काठमाडौं, असार ९ गते । यूट्यूबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको शव दक्षिणकालीमा फेला परेको छ । प्रहरीले सुब्बाको हत्या भएको हुन सक्ने आशंका गरेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तबहादुर कुँवरले सुब्बाको शव बुधबार दक्षिणकालीमा फेला परेको बताउनुभयो ।
सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर सन्तोषी सुब्बा चर्चामा आएकी थिइन् ।
काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले पनि दक्षिणकालीमा फेला परेको शव सुब्बाको भएको पुष्टि गर्नुभएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता कुँवरका अनुसार सुब्बाको टाउकोमा कुनै गहु्रंगो वस्तुले हिर्काएको र अनुहार क्षतविक्षत भएको अवस्थामा शव फेला परेको थियो ।
सुब्बाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । गोरखापत्र












प्रतिक्रिया लेख्नुहोस्:-