वीकृति लिएर आगामी ३१ डिसेम्बरसम्ममा ओमान छाड्न पाउने बताएको छ । उक्त मितिसम्म स्वदेश फर्किएमा श्रम र भिसा सम्बन्धी जरिवाना छुट गरिएको छ ।

ओमान सरकारले दिएको छुटको व्यवस्था अनुसार हालसम्म ५० जना नेपाली स्वदेश फर्किसकेको भन्दै नेपाली दूतावासले विभिन्न कारणले रोजगारदाताको सम्पर्क बाहिर रहेका तथा भिसा र राहदानीको म्याद सकिएकाहरूलाई जतिसक्दो छिटो दूतावासको सम्पर्कमा आउन आग्रह गरेको छ ।

यता मलेसियाले पनि केही फरक मापदण्डअनुरूप अवैधानिक अवस्थाका विदेशी कामदारलाई स्वदेश फर्कन पाउने व्यवस्था गरेको छ । मलेसिया अध्यागमनले आगामी डिसेम्बर ३१ सम्म ५ सय मलेसियन रिंगेट जरिवाना तिराएर स्वेश फर्किन पाउने व्यवस्थालाई कडाइकासाथ कार्यान्वयन गरिरहेको बताएको छ । डिसेम्बर ३१ सम्म ५ सय रिंगेट तिरेर स्वदेश नफर्किने विदेशी कामदारका हकमा भने अध्यागमनले सन् २०२२ को जनवरी १ देखि ५ सय रिंगेट तिरेर फर्किन पाउने हालको प्रक्रिया बन्द गरेर करिब नेपाली एक लाख रुपैयाँ हुने ३ हजार १ सय रिंगेट जरिवाना तिराएर स्वदेश फर्काउने नीति कार्यान्वयन गरिने बताएको छ ।

मलेसियामा भिसा अवधि सकिएपछि ३० दिनसम्म अवैधानिक बस्नेलाई एक महिनाको नौ सय, ६ महिनादेखि ३ वर्षसम्म अवैधानिक बस्नेलाई दुई हजार र ३ वर्ष भन्दा बढी समय बस्नेलाई तीन हजार रिंगेट जरिवाना तिराउने गरिएको छ । यसका अतिरिक्त स्पेसल पासका लागि थप एक सय जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।

मलेसियाका गृहमन्त्रीले नयाँ वर्षको शुरूवातमा अवैधानिकरूपमा रहेका आप्रवासीविरूद्व ठूलो मात्रामा धरपकड अभियान चलाउने सार्वजनिक गरिसकेका छन् । मलेसियामा ठुलै संख्यामा नेपाली गैरकानूनी हैसियतले बसेको अनुमान छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!