बैदेशिक पोष्ट
२०८२ फाल्गुन २८, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चीन–नेपाल रेलमार्गले सगरमाथा राष्ट्रिय निकुञ्जलाई ३० किलोमिटर लामो सुरुङबाट पार गर्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय, आर्थिक
असार १२, २०७८ ०८;३९ बिहान प्रकाशित
चीन–नेपाल रेलमार्गले सगरमाथा राष्ट्रिय निकुञ्जलाई ३० किलोमिटर लामो सुरुङबाट पार गर्ने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। चीनको महत्वाकांक्षी परियोजना चीन नेपाल रेलमार्ग सगरमाथाको छेउबाट बन्ने सम्भावना उच्च देखिएको छ । यो परियोजनामा संलग्न एक बरिष्ठ इन्जिनियरका अनुसार ८ अर्ब डलर लगानीमा बन्ने यो रेलमार्ग संरक्षित सगरमाथा राष्ट्रिय निकुञ्जबाट बनाउने बाहेक अर्को सहज विकल्प देखिएको छैन । तर, चीनको कानुनले वातावरणीय रुपमा संरक्षित षेत्रमा ठूला निर्माण गर्न रोक्ने भएकोले समस्या हुन सक्ने देखिएको छ ।

चीन र नेपालबीचको १ हजार किलोमिटर लामो सीमामा ६ वटा रुट प्रस्ताव गरिएका छन् । यी ६ रुटमध्ये कुन रुट रोज्ने भन्नेमा चिनियाँ विज्ञहरु विभाजित छन् । यसमा पनि प्रमुख बहस सगरमाथा राष्ट्रिय निकुञ्जको कोर संरक्षित क्षेत्रमा केन्द्रित छ । यो क्षेत्र विश्वको सर्वोच्च शिखर सगरमाथा भएको क्षेत्र हो । बुधबार चीनको घरेलु जर्नल रेलवे स्टान्डर्ड डिजाइनमा प्रकाशित दस्तावेजलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले यस विषयमा एउटा सहमति बनेको बताएको छ । दस्तावेजका अनुसार रेलवेले सगरमाथा राष्ट्रिय निकुञ्ज षेत्रलाई ३० किलोमिटर लामो सुरुङमार्फत पार गर्नेछ ।

शाङशी प्रान्तको शियानको चाइना रेलवे फर्स्ट सर्वे एण्ड डिजाइन इन्स्टिच्युट ग्रुपका प्रमुख इन्जिनियर लियाङ डोङले सहमतिको दस्तावेजमा बताएअनुसार सुरुङको एक तिहाइभन्दा धेरै भाग सगरमाथा राष्ट्रिय निकुञ्जको कोर संरक्षित क्षेत्रमा पर्छ र पूरै भूमिगत हुनेछ । यो हिमालयन सुरुङ हिमालय क्षेत्रमै पहिलो सुरुङ हुनेछ र यसले तिब्बतको रिकाजेदेखि सीमावर्ती सहर गिरोङ हुँदै नेपालको काठमाडौंलाई जोड्नेछ । लियाङका अनुसार यो रेलवे रुट ५१३ किलोमिटर लामो हुनेछ र ५३.६ अर्ब युआन (८.२७ बिलियन अमेरिकी डलर) लागत पर्नेछ ।

‘यो प्रस्ताव चुनौतीहरुविरुद्ध दृढ अडानसहित विज्ञहरुको अन्तिम सुझाव समावेश गरेर चिनियाँ र नेपाल सरकारसमक्ष पेश गरिनेछ’ दस्तावेजमा लियाङले भनेका छन् । यो रेल परियोजनाको भारतले विरोध गरेको छ । नेपाल भारतको प्रमुख व्यापारिक साझेदार हो । तर, पछिल्ला दिनमा भारतको चीनसँगको व्यापार पनि तीब्र रुपमा बढिरहेको छ । २०१९ मा भारत नेपाल व्यापार ८ अर्ब डलरभन्दा माथि पुगेको थियो जबकि त्यही समयमा नेपाल र चीन व्यापार भने मात्रै २० मिलियन डलर थियो ।

नेपाल भारत र चीनबीचको रणनैतिक ‘बफर जोन’ पनि हो । आणविक शक्तिसम्पन्न यी दुई देशबीचको सीमा विवाद पछिल्लो समय सैनिकको ज्यानै जाने हदसम्म बिग्रिएका बेला नेपाल यी दुवै देशको लागि सामरिक महत्वको क्षेत्र हो । नेपालमा भारतको हस्तक्षेप बढ्दै गइरहेका बेला काठमाडौंले चीनसँग भूराजनैतिक र आर्थिक विकासका षेत्रमा सहकार्यमा चासो देखाइरहेको छ । बेइजिङ र काठमाडौंबीच रेलवे बनाउने सम्झौतामा २०१६ मा हस्ताक्षर भएको थियो ।

लियाङका अनुसार प्रस्तावित ६ वटै रुपका आफ्नै सजिला र अप्ठ्यारा पाटा छन् । यी ६ बाहेक अन्य प्रस्तावहरु धेरै लागत पर्ने र इन्जिनियरिङमा कठिनाइ हुने देखिएपछि पहिले नै रद्द गरिएका छन् । रद्द गरिएका केही प्रस्तावित रुटले राष्ट्रिय निकुञ्जलाई पूर्ण रुपमा बाइपास गर्न सक्थे तर रेलवेको लम्बाइ २ गुण वा केहीमा ३ गुणासम्म बढी हुन्थ्यो । लियाङका अनुसार यस्तो एउटा मात्र प्रस्तावित रुट थियो जो लम्बाइको हिसाबले पनि ठिक थियो, संरक्षित क्षेत्रको कोर क्षेत्रलाई बाइपास पनि गर्न सक्थ्यो र यो रुट सीमावर्ती सहर झाङमुबाट जान्थ्यो ।

केही विज्ञहरुले यो रुटले वातावरणीय प्रभाव कम पार्ने भएकोले यसको पक्ष लिएका थिए तर यो क्षेत्रको कम स्थिर भौगोलिक अवस्थाका र अन्य बेफाइदाका कारण यो रुट पनि अस्वीकृत गरियो । झाङमु २०१५ मा नेपालमा गएको भूकम्पका कारण क्षतिग्रस्त भएको थियो र यस क्षेत्रमा पछिल्ला केही भूकम्पले सृजना गरेका फल्टहरु पनि छन् । यसबाहेक यस क्षेत्रमा भएका हिमतालहरुले पनि यहाँ समस्या पार्न सक्ने देखियो ।

लियाङका अनुसार गिरोङको रुटमा भएका फाइदाले रेलवे सुरक्षित रुपमा संचालन गर्न र लामो समयसम्म दिगो रहन सहयोग गर्छन् । यदि यो प्रस्ताव स्वीकृत भयो भने हिमालयन सुरुङको निर्माण भने चुनौतीपूर्ण हुनेछ । परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन गरिरहेका लियाङका सहकर्मी इन्जिनियर काङ शुआनका अनुसार यदि यो सुरुङ निर्माणको क्रममा संरक्षित क्षेत्र, खासगरी कोर क्षेत्रमा देखिने प्रभाव पर्यो भने यो कानुनको उल्लंघन हुनेछ ।

काङका अनुसार सबैभन्दा संवेदनशील भाग १३ किलोमिटरको हुनेछ । यहाँ निकै दुर्लभ वनस्पति र लामो पुच्छर भएको लंगुर, हिउँ चितुवा जस्ता दुर्लभ जनावरहरु पाइन्छन् । कांगको अनुमान अनुसार यहाँ निर्माणको लागि संरक्षित क्षेत्रभन्दा बाहिरको मिक्सिङ प्लान्टबाट करिब ७० किलोमिटर सिमेन्ट, स्टिल र अरु निर्माण सामग्री ढुवानी गर्नुपर्नेछ । राष्ट्रिय निकुञ्जबाट फोहर विसर्जन गर्न पनि यत्तिकै दुरी ढुवानी गर्नुपर्नेछ ।

‘वातावरणीय प्रभावको अनिवार्य मूल्यांकन गरिनुपर्छ र यहाँ निर्माणको क्रममा हुन सक्ने सम्भावित क्षति रोक्न प्रभावकारी कदम उठाइनुपर्छ’ उनले दस्तावेजमा भनेका छन् । बेइजिङ फरेष्ट्री युनिभर्सिटीको स्कुल अफ इकोलोजी एण्ड नेचर कन्जर्भेसनका एक अनुसन्धानकर्ताले यो सुरुङले त्यस क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने बताए । यस्ता प्रभावमध्ये जमिनमुनिको प्राकृतिक पानी वितरण प्रणाली समेत प्रभावित हुन सक्ने उनले बताए ।

‘केही साना खोला र खोल्साहरु सदाका लागि हराउन सक्छन्’ ती अनुसन्धानकर्ताले भने । उनले यो विषयको संवेदनशीलताका कारण आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गरे । ‘कहिलेकाहीँ जमिनमुनि भएको परिवर्तनले सतहको वातावरणमा उल्लेख्य प्रभाव पार्न सक्छ । हिमालय जति उच्च छ यहाँ जोखिम पनि त्यत्तिकै उच्च छ’ उनले भने ।-डिसी नेपाल 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!