बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अक्सिजन कन्सनट्रेटर कति सुरक्षित ? कसरी प्रयोग गर्ने ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
असार ८, २०७८ १४;३३ मध्यान्ह प्रकाशित
अक्सिजन कन्सनट्रेटर कति सुरक्षित ? कसरी प्रयोग गर्ने ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ — कोरोना भाइरसको दोस्रो लहरमा अक्सिजन चाहिने बिरामीको संख्या अत्यधिक बढ्यो । अक्सिजन आवश्यकता पर्छ की भनेर धेरैले अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सनट्रेटर खरिद गरेर राखे । अक्सिजन कन्सनट्रेटर तथा सिलिन्डरको माग धेरै बढ्यो । सामान्यतया शरीरमा अक्सिजन स्याचुरेसनको मात्रा ९८ देखि १०० प्रतिशत भयो भने स्वस्थ्य मानिन्छ । ९० प्रतिशत भन्दा तल भएको खण्डमा जोखिमपूर्ण मानिन्छ । शरीरमा अक्सिजन लेभलको मात्रा घटेपछि अतिरिक्त अक्सिजनको आवश्यकता पर्दछ । त्यसबेला बिरामीलाई अक्सिजन कन्सनट्रेटर वा सिलिन्डरबाट अक्सिजन प्रवाहको आवश्यकता पर्दछ ।

यो कति बेला प्रयोग गरिन्छ ?
यो अक्सिजनको मात्रा कम भएपछि अतिरिक्त अक्सिजनको लागि बिरामीलाई सल्लाह दिइन्छ । अक्सिजनको मात्रा ९० प्रतिशतभन्दा तल भयो भने बिरामीलाई अक्सिजनको आवश्यकता पर्दछ ।

अक्सिजन कन्सनट्रेटर अक्सिजनको सबैभन्दा सजिलो विकल्प हो । तर, यसले प्रति मिनेट ५ देखि १० लिटरसम्म मात्र अक्सिजन सप्लाइ गर्न सक्छ । सिकिस्त बिरामीलाई प्रति मिनेट ४० देखि ५० लिटर प्रति मिनेट अक्सिजनको आवश्यकता पनि पर्न सक्छ । त्यसैले यो सामान्य बिरामीका लागि मात्रै ठिक हुन्छ ।

निजामती कर्मचारी अस्पतालका छाती रोग विशेषज्ञ डा. विदेश विष्टका अनुसार अक्सिजन कन्सनट्रेटर आईसीयू तथा भेन्टिलेटरमा भएको बिरामीलाई काम लाग्दैन । डा. विष्ट भन्छन् –‘हाई केयर युनिटमा यसको काम छैन । वार्डमा हामीले अक्सिजन कन्सनट्रेटरको प्रयोग गरिरहेका छौं । थोरै मात्र अक्सिजन चाहिने बिरामीलाई मात्र यो प्रभावकारी छ ।’

अक्सिजन कन्सट्रेटरले कसरी काम गर्दछ ? अक्सिजन कन्सनट्रेटरले शुद्ध अक्सिजन प्रवाह गर्छ त ?
यसले वातावरणमा रहेको अक्सिजनलाई फिल्टर गरेर सफा अक्सिजन उत्पादन गर्दछ । अक्सिजन कन्सनट्रेटरले हावाबाट अक्सिजन फिल्टर गर्छ र बिरामीले मास्क र क्यानुलाबाट अक्सिजन प्राप्त गर्छन् । हावामा २१ प्रतिशत अक्सिजन, ७८ प्रतिशत नाइट्रोजन र अरु ग्यासहरु हुन्छन् । यसले हावामा रहेको अक्सिजन तान्छ र ग्यासहरुलाई फिल्टर गर्छ ।

विश्व स्वास्थ्य संगठनको २०१५ को रिपोर्ट अनुसार अक्सिजन कन्सनट्रेटर निरन्तर रुपमा चलाउनका लागि प्रभावकारी छ । यसले ५ वर्ष वा सो भन्दा बढीसम्म अक्सिजन उत्पादन गर्न सक्छ । काठमाडौं मेडिकल कलेजकी अस्पताल निर्देशक तथा वरिष्ठ छाती रोग विशेषज्ञ प्राडा. अर्पना न्यौपानेका अनुसार कन्सन्ट्रेटरले हावामा भएको ग्यासहरु जस्तै अक्सिजन, नाइट्रोजन, कार्बोन्डाइअक्साइड लगायतलाई लिन्छ र त्यसबाट सबै ग्यास फालेर अक्सिजनलाई मात्र शुद्ध निकालेर बिरामीलाई प्रयोग गर्ने गरी पठाउँछ । उनले अधिकांश मेसिनमा ९३ देखि ९५ सम्म शुद्ध अक्सिजन प्रवाह हुने बताइन् ।

प्रयोग गर्दा के कुरामा ध्यान पुर्‍याउने?
श्वास प्रश्वासका समस्या भएका दिर्घरोगीहरुलाई घरमै अक्सिजन कन्सनट्रेटरको आवश्यकता परिरहेको हुन्छ । चिकित्सकहरुले त्यस्ता बिरामीलाई अक्सिजन कन्सनट्रेटर राख्न सुझाव दिने गरेका छन् । अक्सिजन कन्सनट्रेटर चलाउन सजिलो भएपनि केही कुरामा ध्यान दिन आवश्यक छ ।

केही महिनाअघि अक्सिजनको हाहाकार मच्चिएका बेला कतिपयले घरमै अक्सिजन थुपारेर बसेका पनि थिए । प्राडा न्यौपानेले त्यसरी घरमै अक्सिजन थुपार्दा जोखिम हुन सक्ने औंल्याइन् । ‘त्यो त ठूलो जोखिम हुने हो नी । अक्सिजन त आगलागी हुन सक्छ अलिकति पनि झिल्का आायो भने त पड्किने सक्ने हुन्छ । अक्सिजन समान्य रुपमा लिने चिज होइन,’ उनले भनिन् । उनले अक्सिजन कन्सनट्रेटरबाट निस्केको हावा सुख्खा हुने भएकाले अक्सिजन कन्सनट्रेटरको प्रयोग गर्दा ध्यान पुर्‍याउन आवश्यक रहेको बताइन् ।

उनका अनुसार सुख्खा हावाले नाकबाट भित्र पसेदेखि फोक्सोसम्म जाने भाग एकदम सुख्खा गराउाछ जसले पत्र–पत्र निस्कने, रगत आउने तथा संक्रमण हुनेसक्ने हुन्छ । उनले अक्सिजन कन्सनट्रेटर प्रयोग गर्दा हावा सुख्खा हुन नदिन ‘हृयुमिडिफाई’ गर्नुपर्ने सुझाव दिइन् । ‘मोइस्चर हाल्नको लागि अक्सिजन कन्सनट्रेटरमा पानीको बोतल जस्तो हुन्छ । अक्सिजन कन्सट्रेटरले हावा बनाएर ट्यांकमा हालेपछि त्यो हावा पानी भएको बोतलमा र त्यो बोतलबाट निस्केपछि बिरामीमा जान्छ । पानीमा पसेपछि अक्सिजन ह्युमिडिफाइ हुन्छ र मोइस्चर पुग्छ,’ उनले भनिन् ।

अक्सिजनको मात्रा धेरै आवश्यकता नभएकालाई यो राम्रो विकल्प हो । प्रयोग गर्दा विद्युतीय सामान भएकोले ध्यान दिनुपर्छ । साथै भित्ता तथा बिरामीको एकदम नजिक नराख्ने तथा ठूलठूला फर्निचरहरुबाट टाढा राख्ने गर्नुपर्दछ । चिकित्सकको अनुमति बिना आफै अक्सिजन प्रयोग गर्नु भने हुादैन ।

धेरै अक्सिजन प्रवाहले झन् बेफाइदा
कोभिडका बिरामीमा पनि अक्सिजन हाइ कन्सनट्रेसनमा लिएको खण्डमा झ्न फोक्सोमा खराबी गर्ने चिकित्सकहरु बताउँछन् । प्राडा. अर्पणाले कतिपय संक्रमित भेन्टिलेटरमा नबसेको भएपनि छातिमा धेरै हावाको पोकाहरु भेटिएको बताउँदै त्यो हावाको पोका अक्सिजन बिना सावधानी उच्च मात्रामा दिएको कारणले पनि हुनसक्ने संकेत गरिन् ।

उनका अनुसार फोक्सोको सेतोपन बढ्नुमा कोरोनाले पनि गर्छ र यो धेरै अक्सिजन दिएर पनि हुन सक्छ । उनले अक्सिजन टक्सिटीको लागि सावधान हुनुपर्नेमा जोड दिइन् । ‘कोभिडका कारण फोक्सो नै खराब भएको बिरामीलाई एकदम हाइ अक्सिजन नदिइ ठिक्क मात्रामा दिने गर्नुपर्छ,’ उनले भनिन् । कान्तिपुर दैनिकले छापेको छ |

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!