बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अब जसपाको विवाद के हुन्छ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
असार ९, २०७८ ११;५८ बिहान प्रकाशित
अब जसपाको विवाद के हुन्छ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। जेठ २१ र २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रिपरिषद्लाई सोमबार सर्वोच्च अदालतबाट कार्यान्वयन नगर्न आदेश दिएपछि जसपाको महन्थ ठाकुर समूहबाट मन्त्री बनेकाहरु पदमुक्त भएका छन्। जसपाबाट मन्त्री बनेका ११ जनाले पद गुमाएका हुन्।

पार्टीमा विभाजनकै जोखिम मोलेर मन्त्री बनेकाहरुले एक महिना पनि पदमा बस्न नपाएपछि उनीहरु अहिले बिखलबन्दमा परेका छन्।

जसपा भित्र ओली सरकारमा जाने कि नजाने भन्ने विषयमा विवाद हुँदा ठाकुर समूह विभाजनको जोखिम नै मोलेर सरकारमा गएको थियो। ठाकुर समूह सरकारमा गएपछि जसपाको उपेन्द्र समूहले मन्त्री बनेका सबै र अध्यक्ष ठाकुर तथा नेता सर्वेन्द्रनाथ शुक्लालाई पार्टीबाट निष्कासन गरेका छन्। र निर्वाचन आयोगमा पार्टी आधिकारिकताका लागि निवेदन पनि दिएका छन्।

तर अदालतको पछिल्लो फैसलाले एक महिनापनि नभई मन्त्रीपद गुमेपछि ठाकुर समूहको अबको रणनीति कस्तो होला? संसदीय दलमा बहुमत जुटाए पनि कार्यकारिणी समितिमा बहुमत गुमाएको ठाकुर समूह अहिले विघटित संसदमा न सांसद, न मन्त्रीको अवस्थामा पुगेको छ।

मधेश राजनीतिका जानकार पत्रकार चन्द्र किशोर दलहरुका आन्तरिक संघर्ष र दलका आन्तरिक कुराहरु अदालतमा पुग्ने गरेको भन्दै यस्ले दलहरुप्रति अदालतको हस्तक्षेप बढाउने सम्भावना पनि रहेको बताउँछन्।

अदालतको फैसलाले पार्टी विभाजनको संघारमा पुगेको जसपाको निलम्वित मन्त्रीको भविष्य कस्तो होला ? भन्ने प्रश्नमा उनले भने, ‘अहिले प्रजातन्त्रवादी नेता कहलिएका शेरबहादुर देउवा राजाबाट न्याय पाइएको भन्दै गएको हो। अर्का नेता माधवकुमार नेपाल आधा प्रतिगमन सच्चियो भनेर अहिले लोकतन्त्रवादी भएकै हुन्। त्यसकारण राजनीतिमा कुनै एउटा घटनाले नै नेताको भूमिका सकिन्छ भन्ने कुरा गलत हुन्छ।’

उनले अगाडि थपे, ‘जसपाबाट मन्त्री भएका नेताहरु कति दिन मन्त्री भए? भन्ने प्रश्न भन्दा पनि मधेश आन्दोलनका मुद्दाहरुमा ती नेताहरु कति संवेदनशील भए त्यो मुख्य प्रश्न हो।’

त्यसकारण जसपाको एक समूह सरकारमा गएर मधेश आन्दोलन लागेका कारण जेलमा परेका व्यक्तिहरुको लागि राहत मिलेको उनको तर्क छ।
उनले भने, ‘विपक्षी गठबन्धनलाई साथ दिएका उपेन्द्र यादव र उक्त गठबन्धनको नेतृत्व गरेका देउवाजीहरुबाट मधेश आन्दोलनका मुद्दाबारे कुनै पनि धारणा आएको छैन। त्यसकारण सरकारमा सहभागी भएर भए पनि केही माग मुद्धा सम्वोधन हुनु राम्रो कुरा हो। अब अदालतले मन्त्रिमण्डललाई वैधानिकता नदिएपनि उक्त मागहरु सम्वोधन गर्ने,नगर्ने ओलीजीको नैतिकतामा भर पर्छ।’

जसपा अध्यक्ष ठाकुर समूहका नेता तथा निवर्तमान मन्त्री विमलप्रसाद श्रीवास्तवले अदालतको पछिल्लो फैसला राजनीतिकरुपमा गलत भएपनि अदालतको निर्णय पालना गर्नुको विकल्प नरहेको बताए।

सरकारबाट बाहिरिए पनि राजनीतिक रुपमा कुनै पनि संकट नपरेको उनको तर्क छ। ‘अदालतको निर्णय अनुसार सरकारबाट हामी बाहिरियौँ। तर आफ्नो माग र मुद्दाप्रति अडिग रहेका छौँ’, उनले भने।

अब पार्टीभित्रको विवाद् भने तत्काल समाधान नहुने उनको भनाइ छ। उनले भने, ‘पार्टी भित्रको विवादबारे फेरि पनि निर्वाचन आयोगमा गएका छौँ। सोही अनुसार निकास निस्किने छ।’

सरकारबाट बाहिरिए पनि पार्टी भित्रको जिम्मेवारीमा कुनै पनि कम नहुने र सरकारमा गएर केही माग सम्वोधन गराएकाले जनताले आफूहरुलाई साथ दिने श्रीवास्तवको दावी छ। उनले भने, ‘हामी सरकारमा गएर नै धेरै मागहरु सम्वोधन गरायौँ।’ बाँकी रहेका र प्रक्रियामा रहेका मुद्दाहरु पनि प्रधानमन्त्री ओलीले पुरा गर्ने उनको विश्वास छ। -डिसी नेपाल 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!