बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फेरि भडि्कए माधव नेपाल, अर्कै पार्टी गठन गर्दै

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति, समाचार
असार ८, २०७८ ०४;५८ बिहान प्रकाशित
फेरि भडि्कए माधव नेपाल, अर्कै पार्टी गठन गर्दै
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। दोस्रो तहका नेताबीच भइरहेको घनिभूत छलफलले एमाले विवाद समाधान उन्मुख भएको र केही दिनभित्रै एकताको घोषणा हुने समाचार सार्वजनिक भइरहँदा छलफलमा जुटेका नेताहरु भने एकता प्रक्रिया जटिल हुँदै गएको निष्कर्षमा पुगेका थिए।

एकताका लागि जुटेका दुवै समूहका नेताबीच भने रमाइलो कुराकानी हुने र कफी खाएर छुट्ने क्रम मात्रै चल्यो। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई पुरानै अवस्थामा फर्काउन आफू तयार रहेको जनाउ दिएपनि माधव नेपाल समूहले भने समय धेरै अगाडि बढिसकेको भन्दै त्यतिले मात्रै सहमति हुन नसक्ने अडान राखेको छ।

दुवै तर्फका नेताहरुबीच सहमतिको खाकासमेत तयार भइसकेको थियो। उक्त खाका अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाललाई पनि देखाइएको थियो। तर उक्त खाकाप्रति माधव नेपाल सहमत हुन नसकेपछि एकताको संभावना टर्दै गएको वाार्तामा सहभागी एक नेताले बताए।

अध्यक्ष ओलीले आफू पार्टीलाई पुरानै अवस्थामा फर्काउन तयार रहेको तर त्यसका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिने पर्ने, सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै वर्तमान सरकारको निरन्तरताको पक्षमा सहमत हुनु पर्ने अडानलाई नेपाल पक्षले अस्वीकार गरेको छ। नेपाल पक्षले प्रतिनिधिसभा विटघन गलत थियो भनेर आत्मोचना गर्नुपर्ने र वर्तमान सरकारको ठाउँमा एमाले नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने अडान राखेको छ।

हामी निरन्तर पार्टी एक बनाउन लागिरहेका छौं, तर माधव नेपाल पार्टी भत्काउन लाग्नु भएको छ,’ ओली निकट एक नेताले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा माधव नेपालले पार्टी एक हुन नदिने कसम खानु भएको देखिन्छ। अब उहाँहरुसँग सहमतिको संभावना टरेर गयो

‘हामी अझै पनि एकतालाई निष्कर्षमा पुर्याउन सकिन्छ कि भनेर लागिपरहेका छौं,’ वार्तामा सहभागी माधव नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले डिसी नेपालसँग भने, ‘दूरीका हिसावले बालुवाटार र कोटेश्वर धेरै टाढा छैन, तर मनको दूरी टाढा टाढा पुगेको छ। तत्काल मिल्ने जस्तो नि देखिँदैन। विशेष गरी अदालतको विषयमा कुरा मिल्न बाँकी छ।’

माधव नेपालले सोमबार कर्णाली प्रदेशका चार जना सांसदको पद बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश विरुद्ध संस्थापन पक्ष पुनरावलोकनमा गएपछि थप शंका बढाएको बताएका थिए। सर्वोच्चको उक्त आदेश विरुद्ध संस्थापन पक्षले आइतबार सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गराएको थियो।

नेपाल पक्षले उठाउँदै आएका सबै जसो माग पूरा गर्ने प्रतिवद्धता जनाउँदासमेत नयाँ नयाँ माग निकालेको भन्दै माधव नेपालले एकता नचाहेको ओली समूहले निष्कर्ष निकालेको छ।

‘हामी निरन्तर पार्टी एक बनाउन लागिरहेका छौं, तर माधव नेपाल पार्टी भत्काउन लाग्नु भएको छ,’ ओली निकट एक नेताले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा माधव नेपालले पार्टी एक हुन नदिने कसम खानु भएको देखिन्छ। अब उहाँहरुसँग सहमतिको संभावना टरेर गयो।’

विगत केही दिनदेखि दोस्रो तहका नेताहरुबीच भएको छलफल सकारात्मक भएपछि नेता नेपाल आफू पार्टी एकताको पक्षमा नरहेको सन्देश दिन बारम्बार बुढानिलकण्ढ जाने गरेको र आफू गठबन्धनकै पक्षमा रहेको जानकारी दिने गरेको भन्दै आफूहरुले जति प्रयास गर्दा पनि माधव नेपालले एकता नचाहेका कारण सहमतिको संभावना टरेको ओली पक्षको निष्कर्ष छ।

‘आफ्नो पार्टीलाई छोडेर विपक्षी दललाई मत हाल्ने, त्यसमा कारवाही नगर्न सर्वोच्चले दिएको आदेश नै संसदीय व्यवस्था विरुद्ध थियो,’ संस्थापन पक्षका एक नेताले भने, ‘त्यस विरुद्ध भ्याकेटमा जाँदा उहाँलाई त्यत्रो आपत्ति? उहाँको नियत पार्टीमै बस्ने र जे मन लाग्यो त्यही गर्ने देखियो। अब त्यो चल्दैन।’

निर्वाचन आयोगमा कलम चिन्ह भएको नयाँ पार्टी दर्ता भएपछि अब नेपाल समूह एकतको पक्षमा नरहेको निष्कर्ष संस्थापन पक्षले निकालेको छ। संस्थापन पक्षले नेपाल बाहेक अन्य नेता पार्टी एकतको पक्षमा रहेको भन्दै अन्य नेताहरुलाई पार्टीमा फर्काउने रणनीति लिने एक नेताले बताए।

‘हामीले त सुरुमा माधव कमरेड एकताको पक्षमा हुनुहुन्न भनेका थियौं, अध्यक्ष केपी कमरेडले माधव नेपालसहित सबै नेतालाई पार्टीमा फर्काउनुपर्छ भनेर सहमतिको प्रयास गर्न भनेपछि हामी लागिपरेका थियौं, तर माधव नेपालकै कारण त्यो संभव भएन।,’ ती नेताले भने।

निर्वाचन आयोगमा कलम चिन्ह भएको नयाँ पार्टी दर्ता भएपछि अब नेपाल समूह एकतको पक्षमा नरहेको निष्कर्ष संस्थापन पक्षले निकालेको छ। संस्थापन पक्षले नेपाल बाहेक अन्य नेता पार्टी एकतको पक्षमा रहेको भन्दै अन्य नेताहरुलाई पार्टीमा फर्काउने रणनीति लिएकाे छ।

उता नेता नेपालले भने आफू विपक्षी गठबन्धनमा लागिसकेका कारण त्यहाँबाट पछाडि फर्किने अवस्था नरहेको आफू निकट नेताहरुलाई बताउने गरेका छन्।

अझै पनि दोस्रो तहका नेताहरु पार्टी एकताका लागि प्रयासरत भएपनि एकताको संभावना सकिएको दुवै पक्षका नेताहरुले निष्कर्ष निकालेका छन्।

‘ओलीले पुरानै अवस्थामा फर्किन तयार हुनु भनेको गल्ती स्वीकार गर्नुपनि हो,’ माधव नेपाल समूहका एक नेताले भने, ‘तर अब समय धेरै अगाडि बढिसकेको छ। ओलीसँग वैचारिक र सैद्धान्तिक लडाइँ नभएपनि उहाँलाई नेता मानेर एउटै पार्टीमा बस्ने अवस्था छैन। त्यसैले अब चाँडै पार्टी गठन गरेर अगाडि बढ्ने तय भएको छ।’

वार्तामा सहभागी प्रधानमन्त्री ओली निकट स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सहमतिको प्रयास जारी रहेपनि निष्कर्षमा पुगिनसकेको बताए। ‘हामी पार्टी एकताको पक्षमा निरन्तरत लागिरहेका छौं, तर आशलाग्दो अवस्था बनिसकेको छैन,’ नेम्वाङले डिसी नेपालसँग भने।

पार्टी एकताको संभावना टरेपछि अब निरन्तर पार्टी मिलाउन लागेका माधव नेपाल समूहका नेता कता लाग्छन् भन्ने विषय महत्वपूर्ण बनेको छ। संस्थापन पक्षले भने वार्तामा सहभागी दोस्रो तहका नेता पार्टी एकताको पक्षमा लाग्ने विश्वास गरेको छ। विशेष गरी नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्यलगायतका नेता एमालेमै रहने संस्थापन पक्षले विश्वास लिएको छ। डिसी नेपाल ले छापेको छ |

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!