बैदेशिक पोष्ट
२०८२ फाल्गुन १९, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एसईईको नतिजा नआउँदै कक्षा ११ मा भर्ना !

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in समाचार
असार ९, २०७८ ०१;३१ बिहान प्रकाशित
एसईईको नतिजा नआउँदै कक्षा ११ मा भर्ना !
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

नियमन र कारबाही गर्न नसक्दा जथाभावी शुल्क असुल्ने प्रवृत्ति दोहोरिँदै

काठमाडौँ — एसईईको नतिजा सार्वजनिक नहुँदै निजी विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्ना लिन थालेका छन् । गतवर्ष कक्षा ११ मा अध्ययनरत विद्यार्थीको परीक्षासमेत नसकिएको अवस्थामा आफ्ना शिक्षण संस्था प्रवर्द्धन गर्ने उद्देश्यले ती विद्यालयले भर्ना लिन थालेका हुन् । उनीहरूले प्रि–रजिस्ट्रेसन र छात्रवृत्तिका लागि भन्दै अनलाइन परीक्षासमेत सञ्चालन गरेका छन् । भित्रभित्रै प्रवेश परीक्षा नै लिएर विद्यार्थी भर्ना गर्न थालेको अभिभावकहरू बताउँछन् ।

‘के आधारमा कुन विषय पढ्न रजिस्ट्रेसन गर्ने ? कुन आधारमा छात्रवृत्तिका लागि विद्यार्थी छनोट गर्ने ?’ अभिभावक राजेन्द्र सापकोटाले भने, ‘यो त सरासर अवैध काम भइरहेको छ । विद्यार्थी, अभिभावकसँग पैसा असुल्ने स्कुलहरूको धन्दा फेरि सुरु भएको छ ।’ शिक्षाविद्हरूले पनि कक्षा ११ मा नतिजाअगावै भर्ना खोलेर मनोमानी गरिएको बताए । यस्ता गतिविधिले शैक्षिक प्रणालीमा नै असर गर्ने उनीहरूको भनाइ छ ।

ठूला र नाम चलेका विद्यालयले नै प्रि–भर्ना र रजिस्ट्रेसनको अगुवाइ गरेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय (हिसान) का पदाधिकारीहरू सञ्चालक रहेका विद्यालय नै विद्यार्थी भर्ना लिन तँछाडमछाड गरिरहेका छन् । गतवर्ष नतिजा आउनु पहिल्यै विद्यार्थी भर्ना लिने विद्यालय यसपटक पनि सक्रिय देखिन्छन् । शिक्षा मन्त्रालय र स्थानीय तहले मनोमानी गर्ने शिक्षण संस्थालाई नियमन र कारबाही गर्न नसक्दा हरेक वर्ष विद्यार्थी–अभिभावकलाई अन्योलमा पार्ने र जथाभावी शुल्क असुल्ने प्रवृत्ति दोहोरिँदै आएको छ ।

हिसानका अध्यक्ष रमेश सिलवाल सञ्चालक रहेको गोल्डेनगेट इन्टरनेसनल कलेजले विज्ञान, व्यवस्थापन र मानविकी विषयमा अनलाइन रजिस्ट्रेसन खुलाएको छ । महासचिव लोकबहादुर भण्डारी सञ्चालक रहेको जेभियर इन्टरनेसनल स्कुलले पनि विद्यार्थी भर्ना खोलेको छ । ‘अहिले हतार गरेर विज्ञान विषयमा रजिस्ट्रेसन गरौंला भोलि एसईईको नतिजा सोचे जस्तो नआए फेरि कुन कलेज खोज्दै हिँड्ने ?’ विद्यार्थी भुवन पन्तले भने, ‘चुप लागेर बसौं सबै आफूले पढ्छु भनेको कलेजको सिट संख्या भरिएला ।’

शिक्षण संस्थाहरूले आफूखुसी भर्ना प्रक्रिया अघि बढाउँदा विद्यार्थीहरू दुविधामा फसेको उनले गुनासो गरे । सरकारसँग नजिक रहेका अगुवा शिक्षण संस्थाले नै बदमासी सुरु गरेपछि उनीहरूको सिको गर्दै काठमाडौं उपत्यकाका अन्य दर्जनौं स्कुलले पनि भर्ना आह्वान गरेका छन् । नेसनल स्कुल अफ साइन्स (निष्ट), साउथ वेस्ट्रन स्टेट कलेज, युनिग्लोब्स कलेज, जेभिएर एकेडेमी, काठमाडौं ओल्ड स्कुल, क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर, सेन्ट लरिएन्स कलेज, द टाइम्स इन्टरनेसनल कलेजलगायतले रजिस्ट्रेसनका लागि सार्वजनिक सूचना नै जारी गरेका छन् ।

शिक्षाविद् विनय कुसियतले व्यापार र नाफामुखी निजी विद्यालयले शैक्षिक गतिविधिलाई आफू अनुकूल प्रयोग गर्दै आएको बताए । कक्षा ११ मा बेमौसमी भर्ना खोलेर व्यापारमा प्रश्रय दिन लागेको उनको भनाइ छ । ‘कक्षा १–१२ विद्यालय शिक्षा भएकाले एसईई र कक्षा ११ भर्नाको पहिलो जस्तो तामझाम गर्नुको औचित्य नै छैन,’ उनले भने, ‘यस्ता काम सरकारले रोक्न सक्नुपर्छ, विद्यार्थी–अभिभावक पनि सचेत हुनुपर्छ ।’

सरकारले विद्यालय शिक्षाको प्रणालीगत त्रुटि सुधार गर्न नसक्दा पनि निजी शिक्षण संस्थाले फाइदा उठाइरहेको कुसियतले प्रस्ट्याए । ‘एसईई खारेज गर्नुपर्छ, त्यसपछि कक्षा ११ को भर्नाको यस्ता गतिविधि स्वत: रोकिन्छ,’ उनले थपे, ‘१२ कक्षासम्म विद्यालय शिक्षा भनेपछि ८ कक्षा पास भएर ९ मा भर्ना हुनु र १० पास भएर ११ मा भर्ना गर्नु उस्तै हो, कुनै अन्तर छैन ।’

शैक्षिक गुणस्तर सुधार गर्नेभन्दा पनि भर्ना, परीक्षालगायतमा केन्द्रित भएर निजी विद्यालयले नाफा आर्जनको बाटो मात्रै हेर्ने गरेको उनको भनाइ छ । ‘कक्षा १–१० मा सरकारले भर्ना अभियान नै सञ्चालन गर्ने गरेको छ, ११ मा चाहिँ जुन बेला पनि भर्ना लिन पाइने मनपरी रोकिनुपर्छ,’ उनले भने ।

यस विषयमा शिक्षा मन्त्रालय र पालिकाबीचमै समन्वय देखिन्न । मन्त्रालय पालिकाले नै यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने बताउँछ भने पालिकाहरू शिक्षा मन्त्रालयबाटै नियमन गर्नुपर्ने भन्दै पन्छिने गरेका छन् । मन्त्रालयका प्रवक्ता दीपक शर्मा १० कक्षाको नतिजा नआई ११ को भर्ना खोल्न नमिल्ने बताउँछन् । ‘तल्लो कक्षाको रिजल्ट नभई माथिल्लो कक्षामा भर्ना खोल्न मिल्दै मिल्दैन,’ उनले भने, ‘यो विद्यालयलाई भनिरहनुपर्ने कुरा होइन ।’ यस्ता गतिविधिको नियमन र नियन्त्रण स्थानीय पालिकाले गर्नुपर्ने उनी बताउँछन् । जबकि कक्षा १–१२ को भर्ना तालिका शिक्षा मन्त्रालयले घोषणा गरेको छ तर ११ को विषयमा मन्त्रालय तर्किने गरेको छ । प्रवक्ता शर्माले निजी विद्यालयका यस्ता गतिविधिबारे विद्यार्थी–अभिभावकले स्थानीय तहमा गुनासो र उजुरी गर्न सक्ने जनाए ।

वैशाखदेखि ठप्प शिक्षण संस्था कहिले खुल्ने अनिश्चित छ । एसईईको तयारीमा रहेका ४ लाख १७ हजार परीक्षार्थीका लागि विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिने निर्णय भएको छ । साउनको दोस्रो सातापछि मात्र नतिजा आउन राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । विद्यार्थी तान्न र कोटा पूरा गर्न प्रि–भर्ना र रजिस्ट्रेसनआह्वान गरिएको बोर्डका कर्मचारीले बताए । ‘विद्यार्थी नभए स्कुल बन्द हुन्छन्, आफूले पढाउने विद्यार्थीको सिट सुरक्षित गर्न अहिलेदेखि हानथाप भएको हो,’ उनले भने ।

गतवर्षदेखि कक्षा ११–१२ मा संकाय प्रणाली खारेज भएर कक्षा ९–१० जस्तै विषयगत रूपमा पठनपाठन हुन थालेको छ । गत शैक्षिक सत्रमा कक्षा ११ र यसपालि कक्षा १२ मा नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन हुँदै छ । उक्त पाठ्यक्रम लागू नगर्न पनि निजी स्कुल सञ्चालकहरूले गतवर्ष बलबिच्याइँ गरेका थिए । सर्वोच्च अदालतको आदेशमा नयाँ पाठ्यक्रम लागू गरिएको थियो । कान्तिपुर दैनिकले छापेको छ |

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले
समाचार

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने
समाचार

एमसीसीका आयोजनाको पूर्वतयारीमा अहिलेसम्म साढे चार अर्ब रुपैयाँ खर्च, छिटै निर्माणको चरणमा जाने

फाल्गुन १८, २०७८ ०८;१५ बिहान प्रकाशित
यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज
बिजनेश

यस्तो छ मिलेनियर बन्ने पहिलो अफ्रिकी महिला म्याडम सी.जे वाकरको सफलताको राज

फाल्गुन १७, २०७८ १०;०३ बिहान प्रकाशित
आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला
समाचार

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो, बिहान ३ बजे नै पशुपतिका चार ढोका खुला

फाल्गुन १७, २०७८ ०८;२९ बिहान प्रकाशित
आज असार १६ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
समाचार

महाशिवरात्रीको दिन आज यस्तो छ तपाईंको राशिफल, जय शम्भु !

फाल्गुन १७, २०७८ ०८;२४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!