बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गुगल च्याट कसरी प्रयोग गर्ने ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार ९, २०७८ ०६;५५ बिहान प्रकाशित
गुगल च्याट कसरी प्रयोग गर्ने ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडाैं । कोरोना महामारीसँगै सुरु भएको वर्क फ्रम होम ट्रेन्डमा स्ल्याक जस्ता रियल टाइम च्याटले साथीभाइ तथा अफिसियल कामहरुमा कुराकानी, छलफलका लागि धेरै सजिलो बनाइदिएको छ ।

यही कुरालाई ध्यानमा राख्दै गुगलले पनि स्ल्याकको विरुद्धमा आफ्नो दुईवटा कर्पोरेट एप च्याट र रुमलाई जिमेल एपमा मिसाएको छ । गुगल च्याटमा आफ्ना साथीहरुबीचमा वा अन्य समूहमा औपचारिक वा अनौपचारिक रुममा कुराकानी गर्न सकिन्छ ।

योभन्दा अगाडि च्याटमा दुई वा दुईभन्दा बढी व्यक्तिबीच समूहमा कुराकानी गर्न सकिन्थ्यो । तर अब भने रियल टाइममा औपचारिक वा अनौपचारिक दुवै कुराकानी गर्न सकिनेछ ।

उदाहरणका लागि तपाईंलाई सामान्य अनौपचारिक कुराकानी जस्तै साथीहरुसँग कतै घुम्ने योजना अथवा कतै भेट्ने योजना बनाउनुपर्नेछ भने गुगल रुम क्रिएट गरेर कुरा गर्न सक्नुहुनेछ । कुरा सकिएपछि रुम पनि सकिन्छ ।

त्यस्तै गुगल रुम लामो समयका लागि पनि प्रयोग गर्न सकिन्छ । हरेक रुमको छुट्टै नाम हुन्छ । रुममा कुनै पनि बेला जोइन गर्न र छोड्न सकिन्छ । रुमको नोटिफिकेसनहरु आउनेछन् भने यसमा विभिन्न फाइलहरु शेयर पनि गर्न सकिनेछ ।

एउटै रुमभित्र अर्को छुट्टै रुम पनि क्रिएट गर्न सकिनेछ । व्यवसायिक काम तथा व्यक्तिगत दुवै कामको लागि रुम प्रयोग गर्न सकिन्छ । आफूले चाहेको समयावधिसम्म रुम एक्टिभ राखिरहन मिल्छ ।

गुगल च्याटको अर्को विशेषता भनेको यो मोबाइल र ब्राउजरमा छुट्टाछुट्टै एक्टिभेट गर्नुपर्ने हुन्छ ।

गुगल च्याट मोबाइलमा कसरी एक्टिभेट गर्ने ?

  • मोबाइलमा जिमेल खोल्ने
  • मोबाइल स्क्रिनको देब्रेतिर माथिल्लो पट्टि भएको तिनवटा लाइनमा क्लिक गर्ने, अनि ‘सेटिङस’ मा जाने
  • ‘सेटिङ’ मा गएर आफ्नो अकाउन्ट छान्ने र ‘जेनरल’ बटन क्लिक गर्ने
  • “सो च्याट एण्ड रुम ट्याब्स” मा क्लिक गर्ने

यो प्रकृया पुरा गरेपछि स्क्रिनको तल्लोपट्टि क्रमश: मेल, च्याट, रुम र मिटको आइकनहरु देख्न सकिन्छ ।

गुगल च्याट ब्राउजरमा कसरी एक्टिभेट गर्ने ?

  • जिमेल खोल्ने र दाहिने पट्टिको माथिल्लो भागमा भएको ‘सेटिङ’ मा क्लिक गर्ने
  • ‘सि अल सेटिङ’ मा क्लिक गर्ने
  • दाहिने पट्टिबाट सुरुमा देखिने “च्याट एण्ड मिट” अप्सनमा क्लिक गर्ने
  • त्यहाँ तीन वटा अप्सन देखिनेछ “च्याट” “क्लाशिक ह्याङवाउट” र “अफ” । त्यसमध्ये ‘च्याट’ अप्सनमा क्लिक गर्ने
  • ‘सेभ चेन्जेज’ मा क्लिक गर्ने

यो प्रकृया पुरा भएपछि ब्राउजरको देब्रेपट्टि च्याट, रुम र मिटको आइकनहरु देख्न सकिन्छ । नयाँ अपडेटमा पनि ह्याङआउटमा भएका पुराना कुराकानीहरु देख्न सकिनेछ । यसका साथै अन्य साना-साना परिवर्तन पनि देख्न सकिनेछ ।

वेबमा च्याट कसरी सुरु गर्ने ?

नयाँ अपडेट गरिसकेपछि यसलाई सुरु गर्नको लागि च्याट अथवा रुम बक्सको छेउमा भएको प्लस (+) को साइनमा क्लिक गरेर नयाँ च्याट सुरु गर्न सकिन्छ ।

एकजना व्यक्तिसँग मात्र च्याट गर्नको लागि इच्छा लागेको व्यक्तिको नाम टाइप गरेर साेही व्यक्तिसँग मात्र च्याट गर्न सकिनेछ । यदि एकभन्दा बढी व्यक्तिसँग च्याट गर्ने हो भने च्याट बक्सको ‘प्लस’ साइनमा क्लिक गरेर “स्टार्ट ग्रुप कन्भरशेसन” गरेर आफूले चाहेका व्यक्तिलाई एड गरेर कुराकानी सुरु गर्न सकिनेछ।

सोही मेनुमा क्लिक गरेर आफ्नो रुम पनि क्रिएट गर्न, क्रिएट भइसकेको रुममा जोइन गर्न र मेसेज रिक्वेस्टहरु हेर्न पनि सकिन्छ ।

मोबाइल एपमा च्याट कसरी सुरु गर्ने ?

मोबाइलमा जिमेल एप खोलेर स्क्रिनको तल्लोपट्टि भएको च्याटमा क्लिक गरेपछि दाहिनेतिर “न्यू च्याट” भनेर एउटा आइकन देखिन्छ । न्यू च्याटमा क्लिक गरेपछि आफूले चाहेको व्यक्तिको नाम टाइप गरेर च्याट सुरु गर्न सकिन्छ भने साेही आइकनमा क्रिएट रुम, ब्राउज रुम र मेसेज रिक्वेस्टको अप्सनहरु पनि देख्न सकिन्छ ।

रुम कल अथवा च्याट गर्नको लागि क्रिएट रुममा क्लिक गर्ने । त्यसपछि रुमको नाम राख्ने र आफूले चाहेको व्यक्तिहरुलाई जाेडेर रुम सुरु गर्न सकिन्छ । तपाईंले इन्भाइट गर्नुभएको व्यक्तिको मेलमा इन्भिटेशन लिंक जान्छ, जसमा क्लिक गरेर उक्त व्यक्तिले रुम जाेइन गर्न सक्नेछ ।

-द भर्ज

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!