बैदेशिक पोष्ट
२०८२ माघ ११, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

राज कुन्द्रा केसः हरेक हप्ता यसरी रिलिज हुन्थे पोर्न फिल्म, जाँचमा भए कैयौं नयाँ खुलासा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
साउन ७, २०७८ ०८;०१ बिहान प्रकाशित
राज कुन्द्रा केसः हरेक हप्ता यसरी रिलिज हुन्थे पोर्न फिल्म, जाँचमा भए कैयौं नयाँ खुलासा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। पोर्नोग्राफिक कन्टेन्ट बनाएको अभियोगमा गिरफ्तार भएका व्यवसायी राज कुन्द्राका विषयमा अब कैयौं नयाँ खुलासा भएका छन् । पछिल्लो जानकारी अनुसार राज कुन्द्रा एक यस्तो ह्वाट्सएप ग्रुपका सदस्य थिए जसमा पोर्न फिल्मसँग सम्बन्धित पूरै व्यवसायका बारेमा चर्चा हुन्थ्यो । यो ह्वाट्सएप ग्रुपको नाम एच अकाउन्ट हो । यसमा राज कुन्द्रासहित अन्य ५ नामी व्यक्तिहरु पनि थिए ।

यी सबैजना पोर्नोग्राफिक कन्टेन्ट बनाउने व्यवसायमा सहभागी थिए । यी व्यक्तिहरुको ह्वाट्सएप च्याट पनि सार्वजनिक भएको छ जसमा राज कुन्द्रा यो व्यवसायको मार्केटिङ, सेल्स र मोडललाई दिनुपर्ने पैसाजस्ता विषयमा कुरा गरिरहेका छन् । उनले कसरी रिभेन्युमा केन्द्रित हुने, मोडलहरुलाई कसरी पैसा दिने र कसरी व्यवसायको रेभेन्युलाई बढाउने भन्ने विषयमा पनि उनले कुरा गरेका छन् ।

मुम्बइ पुलिसको क्राइम ब्रान्चले गएराती फिल्म अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रालाई पक्राउ गरेको थियो । राज कुन्द्राविरुद्ध गएको फेब्रुअरीमा केस दर्ता गरिएको थियो । उनीमाथि पोर्नोग्राफिक कन्टेन्ट बनाउने र त्यसलाई मोवाइल एपमा प्रकाशित गर्ने व्यवसायमा संलग्न भएको आरोप छ । जानकारीका अनुसार यो पूरै मामिलामा अहिलेसम्म ६ गिरफ्तारी भइसकेको छ ।

मुम्बइ पुलिसले राज कुन्द्राविरुद्ध कैयौं प्रमाण भेटिएको दावी गरेको छ । सोमबार राती करिब ९ बजे क्राइम ब्रान्चको अफिस भायखाला पुगेका राज कुन्द्रालाई २ घण्टा सोधपुछपछि पुलिसले गिरफ्तार गरेको थियो । बिहान ४ बजे मेडिकल परीक्षणका लागि जेजे अस्पताल लगेपछि मुम्बइ पुलिस कमिश्नरको कार्यालय लगिएको थियो ।

अश्लील फिल्म बनाएर तिनीहरुलाई ओटिटी प्लेटफर्ममा अपलोड गरेको आरोपमा पुलिसले कैयौं अहम सुराग भेटेको छ । मुम्बइ पुलिसका अनुसार फिल्म उद्योगमा काम खोज्दै मुम्बइ आएका युवतीहरुलाई ठूलो फिल्ममा रोल दिने लोभमा फसाइन्थ्यो । हरेक हप्ता अश्लील फिल्म रिलिज गरिन्थ्यो । फिल्म बनाएपछि एप र ओटिटी प्लेटफर्ममा रिलिज गरेर लाखौं कमाइन्थ्यो ।

फिल्म बनाउन मुम्बइको मलाड वेस्टमा एउटा बंगला भाडामा लिइएको थियो । जतिबेला यो बंगलामा छापा मारियो त्यतिबेला पनि यो बंगलामा अश्लील फिल्मको सुटिङ भइरहेको थियो । मुम्बइ पुलिसका अनुसार अश्लील फिल्म रिलिज गर्नको लागि हटशट नामको एप बनाइएको थियो ।-डिसी नेपाल बाट

यो पनि पढ्नु होस्

  • पोर्न फिल्म काण्डमा अर्की अभिनेत्री मुछिइन्, राज कुन्द्रासँग थियो ५० प्रतिशतको डील

  • राज कुन्द्राले मेरो निजी मोवाइल नम्बरसमेत अनलाइनमा राखिदिएका थिए

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!