बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दबाब र आलोचनापछि सरकारी निवास छाड्दै पदमुक्त मन्त्री

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in राजनीति
असार १०, २०७८ ००;२९ बिहान प्रकाशित
सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

चौतर्फी आलोचना र विवादपछि सर्वोच्च अदालतको अन्तरिम आदेशले पदमुक्त भएका अधिकांश मन्त्रीले सरकारी निवास छाड्ने तरखर सुरु गरेका छन् । मंगलबार अदालतको आदेशपछि पदमुक्त २० मन्त्रीलाई बालुवाटारमै बोलाएर प्रधानमन्त्री केपी ओलीले भने तत्काल मन्त्रीनिवास छाड्न नपर्ने आश्वासन दिएका थिए ।

तर, बुधबार बिहानैदेखि यो विषयलाई नैतिकताको प्रश्न बनाएर सामाजिक सञ्जालमा आलोचना भएपछि मन्त्रीहरूले निवास छाड्ने तयारी थालेका हुन् । केही मन्त्रीले भने सरकारी निवास छाडिसकेका छन् । २१ र २७ जेठमा नियुक्त मन्त्रीमध्ये १५ मन्त्री सरकारी निवास बस्दै आएका थिए ।

प्रधानमन्त्रीज्यूले तत्काल मन्त्रीनिवास छाड्नुपर्दैन भन्नुमा गलत आशय छैन : गणेशकुमार पहाडी पदमुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

सर्वोच्चको आदेशलगत्तै मैले हिजो (मंगलबार) नै मन्त्रीनिवास छाडिसकेँ । मन्त्रीको हैसियतले पाएको सेवा–सुविधा पनि मैले फिर्ता दिइसकेँ । प्रधानमन्त्रीज्यूले तत्काल मन्त्रीनिवास छाड्नुपर्दैन भन्नुमा गलत आशय छैन । कतिपय मन्त्रीज्यूहरू भाडाको घरमा बस्दै आउनुभएको छ, प्रधानमन्त्रीज्यूको भनाइ त्यसतर्फ लक्षित भएकोजस्तो लाग्छ । तत्काल कोही मन्त्री आउँदैनन्, किन हतार गरेर क्वार्टर छाड्नुहुन्छ । विकल्प तयार भएपछि छाड्नुहोस् भन्ने उहाँको आशय हो ।

बुधबार साँझ नयाँ पत्रिकाको सम्पर्कमा आएका केही मन्त्रीहरूले आफूहरूले सरकारी निवास छाडिसकेको र केहीले एक–दुई दिनमै निवास छाड्ने तयारी गरिरहेको बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री लक्ष्मणलाल कर्णले चाँडै नै मन्त्रीनिवास छाड्ने बताए । ‘मेरो घर गल्फुटारमा छ । बुधबारबाटै मेरो सामान जाँदै छ, अब मन्त्रीनिवास छाड्छु,’ उनले भने ।

पदमुक्त युवा तथा खेलकुदमन्त्री एकवाल मियाँ काठमाडौंमा डेरामा बस्दै आएका थिए । मन्त्री भएलगत्तै उनी पुल्चोकस्थित मन्त्रीक्वार्टरमा बस्न पुगे । तर, क्वार्टर बसेको साता दिन बित्न नपाउँदै मन्त्री पद गयो । त्यसो हुँदा उनी पनि अबको दुई–तीन दिनभित्र क्वार्टर छाड्ने मनस्थितिमा पुगेका छन् । ‘दुई–तीन दिनमा मन्त्रीनिवास छाडिदिन्छु । मेरो पुरानै डेरा थियो, त्यो छाडेको थिइनँ । त्यही डेरामा जान्छु,’ उनले भने, ‘बिहीबार पार्टीसँग छलफल पनि छ, पार्टीसँग राय–सुझाब लिएर शुक्रबारसम्म क्वार्टर छाडिदिन्छु ।’

संघीय, पर्यटन तथा पर्यटन उड्डयनमन्त्री उमाशंकर अरगरियाले पनि शुक्रबारसम्ममा मन्त्रीनिवास छाड्ने बताएका छन् । मन्त्री नियुक्त हुनुभन्दा अघि उनी पनि काठमाडौंमा डेरामै बस्दै आएका थिए । मन्त्री नियुक्त भएलगत्तैै डेराको झिटीगुन्टा बोकेर मन्त्रीक्वार्टर पुगे । तर, साता दिन पनि सुत्न नपाउँदै मन्त्रीबाट बर्खास्त भएपछि फेरि डेरामै फर्कँदै छन् ।

‘सामानहरू बाँधिरहेका छौँ, बिहीबार–शुक्रबारसम्म मन्त्रीनिवास छाड्छु,’ उनले भने, ‘पहिला मेरो कोठा थियो, तर मन्त्री भएपछि सबै सामान ल्याइयो । आज (बुधबार) सामान पोको पार्ने काम भयो ।’

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी पाएकी चन्दा चौधरी डेराको सबै झिटीगुन्टा बोकेर मन्त्रीनिवास छिरेकी थिइन् । मन्त्री पद खुस्किएलगत्तै उनी पनि डेरा फर्कँदै छिन् । बिहीबारसम्म सर्ने योजनामा रहेकी उनले भनिन्, ‘सामान प्याकिङ गरिसकेकी छु, अब भोलि (बिहीबार) सर्छु । मैले मन्त्रीनिवास आउँदा पनि कोठाबाट धेरै सामान ल्याएकी थिइनँ । कपडा, खानपिनलगायत केही–केही सामान ल्याएकी थिएँ । इमाडोलमा अहिले पनि कोठा छ । भ्याइयो भने बिहीबार, भ्याइएन भने शुक्रबार सर्छु ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमल श्रीवास्तवले भने मन्त्रीक्वार्टर बुधबार बिहानबाटै छोडिसकेका छन् । डेरामा बस्दै आएका उनी पनि मन्त्री नियुक्त भएलगत्तै मन्त्रीक्वार्टर पुगेका थिए । तर, सर्वोच्चको अन्तरिम आदेशले मन्त्री पद बर्खास्तीमा पर्‍यो । आदेश भएको भोलिपल्ट अर्थात् बुधबार बिहानबाट उनले मन्त्रीनिवास छोडेका छन् । उनले भने, ‘मैले बुधबार बिहान नै मन्त्रीक्वार्टर छोडेर डेरामा आएर बसिसकेँ । मेरो डेरा बल्खुमा छ । मैले मन्त्रीनिवास र गाडी पनि छाडिसकेँ । झन्डावाल गाडी लगेर मन्त्रालयमा बुझाइदिइसकेँ ।’

क्वार्टर छाड्नेमध्येका अर्का मन्त्री हुन्– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशकुमार पहाडी । उनले सर्वोच्चको आदेशलगत्तै मन्त्रीनिवास छोडेका छन् । र, आफ्नो निजी निवासमा फर्किए । यद्यपि क्वार्टर नछाड्न प्रधानमन्त्री ओलीको भनेको विषयलाई उनले अन्यथा मानेका छैनन् ।

‘सर्वोच्चको आदेशलगत्तै मैले हिजो (मंगलबारै) नै मन्त्रीनिवास छाडिसकेँ । मन्त्रीको हैसियतले पाएको सेवा–सुविधा पनि मैले फिर्ता दिइसकेँ । प्रधानमन्त्रीज्यूले तत्काल मन्त्रीनिवास छाड्नुपर्दैन भन्नुमा गलत आशय छैन । कतिपय मन्त्रीज्यूहरू भाडाको घरमा बस्दै आउनुभएको छ, प्रधानमन्त्रीज्यूको भनाइ त्यसतर्फ लक्षित भएकोजस्तो लाग्छ । तत्काल कोही मन्त्री आउँदैनन्, किन हतार गरेर क्वार्टर छाड्नुहुन्छ । विकल्प तयार भएपछि छाड्नुहोस् भन्ने उहाँको आशय हो,’ उनले भने ।

अदालतको अन्तरिम आदेशसँगै १८ मन्त्री र दुई राज्यमन्त्री स्वतः पदमुक्त भएलगत्तै साँझ सरकारी निवास बालुवाटारमा मन्त्रीहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले भनेका थिए, ‘अदालतले हामी सबैलाई अप्रत्याशित लाग्ने गरी अन्तरिम आदेश जारी गर्‍यो । तर, आत्तिनुपर्दैन, यसको वेआउट (समाधान) निकालिन्छ । दैनिक सरकारी कामकाज त गर्न मिलेन, तर निवास छाडिहाल्नुपर्दैन, अहिलेलाई त्यहीँ बस्दा हुन्छ, तपाईंहरूले झन्डा छोपेर गाडी पनि प्रयोग गर्न सक्नुहुन्छ ।’  नयाँ  पत्रिकाले छापेको छ

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।
राजनीति

प्रचण्डलाई बाबुरामको सुझाव: कि एमसीसी पास गर्नुस् कि सरकार,सत्ता छोड्नुस।

फाल्गुन १४, २०७८ २१;५३ मध्यान्ह प्रकाशित
न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल
अन्तरास्ट्रिय

न्यूयोर्क टाइम्सले भारतमाथि लगायो गम्भीर आरोप, भारतमा ठूलो बबाल

माघ १५, २०७८ १३;५७ मध्यान्ह प्रकाशित
आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा
राजनीति

आज ‘मधेस प्रदेश’ मा सार्वजनिक बिदा घोषणा

माघ ४, २०७८ ०८;०५ बिहान प्रकाशित
सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले
राजनीति

सङ्ग्रहालयको सम्पत्ति कौडीको भाउमा दिने र मनोमानी गर्नेलाई कारबाही हुन्छ : मन्त्री आले

माघ २, २०७८ २१;४९ मध्यान्ह प्रकाशित
भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली
अन्तरास्ट्रिय

भारतीय मूलका व्यक्ति बेलायती प्रधानमन्त्री बन्ने दावीका कारण खल्बली

माघ २, २०७८ २१;२८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!