बैदेशिक पोष्ट
२०८३ बैशाख १९, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

संसारको सबैभन्दा फेसनेबल परेवा, जसको विलाशी खर्च मात्र वार्षिक ६ लाख !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
अशोज ५, २०७८ ०९;०७ बिहान प्रकाशित
संसारको सबैभन्दा फेसनेबल परेवा, जसको विलाशी खर्च मात्र वार्षिक ६ लाख !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

केही मानिस घरपालुवा पन्छीका सौखिन हुन्छन् । तिनीहरु घरपालुवा पन्छीलाई आफ्नै सन्तानलाई झैँ माया गर्छन् र खानेकुराका साथै उत्कृष्ट स्याहार सुसार गर्छन् । मानिसलाई भन्दा बढी सुख, सुविधा दिएर परिपूर्ण बनाउँछन् ।

बेलायतको लिङ्कनसायरमा बस्ने मेगी जोन्सन पनि यस्तै सौखिनमध्येमा पर्छिन् । उनी आफ्ना दुईवटा परेवाका लागि हरेक महिना ४० देखि ६० हजार रुपैयाँ खर्च गर्छिन् । यति मात्रै होइन उनका परेवा असाध्यै फेसनेबल पनि छन् । ती परेवाका लगाउने लुगाले भरिएको छुट्टै दराज छ; छुट्टै सुत्ने कोठा छ र स्ट्रोलरमा बसेर बाहिर घुम्न निस्किन्छन् । यो कुरा सुन्दा सायद कसैलाई पत्यार नलाग्न सक्छ तर यथार्थ यस्तो छ ।

२३ वर्षकी मेगी जन्सन पशु–पन्छी प्रेमी हुन् । उनले केही समय पहिले दुईवटा घाइते परेवा भेटेकी थिइन् । ती दुवै परेवा घरमा ल्याएर ६ हप्तासम्म राम्रोसँग स्याहार सुसार गरिन् । यो क्रममा उनलाई ती परेवाहरूको साधारण घरपालुवा जनावरको झैँ माया लागिसकेको थियो । तसर्थ तिनलाई घरमै राखेर पाल्ने निर्णय गरिन् । उनले ती दुईको नाम पनि राखिन् । एउटाको नाम स्काई र अर्कोको मुस राखिन् । उनले ती परेवाका लागि आकर्षक डिजाइनका ड्रेस बनाउँछिन् । त्यसका लागि उनी लाखौँ रुपैयाँ खर्च गर्छिन् ।

अहिले ती दुई परेवाले निकै विलासी जीवन विताइरहेका छन् । तिनले आफ्नो जन्म दिनमा निकै महँगा उपहार पाउँछन् भने खेलौना पनि धेरै नै छन् । ती दुई परेवा विशेष किसिमले बनाइएका स्ट्रोलरमा बसेर बाहिरी वातावरणसँग घुलमिल हुनका लागि बाहिर जान्छन् ।

उनको यस्तो व्यवहारमा धेरैले आपत्ति पनि जनाएका छन् । कतिले ती परेवालाई ‘उड्ने मुसा’ को संज्ञा दिएका छन् । यद्यपि मेगीले यस्ता कुराको वास्तै नगरी उनका परेवाले अन्य जनावरले झैँ माया पाउनुपर्ने बताउँछिन् ।

मेगीले आफ्ना परेवाको विलासी जीवनशैलीबारे जानकारी दिँदै भनिन्, ‘उनीहरूको आफ्नै बेडरुम छ । यहाँ उनीहरूलाई मनोरञ्जन प्रदान गर्ने विभिन्न वस्तु राखिएका छन् । उनीहरूका थुप्रै खेलौना र विशेष खालका पहिरन छन् । उनीहरूले विलासी जीवन बाँचिरहेका छन् ।’ ‘यी दुई परेवाका लगभग १७ सेट लुगा छन् । ती लुगाका प्रत्येक सेटलाई २५ देखि ३० पाउन्ड (४ देखि ६ हजार रुपैयाँ) पर्छ ।

‘यी लुगा लगाउँदा उनीहरू निकै राम्रा देखिन्छन् । साथै यो निकै व्यावहारिक पनि छ किनभने लुगामा तिनीहरूको विस्टा पनि सङ्कलन हुन्छ; जसका कारण घर सफा रहन्छ ।’

मेगी भन्छिन्, ‘घरकै बगैँचामा केहीबेर उड्न दिन उनीहरूको लुगामा सानो डोरी पनि बाँध्न सकिन्छ । स्काईलाई मेरो कुममा बस्न र घाम ताप्न मनपर्छ । उसले कहिल्यै उडेर जाने प्रयत्न गरेको छैन ।’ ‘म उनीहरूलाई सानो ‘पिजन स्ट्रोलर’ मा राखेर घुमाउन लान्छु । यसरी लैजाँदा उनीहरूले प्राकृतिक हावा र सूर्यको किरण देख्न पाउँछन् ।’

‘हामी यिनीहरूको जन्मदिन पनि मनाउँछौँ । यिनीहरूलाई उद्धार गरेको दिनलाई सम्झेर उत्सव मनाउँछौँ । मैले यिनीहरूलाई असाध्यै धेरै उपहार दिने गरेकी छु । त्यही भएर यिनीहरू असाध्यै मात्तिएको पनि धेरैले मलाई भन्छन् ।’

परेवाप्रति आफ्नो अथाह माया रहेको कुरा उनले सन् २०१६ मा थाहा पाइन् । एक दिन बाहिर हिँडिरहेका बेला उनको कुकुर पिप्पाले एउटा गुँडतर्फ सङ्केत गर्यो । उनले त्यहाँ परेवाको मरेको बचेरो भेटिन् र अर्को चाहिँ जीवित नै भेटिन् । त्यसैले उनले त्यो परेवालाई आफ्नो कोटमा राखेर घर लगिन् ।

विभिन्न वन्यजन्तु उद्धार केन्द्रसँग सम्पर्क गरेपछि उनले उक्त कमजोर परेवालाई बचाउन सफल भइन् । त्यही समयदेखि नै उनले परेवाको उद्धार गर्दै आएकी छिन् । अहिले दुई वर्ष पुगेको स्काईलाई उनले सन् २०१९ को सेप्टेम्बरमा उद्धार गरेकी हुन् । यस्तै हाल पाँच महिना पुगेको मुसलाई यसै वर्ष मेमा घरमा ल्याइन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!