बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मोबाइल र इन्टरनेट बैंकिङका सक्रिय प्रयोगकर्ता बढ्दै, यस्तो छ पछिल्लो तथ्याङ्क

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार १०, २०७८ ०८;४१ बिहान प्रकाशित
मोबाइल र इन्टरनेट बैंकिङका सक्रिय प्रयोगकर्ता बढ्दै, यस्तो छ पछिल्लो तथ्याङ्क
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । प्रविधिको विकाससँग सबैभन्दा नजिक रहेर बैंकिङ क्षेत्र अगाडि बढिरहेकाे छ । आज जसरी हामी मोबाइलबाटै कारोबार गरिरहेका छौं, त्यसको श्रेय बैंक तथा वित्तीय संस्थालाई नै जान्छ ।

प्रविधिको बैंकिङ पाटोलाई फिनटेक (वित्तीय प्रविधि) को रुपमा चिन्ने गरिन्छ । फिनटेकलाई सँगै अगाडि बढाउन र त्यसको छुट्टै पहिचान दिन बैंकिङ तथा वित्तीय क्षेत्रले खेलेको भूमिका निश्चय नै सराहनीय छ ।

अझ कोभिड–१९ ले यसमा मलजल गर्‍यो भन्दा फरक नपर्ला । कोरानाको महामारी सुरु भएसँगै विभिन्न चरणमा लकडाउन र निषेधाज्ञा जारी भएको छ । सामाजिक दुरी कायम गर्नुपर्ने, घरमै बस्नु पर्ने भएकाले कोरोना महामारीको बीचमा डिजिटल कारोबारले सबैभन्दा बढी प्रोत्साहन पायो ।

जसले गर्दा नेपालको डिजिटल कारोबारमा थप १० वर्ष लाग्ने काम यो दुई वर्षको अवधिमा भएको व्यवसायी बताउँदै आएका छन् । हुन पनि हो, आज हामी समान्य किराना पसलमा पनि डिजिटल माध्यममार्फत भुक्तानी गरिरहेका छौंं ।

यसरी विस्तारै सबै कारोबार डिजिटल हुँदै गर्दा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको प्रयोगकर्ता बढ्दै जानु स्वभाविक पनि हो । नेपाल राष्ट्र बैंकले जारी गरेको गत चैतसम्मको तथ्याङ्क हेर्ने हो भने मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड ३५ लाख ९१ हजार पुगेका छन् । त्यसमध्ये एक करोड ७ लाख ८६ हजार मोबाइल बैकिङ प्रयोगकर्ता सक्रिय रहेको जनाइएको छ ।

जुन चालू आर्थिक वर्ष २०७८/०७९ को साउन महिनाको तुलनामा उल्लेख्य वृद्धि हो । तथ्याङ्कअनुसार गत साउनमा मोबाइल बैंकिङ प्रयोगकर्ता एक करोड १४ लाख ३ हजारको हाराहारीमा थिए । त्यसबेला सक्रिय प्रयोगकर्ताको संख्या ८८ लाख ३७ हजार थिए । जुन चैत महिनासम्म आइपुग्दा २१ लाख ८८ हजारले वृद्धि भएको छ ।

राष्ट्र बैंकको उक्त तथ्याङ्कअनुसार गएको भदौ महिनामा मोबाइल बैंकिङका सक्रिय प्रयोगकर्ता ८९ लाख १० हजार रहेका छन् । त्यस समयमा मोबाइल बैंकिङ लिने कूल संख्या भने एक करोड १६ लाख २७ हजारभन्दा बढी रहेको देखिएको छ ।

यसरी मोबाइल बैंकिङमा निरन्तर रुपमा बढ्दै आएको सक्रिय प्रयोगकर्ता फागुनमा आएर एक करोडको आँकडा छुन सफल भएको देखिन्छ । तथ्याङ्कअनुसार फागुनमा मोबाइल बैंकिङका सक्रिय प्रयोगकर्ता एक करोड ५ लाख पुगेको छ । जतिबेला मोबाइल बैंकिङ सेवा लिने प्रयोगकर्ताको संख्या एक करोड ३२ लाख २७ हजार रहेका थियो ।

अर्कोतर्फ इन्टरनेट बैकिङमा पनि सक्रिय प्रयोगकर्ता निरन्तर रुपमा बढी रहेको तथ्याङ्कले देखाएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आवको सुरुवातमा मोबाइल बैंकिङ लिनेको संख्या १० लाख २५ हजारभन्दा बढी रहेको थियो ।

त्यसमध्ये ६ लाख ४२ हजार सक्रिय प्रयोगकर्ता रहेका थिए । जुन भदौमा वृद्धिहुँदै कूल संख्या १० लाख ४० हजार र सक्रिय प्रयोगकर्ता ६ लाख ४६ हजार पुगेको देखिन्छ ।

निरन्तर बढिरहेका इन्टरनेट प्रयोगकर्ता चैतमा आइपुग्दा उल्लेख्य वृद्धि भएको देखिन्छ । तथ्याङ्कअनुसार चैतसम्म कुल ११ लाख २२ हजार ८ सय ८८ जनाले इन्टरनेट बैंकिङ सेवा लिएका छन् । त्यसमध्ये ७ लाख ७२ हजार सक्रिय प्रयोगकर्ता रहेको देखाइएको छ ।-टेकपाना

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!