बैदेशिक पोष्ट
२०८२ असार ९, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कसरी हुन्छ र्‍यानसमवेयर आक्रमण ? जोगिन के गर्ने ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार १३, २०७८ १५;२५ मध्यान्ह प्रकाशित
कसरी हुन्छ र्‍यानसमवेयर आक्रमण ? जोगिन के गर्ने ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । पछिल्लो समयम नेपालमा र्‍यानसमवेयर आक्रमणको क्रम बढ्दै गइरहेको छ । सामान्य सावधानीहरु अपनाउन नसक्दा बढिरहेको र्‍यानसमवेयरको आक्रमणलाई ध्यानमा राख्दै नेपाल दूरसञ्चार प्राधिकरणले यसबाट बच्नको लागि सूचना जारी गरेको छ ।

र्‍यानसमवेयर के हो ?
र्‍यानसमवेयर (Ransomware) एक प्रकारको मालवेयर हो, जसको प्रयोग गरेर ह्याकर/साइबर अपराधीले ईमेल/इन्टरनेट तथा पेन ड्राइभ वा संक्रमित (Infected) कम्प्युटरको माध्यमबाट महत्वपूर्ण डेटा तथा कम्प्युटर प्रणालीलाई बिगार्न तथा नष्ट गर्न प्रयोग गर्दछन ।

साथै कम्प्युटर प्रयोगकर्ताबाट फिरौती रकम प्राप्त नगरेसम्म कम्प्युटर प्रयोगकर्ताको डेटालाई सार्वजनिक गर्ने वा महत्वपूर्ण डेटालाई प्रयोग गर्न नसक्ने गरी Encryption Lock गरी दिने गर्छन ।

कतिपय अवस्थामा म्याद तोकी ह्याकर/साईबर अपराधीले कम्प्युटर प्रयोगकर्ताबाट रकम/बिट्क्वाइन (CryptoCurrency) माग्ने, तर उक्त समयावधि भित्र भुक्तानी नगर्दा महत्वपूर्ण डेटालाई सधैँको लागि नष्ट गरी दिनुको साथै ह्याकर/साईबर अपराधीले सामान्यता मागेको रकम/बिटक्वाइन पाए पनि प्रयोगकर्ताको डेटालाई उपलब्ध गराउदैँन ।

र्‍यानसमवेयर धेरै प्रकारका हुन्छन् जस्तै: WannaCry, UIWIX CryptoLocker, NotPetya, Bad Rabbit, Cerber, Crysis CryptoWall GoldenEye, Jigsaw, Locky आदि ।

र्‍यानसमवेयर आक्रमण कहाँबाट आउँछ ?
इन्टरनेट प्रयोगकर्ताले ईमेलमार्फत प्राप्त असुरक्षित फाइल अट्याचमेन्ट तथा लिंकलाई क्लिक गर्दा वा संक्रमित (Infected) पेन ड्राइभ (USB Stick/Driver) लाई फाइल स्थानान्तरण (Transfer/Copy) गर्नको लागि प्रयोग गर्दा पनि र्‍यानसमवेयर आक्रमण हुन्छ ।

त्यस्तै भिजिट गरिएको असुरक्षित बेभसाईटमा आएको Pop-Up Window/Banner मा क्लिक गर्दा, सामाजिक संजाल जस्तै: फेसबुक, ट्वीटर, लिंकड्इन तथा व्हाट्सएप र भाइबरमा प्राप्त असुरक्षित अट्याचमेन्ट तथा लिंकलाई क्लिक गर्दा र Freeware/shareware तथा Pirated Software, Music/Video डाउनलोड गर्दा पनि र्‍यानसमवेयर आक्रमण हुनसक्दछ ।

यसरी जथाभावी आएको लिंकमा वा अट्याचमेन्टमा क्लिक गर्दा प्रयोगकर्ताको कम्प्युटर/माेबाइलमा र्‍यानसमवेयर डाउनलोड भई इन्स्टल हुन्छ ।

र्‍यानसमवेयर आक्रमणबाट कसरी सुरक्षित रहने ?

र्‍यानसमवेयर आक्रमणबाट सुरक्षित रहन कम्प्युटर तथा कम्प्युटर प्रणालीको भण्डारण हुने महत्वपूर्ण डेटा नियमित व्याकअप राख्ने र कुनै कारणबस कम्प्युटर र कम्प्युटर प्रणाली ह्याक भई ह्याकरले (Data Encryption) गरी उक्त Data Decryption को लागि पैसा भुक्तानी माग गरेमा त्यस्ता ह्याकरलाई भुक्तानी गर्नुहुदैँन । ह्याकर भुक्तानी पछि Data Decryption गर्ने निश्चित हुदैँन ।

त्यसैगरि कम्प्युटर, कम्प्युटर प्रणाली र डिजिटल खातामा बलियो पासवर्डको प्रयोग गर्नुपर्छ र यस्ता पासवर्ड समय समयमा परिवर्तन गरिरहनुपर्छ । कम्प्युटर र कम्प्युटर प्रणालीलाई सुरक्षित राख्न Multi-Factor Authentication (जस्तै Two Factor Authentication, Mobile Number, OTP, Fingerprint आदि) को प्रयोग गर्नुपर्छ । कम्प्युटर तथा कम्प्युटर प्रणालीमा Anti-Virus /Anti – Malware/Spam Filter को प्रयोग गरी नियमित स्क्यान गरिरहनुपर्छ ।

कम्प्युटर तथा कम्प्युटर प्रणालीमा प्रयोग भएका सफ्टवेयरलगायत Operating System, Anti-Virus/ Anti-Malware/Spam Filter लाई नियमित अद्यावधिक (Update) गर्नुपर्छ । त्यस्तै Freeware, Pirated software/game Free music/video, अश्लील सामग्री उपलब्ध हुने जस्ता असुरक्षित वेबसाइटहरुको प्रयोग गर्नुहुदैँन ।

त्यस्ता असुरक्षित वेबसाइटहरु भिजिट गर्दा Pop-Up window/banner मा प्रचारका लागि आउने लिंकमा क्लिक गर्नुहुँदैन र त्यस्ता वेबसाइटबाट Freeware/shareware तथा Pirated Software, Music/Video/games पनि डाउनलोड नगर्दा यो आक्रमणबाट रोक्न सकिन्छ ।

त्यसैगरी सामाजिक संजालहरुमा प्राप्त हुने शंकास्पद अट्याचमेन्ट तथा लिंकलाई क्लिक गर्नुहुँदैन र कम्प्युटर तथा कम्प्युटर प्रणालीमा ईमेल/इन्टरनेटको लिंक तथा अट्याचमेन्टलाई सहि पहिचान गरेर मात्र क्लिक गर्नुपर्छ । बेवारिसे रुपमा भेटिएको पेन ड्राइभलाई कम्प्युटर तथा कम्प्युटर प्रणालीमा प्रयोग गर्नहुँदैन । –टेकपाना 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!