काठमाडौं, असार ११ गते । अमेरिकाको फ्लोरिडा राज्यको मियामीस्थित एक भवन भत्किँदा एकको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य १२ जना हराइरहेका छन् ।
बीबीसीका अनुसार मियामीस्थित एक आबासीय क्षेत्रमा रहेको १२ तले भवन भत्किएको हो । उद्धारकर्ताले ३५ जनालाई जीवितै बाहिर निकालेको छ । जसमध्ये दश जनालाई प्राथमिक उपचारपछि घर पठाइएको छ भने दुईजनालाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
भवनमा कुल १०२ जना बसोबास गर्दै आएको बताइएको छ । दुर्घटना हुँदा भवनमा रहेका ब्यक्तिको सङ्ख्या अझै यकिन भइसकेको छैन् । उक्त ब्लक सन् १९८० मा निर्माण भएको थियो ।
मियामीका मेयर डेनिएल लिभाइन काभाका अनुसार भनव भत्किँदा उक्त क्षेत्रमा रहेका १३० मध्ये अधिकांश भवन प्रभावित भएका छन् । हराइरहेकामध्ये केही ल्याटिन अमेरिकी अप्रवासी रहेको बताइएको छ । पराग्वेकी प्रथम महिलाकी आफन्त समेत उक्त दुर्घटनामा परेको बीबीसीले उल्लेख गरेको छ ।
भवन भत्किनुको कारण अझै स्पष्ट भइसकेको छैन ।-गोरखापत्र
प्रतिक्रिया लेख्नुहोस्:-