बैदेशिक पोष्ट
२०८३ बैशाख ४, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खाना खाँदै मोबाइल चलाउनुहुन्छ ? सावधान !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
भदौ १२, २०७८ १४;०८ मध्यान्ह प्रकाशित
खाना खाँदै मोबाइल चलाउनुहुन्छ ? सावधान !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । ‘खाना खाने बेला फोन नचलाऊ ।’, ‘कम्तीमा खानेबेला त मोबाइललाई आराम देऊ ।’

यी वाक्य प्रायः घरघरमा सुनिन्छ । तर यस्ता सुझाव र अपिलहरू सधैं खेर जान्छन् । विशेषगरी बालबालिका, किशाेर र युवामा यस्तो बानी विकास भएकाे छ । हातले खाना उठाएर मुखमा लगाइरहेका त हुन्छन्, तर सम्पूर्ण ध्यान मोबाइल र ल्यापटपको स्क्रिनमै केन्द्रित हुन्छ । गेम खेल्दै, फिल्म हेर्दै वा च्याट गर्दै खाना खाने पुस्ताकाे जमात बढ्दाे छ । अझ बालबालिका त यति हठी स्वभावका बनिसकेका छन् कि, फोनबिना खानै मान्दैनन् । वास्तवमा परिवारका सदस्यबीचको सम्बन्धलाई बलियो बनाउने एउटा माध्यम भनेको परिवारिक माहोलमा हुने खानपानको परम्परा पनि हो । तर अहिलेको आधुनिक जीवनशैलीमा मानिसहरु आफैंमा यति धेरै व्यस्त छन् । बच्चाहरुलाई महत्वपूर्ण संस्कार सिकाउनुपर्ने अभिभावक नै खाना खाने समयमा मोबाइल र ल्यापटपमा स्क्रिन स्क्रोल गरिरहेका हुन्छन् । यसैको असर अहिलेका अधिकांश बालबालिकामा देखिएकाे छ । एक/दुई वर्षदेखिका बालबालिकाहरु आरामले मोबाइलमा आफ्नो समय बिताइरहेका हुन्छन् ।

रुँदा फकाउन होस् वा खाना खानलाई भुलाउन । वा अभिभावकको काममा डिस्टर्ब नगरुन् र चकचक नगरी बसुन् भनेर बुवा-आमा, दाइ-दिदीले मोबाइल, ट्याब्लेट ढुक्कैले बच्चालाई छोडिदिन्छन् ।

यसै पनि बालबालिकालाई उनीहरुको खुराक पुरा गराउनु अभिभावकका लागि संसारकै गाह्रो काम हुन्छ । त्यसमाथि हातमा मोबाइल थमाइदिने स्वभावले यसलाई अझै खराब बनाइदिएको छ ।

खानपानको समयमा बालबालिकालाई मोबाइल चलाउन दिँदा यसले गम्भीर असर पार्ने स्वास्थ्य चिकित्सक तथा मनोविदहरु बताउँछन् ।

स्मार्टफाेन पहुँच भएका परिवारमध्ये ९० प्रतिशत बालबालिकाहरु दुई वर्ष पुग्नुअघि नै स्मार्टफोनमा रमाउने गरेको एउटा अनुसन्धानले देखाएको छ ।
मस्तिष्क विकास हुने यो प्रारम्भिक उमेरमा यस्तो किसिमको बानी बालबालिकाहरुका लागि निकै घातक हुने वैज्ञानिकहरु बताउँछन् ।
आज हामी तपाईंलाई खाना खाने समयमा मोबाइल तथा ल्यापटप चलाउँदा पर्ने असरहरुका बारेमा छाेटाे जानकारी दिँदै छौं ।

१. खाने बानीमा प्रत्यक्ष असर
खाने बानीलाई बाहिरका डिस्ट्रयाक्टिङ तत्वहरुले धेरै असर गरिरहेको हुन्छ । यदि तपाईंको बच्चामा पनि धेरै खाने वा थोरै खाने बानी छ, यसको मूल कारण एकपटक खोतल्नुहोस् । कहिलेकाहिँ यो बानी उनीहरुको मोबाइल प्रयोग गर्ने बानीसँग पनि जोडिएको हुनसक्छ । सामान्यतः बालबालिकामा खेल्दै खाने बानी हुन्छ । जब यी बालबालिकाको ध्यान मोबाइलमा मोडिन्छ, तब उनीहरुको सम्पूर्ण मस्तिष्क मोबाइलमै केन्द्रित हुन्छ । कुन बेला पेट अघायो वा पेट अघाएको छैन, थाहा नभए पनि उनीहरु खाइरहन्छन् । खानामा ध्यान केन्द्रित गर्न नसक्दा आवश्यकताभन्दा धेरै वा कम खाइरहेको छु भन्ने कुरा उनीहरुले थाहा पाउन सक्दैनन् ।

२. राम्रोसँग चपाउन सकिँदैन
खाना खाने क्रममा पाचन प्रणालीलाई पनि ध्यानमा राख्नुपर्छ । पाचन प्रणाली बिग्रिएको खण्डमा बच्चा बिरामी पर्न सक्छन् । तर जब बच्चाहरु खाना खाने समयमा मोबाइल खेलाउन थाल्छन्, तब उनीहरु खाना राम्रोसँग चपाउन बिर्सिन्छन् । यसले पाचन प्रणालीलाई धेरै असर पुर्‍याउने चिकित्सकहरु बताउँछन् । साथसाथै यसले घाँटीमा खाना अड्किने पनि समस्या पैदा गर्न सक्छ ।

३. मोबाइल दुर्व्यसनीको खतरा
बालबालिकालाई खाना खुवाउन वा फकाउनलाई यदि तपाईं पनि मोबाइल र रमाइला भिडियोहरुको सहारा लिनुहुन्छ भने यो बानीलाई आजैबाट त्यागिदिनुहोस् ।खाना खाँदा मोबाइल हेरेर खाना खाने बानी बसिसकेपछि कुनै पनि हालतमा यो छुटाउन धेरै गाह्रो पर्छ ।

४. समग्र स्वास्थ्यका लागि हानिकारक
खाना खाने समयमा मोबाइल प्रयोग गर्ने बानी सबै उमेर समूहका मानिसहरुको स्वास्थ्यका लागि हानिकारक छ । जब भोजन समयलाई तपाईं प्रविधिसँग जुधाउनुहुन्छ, तब यसले स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरु देखा पर्छन् । पोषकविदहरुका अनुसार खाना खाने समयमा स्मार्टफोनको प्रयोगले शरीरमा भएकाे क्यालोरीको संख्यालाई असर गर्दछ । खाना खाँदा ध्यान अन्य कुरामा लागे यसले क्यालोरी इन्जेसनलाई १५ प्रतिशतसम्म बढाउँछ । यस्तो बानीले उमेर र लिङ्ग अनुसार क्यालोरिक र लिपिड इन्टेकलाई बढाउँछ । खाना खाने समयमा मोबाइल प्रयोगले शरीरमा विभिन्न असर गर्दछ । जस्तै शरीरको पोस्चरलाई असर गर्ने, घाँटी र ढाड बाङ्गो हुने ।
अति खाने हुँदा यसले भोक नलाग्ने तथा डायबेटिजको समस्या पनि उत्पन्न गराउन सक्छ । अल्सर, कम तौल, शरीर समयअनुसार नबढ्ने विभिन्न समस्या उत्पन्न हुन्छन् । यसले अर्फिडजस्तो ‘इटिङ डिसअर्डर’ पनि जन्माउँछ । मुख र स्क्रिनमा हात डुलाउँदा किटाणु सर्ने खतरा पनि त्यतिकै हुन्छ । यसले शरीरलाई पनि सेल फोनको रेडियसनसँग नजिक ल्याउँछ ।

५. पारिवारिक सम्बन्ध कमजोर
माथि भनिएको जस्तै खानपिनको परम्पराले सधै पारिवारिक जमघटको माहोल सृजना गर्छ । तर यदि तपाईं खाना छोडेर सधै मोबाइलमै झुम्मिनुहुन्छ भने तपाईसँग बसिरहेको व्यक्तिलाई तपाईंको स्वभाव रुखो र अशिष्ट लाग्न सक्छ । साथै यसले परिवारजनबीच भावनात्मक दूरी पनि बढाइदिन्छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!