बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

त्रिविको अनलाइन पुस्तकालयमा निःशुल्क पढ्ने सुविधा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार १३, २०७८ ०५;०४ बिहान प्रकाशित
त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष  हुने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक सकिने सुविधा दिन थालेको छ । देशकै जेठो विश्वविद्यालय अन्तर्गत रहेको केन्द्रीय पुस्तकालयले विद्यार्थीहरुका लागि निःशुल्क अनलाइन लाइब्रेरी सञ्चालनमा ल्याएको हो ।

पुस्तकालयले रिमोट एक्सेस प्रणालीमार्फत अनलाइनबाटै पुस्तक, डकुमेन्ट, जर्नल आदि सामग्री पढ्न सकिने व्यवस्था मिलाएको छ । जसका लागि रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डेटाबेस सफ्टवेयर जडान गरिएको छ ।

पुस्तकालयले यसका लागि ३२ लाख रुपैयाँमा बेलायतबाट सफ्टवेयर खरीद गरेको छ । त्रिविअन्तर्गतका आङ्गिक क्याम्पस र पुस्तकालयसँग सम्झौता गरेका अन्य विश्वविद्यालयका विद्यार्थीले समेत पुस्तकालयको प्रोक्वेस्ट डेटाबेस सफ्टवेयरबाट निःशुल्क पुस्तक पढ्न पाउने छन् ।

जसमा विदेशी विश्वविख्यात विद्वानले प्रकाशित गरेका पुस्तक, जर्नल, लेख, रचना लगायतका सामग्री रहेका छन् । यी सामग्री निःशुल्क रुपमा पढ्नका लागि विद्यार्थीले यहाँ क्लिक गरी पुस्तकालयको वेबसाइटमा उपलब्ध फाराम भर्नुपर्ने हुन्छ । सोही फाराम भरेको आधारमा विद्यार्थीलाई ईमेल आईडी उपलब्ध गराइनेछ ।

गत मङ्सिरबाट शुरु भएको रिमोट एक्सेस प्रणालीमा अहिले ३० हजारभन्दा धेरै विद्यार्थीको ईमेल आइडी बनिसकेको छ । पुस्तकालयका अनुसार डेटाबेसमा चार लाख ५० हजारभन्दा बढी ई–पुस्तक, ५० लाखभन्दा बढी ई–थेसिस डिजर्टेसनका साथै हजारौँ जर्नल, पत्रिका र लेख, रचना रहेका छन् ।

त्रिविको अनलाइन पुस्तकालयमा हालसम्म नेपाल खुला विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, हेटौँडा कलेज अफ सोसल साइन्सेस, सगरमाथा इञ्जिनीयरिङ कलेज, बानेश्वर बहुमुखी क्याम्पस संस्थागतरुपमा आवद्ध भइसकेका छन् । पुस्तकालयले पछिल्लो समय एसियन विकास बैंक र नेसनल डिजिटल लाइब्रेरी अफ इण्डियासँग समेत थप सामग्रीका लागि सम्झौता गरेको छ ।

जसनुसार एसियन विकास बैंकसँग रहेका तीन लाख पुस्तक र डिजिटल लाइब्रेरीसँग रहेका चार करोड ५० लाख पुस्तक, जर्नल, थेसिस, अडियो, भिडियो सामग्री निःशुल्क रुपमा उपलब्ध हुनेछन् । हाल त्रिवि केन्द्रीय पुस्तकालयमा चार लाख दश हजार पुस्तक छन् ।

जसलाई आफ्नो छुट्टै ई-पुस्तकालयको रुपमा डेटाबेस तयार पार्ने योजनामा केन्द्रीय पुस्तकालय अगाडि बढेको छ । स्नातकोत्तर तह, दर्शनाचार्य र विद्यावारिधी तहका शोधपत्रलाई समेत अनलाइनमा राखिने बताइएको छ । जसअनुसार अहिलेसम्म दुई हजार शोधपत्रलाई डिजिटल रुप दिइसकिएको छ ।-टेकपाना 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!