बैदेशिक पोष्ट
२०८२ फाल्गुन २९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ट्वीटरविरुद्ध किन कडा प्रहार गर्दैछ भारत ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
असार १३, २०७८ १०;३६ बिहान प्रकाशित
ट्वीटरविरुद्ध किन कडा प्रहार गर्दैछ भारत ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । गत हप्ता भारतस्थित ट्वीटरका प्रबन्ध निर्देशकलाई दिल्ली नजिकैको गाजियाबाद सहरको प्रहरीले प्रहरी कार्यालयमा बोलायो ।

प्रहरीको कदम विरुद्ध उनले अदालत गुहारेपछि अदालती आदेशका कारण उनलाई प्रहरीले तत्काल पक्राउ गर्न त सकेको छैन तर उक्त मुद्दा अझै जीवितै छ ।

ट्वीटरमा शेयर भएको एक घृणाजन्य अपराधको भिडियोको विषयमा सोधपुछका लागि प्रहरीले भारतस्थित ट्वीटरका अधिकारीलाई चौकीमा बोलाएको थियो । उक्त भिडियोमा एकजना ७२ वर्षीय मुस्लिम वृद्धलाई कुटपिट गरी उनको दाह्री काटिएको देखिन्छ । केही चर्चित पत्रकारहरु लगायत धेरैले ट्वीटरको उक्त भिडियो शेयर गरे ।

प्रहरीका अनुसार ती वृद्धमाथि भएको आक्रमण धार्मिक कारणले भएको होइन । ती वृद्धले बिक्री गरेको लकेटका कारण उत्पन्न विवादले उनीमाथि आक्रमण भएको हो । उक्त घटनामा ६ जना पक्राउ परिसकेको प्रहरीको भनाइ छ ।

प्रहरीले उक्त भिडियो अपलोड भएको घटनामा भारतस्थित ट्वीटर कार्यालयविरुद्ध गम्भीर फौजदारी अपराध अन्तरगत उजुरी दर्ता गरेको छ । ट्वीटर विरुद्ध मात्र होइन समाचार साइट द वायर, तीनजना पत्रकार तथा विपक्षी कंग्रेसका ३ जना नेताविरुद्ध पनि उक्त भिडियो शेयर गरेको आरोपमा उजुरी दर्ता गरिएको छ । उनीहरुले सामुदायिक अस्थिरता निम्त्याउन खोजेको आरोप लगाइएको छ । यसरी भिडियो शेयर गरेर मुद्दा खेप्ने ६ जना नै मुस्लिम समुदायका हुन् ।

सोसल मिडिया प्लाटफर्ममा शेयर भएको सामग्रीको आधारमा कम्पनीका उच्च अधिकारीहरुलाई प्रहरीले सोधपुछका लागि उपस्थित हुने आदेश दिनु दुर्लभ घटना भएको बीबीसीले जनाएको छ।

फोन कम्पनीहरुझैं सोसल मिडियाहरु पनि मध्यस्थकर्ताजस्तै भूमिकामा रहने र आफ्नो साइटमा प्रयोगकर्ताले पोस्ट गर्ने सामग्रीहरुले यदि स्थानीय कानून उल्लंघन गरेको उजुरी आएमा कानून बमोजिम त्यस्ता सामाग्रीहरु हटाउनुपर्ने हुन्छ । यदि त्यस्ता सामाग्रीहरु कानून बमोजिम हटाएको खण्डमा सोसल मिडिया कम्पनीहरुलाई मुद्दा हाल्न नपाइने तर्क ट्वीटरको छ ।

तर भारतको संघीय सरकारले भने ट्वीटरले गत फेब्रुअरीमा ल्याएको नयाँ सूचना प्रविधि नियमको पालना नगरेको भन्दै उसले मध्यस्थको रुपमा प्राप्त गर्ने संरक्षण समेत गुमाउन सक्ने जनाएको छ ।

भारतले ल्याएको नयाँ सूचना प्रविधि नियम अनुसार ठूला सोसल मिडिया कम्पनीहरुले भारतमा ३ जना कार्यकारी नियुक्त गर्नुपर्नेछ । जसमा एकजनाले कानून पालना, दोश्रोले प्रयोगकर्ताको गुनासो सुनवाइ गर्ने र अर्का कार्यकारीले नियामक निकायसँग हरपल समन्वय गर्ने काम गर्नेछन् । तीनजना नै पूर्णकालीन कर्मचारी र भारतीय नागरिक हुनुपर्ने नियम छ ।

भारतको सूचना प्रविधि मन्त्रालयका अनुसार ट्वीटरले नियुक्त गरेकामध्ये दुईजना अधिकारीहरु कर्मचारी नै होइनन् । उनीहरुको कार्यालय ठेगाना एउटा ल फर्म देखाइएको छ । त्यस्तै ट्वीटरले भारतमा प्रमुख अनुपालन अधिकृतको पदमा नियुक्त गरेको भनिएका तेश्रो कार्यकारीको बारेमा विस्तृत विवरण नै नभएको मन्त्रालयको दाबी छ ।

नयाँ नियम अनुसार कानूनी आदेशको ३६ घण्टाभित्रै सोसल मिडियाहरुले आफ्नो प्लाटफर्ममा शेयर भएका सामाग्रीहरु हटाउनुपर्ने हुन्छ । साथै पोनोग्राफी लगायतका आपत्तिजनक सामाग्रीहरु रोक्नका लागि स्वचालित प्रविधिको प्रयोग गर्नुपर्दछ ।

गत जुन २१ मा ट्वीटरले भारतमा विवादित यस्तै ५० वटा भिडिओलाई प्रतिबन्ध लगाएको थियो । यस विषयमा कुराकानी गर्नका लागि भारतस्थित ट्वीटरका प्रमुखले प्रहरीसँग समय मागेका थिए, तर प्रहरीले समय दिएन । उल्टै प्रहरीले अर्को काण्डमा सोधपुछका लागि उपस्थ्तिि हुन भन्दै उनको नाममा पुर्जी काट्यो ।

पत्रकार तथा डिजिटल अधिकार अभियानकर्मी निखिल पाहवा भन्छन्-भारत सरकारले ट्वीटरलाई उदाहरण बनाउँदै सबै विदेशी कम्पनीहरुलाई कठोर सन्देश दिइरहेको छ । भारतमा पनि चिनिया इष्र्या देखिएको छ । भारतमा इन्टरनेटको क्षेत्रमा रहेका विदेशी कम्पनीहरुमाथि थप नियन्त्रण कायम गर्ने सरकारको चाहना छ ।

मध्यस्थ हैसियत गुमाउनु भनेको सोसल मिडिया कम्पनीहरुका लागि निकै कठीन विषय हो । भारतमा धार्मिक भावनामा सजिलै चोट पुग्न सक्दछ । उदाहरणका लागि हिन्दुहरुको पवित्र जनावर गाईको कार्टुनका कारण पनि ट्वीटर र यसका कार्यकारी विरुद्ध लाखौँ उजुरी पर्न सक्दछन् । त्यसैले पछिल्लोपटक ट्वीटर विरुद्धको मुद्दा त्यसको सुरुवात हो ।

ट्वीटरले आफ्ना पछिल्ला नियुक्त अधिकारीहरुको बारेमा विस्तृत विवरण दिएको छैन तर अन्तरिम रुपमा नियुक्त गरिएका अनुपालन अधिकृतको सेवा अवधि थप गरिएको भन्दै भारत सरकारको नयाँ नियम पालना गर्न ट्वीटरले अथक प्रयास गर्ने जनाएको छ ।

यद्यपि भारतमा सरकारसँग तनाव झेलिरहेका कम्पनीहरुमा ट्वीटर मात्र एक्लो होइन । गत हप्ता ह्वाट्सएपले पनि भारतको नयाँ नियमको विरुद्धमा भारत सरकार विरुद्ध मुद्दा हालेको थियो । नयाँ नियमले ह्वाट्सएप प्रयोगकर्ताको गोपनियता उल्लंघन हुने उसको जिकीर छ ।

सोसल मिडियाहरुमाथि भारतले लगाम कँस्दै गएको घटनाबाट संयुक्त राष्ट्रसंघ पनि चिन्तित छ । संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधिले पनि भारतको नयाँ सूचना प्रविधि नियमले मानव अधिकारको उल्लंघन गर्ने र वाक् स्वतन्त्रता हनन गर्नसक्ने बताएका छन् । नयाँ नियमले पत्रकारहरुमाथि सेन्सर गर्नका लागि सरकारलाई अधिकार दिने चिन्ता राष्ट्रसंघीय अधिकारीको छ ।-अनलाईन खबर 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!