बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खाडी मुलुकमा संक्रमण घट्यो : खोप अनिवार्य गर्दै सार्वजनिक र व्यापारिक स्थल खुले

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, समाचार
असार ८, २०७८ ०४;५२ बिहान प्रकाशित
खाडी मुलुकमा संक्रमण घट्यो : खोप अनिवार्य गर्दै सार्वजनिक र व्यापारिक स्थल खुले
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

तिलु शर्मा पौडेल/मध्यान्ह

दोहा, कतार : नेपाली कामदार वैदेशिक रोजगारमा जाने खाडी मुलुकहरू धमाधम खुल्न थालेका छन् । साउदीले दुई हप्ताअघि नै व्यापारिक क्षेत्र खुला गरेकोमा कतारले कोरोनाविरूद्धको खोप लगाएका व्यक्तिहरूका लागि सहज हुने गरी आवागमन, भेटघाट र समुद्री जलयात्रालाई सहज बनाएको छ ।

खोप उपलब्ध भएको र संक्रमण उल्लेख्य मात्रामा घटेपछि कतारले कोभिड–१९ महामारी नियन्त्रणका लागि लागू गरेकोे कडा स्वास्थ्य मापदण्ड र आवागमन नियन्त्रणमा खुकुलो बनाएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्रतिबन्धहरू फुकुवा भएपछि जनजीवन सामान्य हुन थालेको छ । नयाँ व्यवस्था शुक्रबारदेखि कार्यान्वयनमा आएका हुन् । नयाँ व्यवस्था अनुसार सार्वजनिक र निजी कम्पनीमा ८० प्रतिशत कर्मचारी भौतिकरूपमा उपस्थित भई काम गर्न पाउने छन् । खोप नलिएका कर्मचारीले अनिवार्यरुपमा हप्ताको एकपटक ‘र्‍यापिड एन्टिजन’ परीक्षण गर्नुपर्नेछ । परिवारसँग वा एक्लै गाडीबाट बाहिर निस्किँदाबाहेक अन्य अवस्थामा मास्क र कोभिड–१९ कन्ट्याक्ट ट्रेसिङ एप ‘एहत्राज’ अनिवार्य गरिएको छ ।

वैवाहिक र अन्य समारोहमा खोप नलिएका १० जनासहित अधिकतम ४० जनासम्म जमघट हुन, एकै घरमा बस्ने एउटै परिवारका १० जनासम्म सँगै पार्कमा जान खुला गरिएको छ । ४० प्रतिशत क्षमतामा समुद्रीविच, ३० प्रतिशत मेट्रो तथा सार्वजनिक सवारी सञ्चालन गर्न पाउने छन् ।

सम्पूर्ण कर्मचारीले पूर्णरुपमा खोप लगाएको खण्डमा ड्राइभिङ स्कुल ३० प्रतिशत क्षमताको हिसाबले सञ्चालन गर्न छुट दिइएको छ । थिएटर, ब्युटिपार्लर, शैलुन र स्नान गृह भने बन्द नै रहने छन् । सार्वजनिक म्युजियम र पुस्तकालय ५० प्रतिशत क्षमतामा सञ्चालन हुन सक्नेछन् ।

मनोरन्जन प्रदान गर्ने क्षेत्रहरु ७५ प्रतिशत खोप लिएका व्यक्ति भए २० प्रतिशत क्षमतामा सञ्चालन हुन पाउने बताइएको छ । ३० प्रतिशत क्षमता नबढ्ने गरी सभा सम्मेलन तथा प्रदर्शनीहरु गर्न पाइने छ भने १२ वर्ष मुनिका बालबालिकाले समेत प्रवेश पाउने गरी ५० प्रतिशत क्षमतामा मलहरु सञ्चालन गर्न छुट दिइएको कतारका स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । स्थानीय क्लिन सर्टिफिकेट प्राप्त रेष्टुरेन्ट तथा क्याफेले सबै कर्मचारीले खोप लिएको भएमा ५० प्रतिशत क्षमतामा सञ्चालन गर्न पाउने छन् ।

उता यूएईले भारतीय नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रतिबन्ध हटाएको छ । प्रतिबन्ध बुधबारदेखि खुला हुने दुबईको संकट तथा विपद् व्यवस्थापनको सुप्रिम कमिटीले जनाएको छ । भारतमा कोभिड संक्रमणको दोस्रो लहर फैलिएपछि गत २४ अप्रिलदेखि यूएईले भारतबाट हुने सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको थियो । भारतसँगै यूएईले दक्षिण अफ्रिका र नाइजेरियाका यात्रुमाथिको प्रतिबन्ध पनि हटाएको छ । नेपालमा पनि संक्रमण कम भएका कारण स्वास्थ्य मापदण्ड पालना गरेर नेपाली कामदारले पनि प्रवेश पाउने अपेक्षा गरिएको छ ।

यूएईले ७ जुलाइसम्म नेपालबाट हुने यात्रालाई रोक लगाएको छ । नयाँ मापदण्ड अनुसार यूएई प्रवेश गर्ने यात्रीहरुले यात्रा शुरु हुनुभन्दा ४८ घण्टा भित्रको कोभिड ‘नेगेटिभ रिपोर्ट’ देखाउनु पर्नेछ ।

कोरोनाा संक्रमण नियन्त्रण नभएपछि ओमानले भने नयाँ प्रतिबन्ध लागू गरेको छ । आइतबार साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन बन्द गर्दै ओमानले सो समयमा सार्वजनिक स्थल र व्यापारिक गतिविधि बन्द गरेको छ । मध्यान्ह दैनिक ले छापेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!