बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ब्रिटनी स्पियर्सः अमेरिकी पप गायिकाले किन भनिन्, ‘मेरो जिन्दगी फिर्ता देउ’

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in मनोरन्जन
असार १३, २०७८ १०;४१ बिहान प्रकाशित
ब्रिटनी स्पियर्सः अमेरिकी पप गायिकाले किन भनिन्, ‘मेरो जिन्दगी फिर्ता देउ’
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

विश्वप्रसिद्ध पप गायिका ब्रिटनी  स्पियर्स अहिले एक अनौठो झमेलामा छिन् । उनको यो झै-झमेलाले ग्ल्यामर दुनियाँमा खैलाबैला मच्चाएको छ ।

अमेरिका, लस एन्जल्सको एक अदालतमा ब्रिटनीले भनिन्, ‘मलाई जिन्दगी फिर्ता चाहियो ।’

आफ्नो जिन्दगीको १३ वर्ष लामो ‘अपमानजनक प्रबन्धन’को अन्त्य गर्ने लडाइँमा छिन् उनी । भनिहालौं, आफ्नो गायकीले विश्वमै कहलिएकी यी गायिकाको जीवन आफ्नो मर्जी अनुसार चलिरहेको थिएन । कतिसम्म भने, आफूले आर्जन गरेका सम्पत्ति माथि पनि उनको अधिकार थिएन ।

अर्थात् उनले के गर्ने, के नगर्ने भन्ने सम्पूर्ण कुरामा अर्कै व्यक्तिको निर्णय लिनुपर्ने हुन्थ्यो ।

यी सबै कुराको अधिकार उनका ‘कानूनी पिता’लाई दिइएको थियो । यो कुन अवस्थामा हुन्छ भने, व्यक्ति जब मानसिक रुपमा बिरामी वा विक्षिप्त हुन्छन् । त्यसो भए के ब्रिटनी  स्पियर्स मानसिक बिमारले ग्रस्त वा विक्षिप्त थिइन् ? के उनी आफ्नो निर्णय नै गर्न असमर्थ थिइन् ? उनी कठपुतली झैं अरुकै इशारा र आदेशमा नाचिरहेकी थिइन् ?

उनले भर्खरै मात्र सामाजिक सञ्जालमार्फत विश्वभर रहेका आफ्ना शुभचिन्तकलाई सम्बोधन गर्दै भनेकी छिन्, ‘म माफी चाहन्छु कि अहिलेसम्म मैले आफ्नो सबैकुरा ठीकठाक छ भनेर बहाना गरिरहेकी थिएँ । खासमा मेरो सबैकुरा ठीकठाक र राम्रो थिएन ।’ यसै सन्दर्भमा बीबीसीले ब्रिटनी  स्पियर्सको झै-झमेलाबारे एक आलेख छापेको छ ।

मलाई जिन्दगी जिउन देउ

वितेको केही वर्षदेखि ब्रिटनी  लिगल गार्जियन (कानूनी रुपमा उनका अभिभावक)ले उनको करिअरको निर्णय लिंदै आएको छ । सन् २००८ मा ब्रिटनी मानसिक समस्याबाट ग्रस्त थिइन् । त्यही क्रममा अदालतले कन्जरभेटरसिप नामको एक प्रक्रियाबाट उनको रेखदेखका लागि कन्जरभेटर अर्थात् कानूनी अभिभावक नियुक्त गरेको थियो ।

अदालतले आफ्नो आदेशमा ब्रिटनीको सम्पति र उनको जिन्दगीको अहम् निर्णयको सम्पूर्ण हक कानूनी पिता जेमी स्पियर्सलाई दिएको थियो । तर, अहिले ब्रिटनीलाई यस किसिमको अभिभावकत्व मञ्जुर भएन । उनी यसबाट मुक्त हुने लडाइँमा छिन् ।

अहिले विश्वभर रहेका ब्रिटनीका असंख्य शुभचिन्तकले ‘ह्यासट्याग फ्रि ब्रिटनी ‘ नामको एक अभियान नै सुरु गरेका छन् र ब्रिटनीलाई कानूनी पिताबाट मुक्त गराउनका लागि आवाज उठाइरहेका छन् । यसै वर्ष ब्रिटनीको जिन्दगी र उनको अभिभावकत्वलाई लिएर ‘फ्रेमिङ ब्रिटनी  स्पियर्स’ नामको एक वृत्तचित्र सार्वजनिक भएको छ । यसै माध्यमबाट ब्रिटनीको असली दुःख सबैसामु पुगेको छ । खासमा उनी आफ्नो निजी जिन्दगीका लागि लामो समयदेखि कानूनी लडाइँमा छिन् ।

शुक्रबार ब्रिटनी  स्पियर्सले एक इन्स्टाग्राम पोस्ट गर्दै आफ्ना शुभचिन्तकसँग माफी मागेकी छिन् । यसो भन्दै, ‘अहिलेसम्म मैले देखावटी रुपमा सबैकुरा ठीकठाक छ भनिरहेकोमा म माफी चाहन्छु ।’ उनले आफ्नो आत्मसम्मानका कारण यस विषयमा कुनै कुरा नगरेको बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘यो मुद्दा म आफ्ना शुभचिन्तकको सामुन्ने ल्याइरहेकी छु । किनभने उनीहरुले यो नठानोस् कि मेरो जिन्दगीमा सबैकुरा राम्रो भइरहेको छ । ठीकठाक छ । यदि तपाईंहरुले मेरो बारेमा समाचार देख्नुभयो भने थाहा हुनेछ, मेरो जीवन ठीकठाक छैन ।’

के हो अभिभावकत्व कानून ?

कुनै पनि व्यक्तिले आफ्नो जिन्दगीका लागि उचित निर्णय लिन नसक्ने अवस्थामा स्थानीय अदालतले गार्जियनसिप कानून (यसलाई अमेरिकामा कन्जरभेटरसिप पनि भनिन्छ) को माध्यमबाट एक कानूनी अभिभावक तय गरिदिन्छ । अदालतको आदेशमा कानूनी अभिभावकले उक्त व्यक्तिका लागि सम्पूर्ण निर्णय गर्न सक्छन् । खासगरी मानसिक रुपले बिमार र विक्षिप्त व्यक्तिका लागि अदालतले यस्तो फैसला गरिदिन्छ ।

ब्रिटनीको हकमा अभिभावकत्वलाई दुई हिस्सामा राखिएको छ । पहिलो उनको सम्पत्ति र पैसाको मामलामा । दोस्रो, उनको निजी जिन्दगीलाई लिएर । यही नयाँ कानूनी व्यवस्थाले गर्दा सन् २००८ बाट ब्रिटनीले आफ्नो पैसा एवं सम्पत्ति समेत आफ्नो मर्जीले उपभोग गर्नबाट वञ्चित थिइन् ।

सुरुवातमा यी दुवै कुराको अधिकार उनका कानूनी पिता जेमी स्पियर्सलाई थियो । तर सन् २०१९ मा उनले पनि आफ्नो स्वास्थ्य स्थितिको कारण आफ्नी छोरीको निजी निर्णय लिन असमर्थ रहेको बताइरहेका थिए ।

अन्ततः यो काम अस्थायी रुपमा एक पेशेवर (केयर प्रोफेशनल)लाई दिइयो । ब्रिटनीले उनलाई नै स्थायी रुपमा काम गर्न दिनका लागि अनुरोध गरे ।

तर, अदालतको गोपनीय दस्तावेजको आधारमा न्यूयाेर्क टाइम्सले भनेको छ कि, ब्रिटनीले गार्जियनसिपको विरुद्ध गंभीर आरोप लगाएकी छिन्, तर यो कुरा मिडियामा उति धेरै चर्चा भएन । यस दस्तावेजबाट के थाहा हुन्छ भने ब्रिटनीले आफ्नो जिन्दगीको सामान्य निर्णय लिनबाट समेत वञ्चित छिन् । कोसँग डेट जाने वा आफ्नो भान्सा वा अलमारीको रंग कस्तो लगाउने भन्ने कुरामा समेत उनको मर्जी चल्दैन ।

सन् २०१६ मा अदालतका जाँचकर्ताले लेखे, ‘ब्रिटनीलाई लाग्छ कि गार्जियनसिप उनको विरुद्ध दमनकारी र नियन्त्रण गर्ने हतियार बन्यो ।’ रिपोर्ट अनुसार गार्जियनसिपका बारेमा ब्रिटनीले भनेकी थिइन्, ‘मेरो जिन्दगीमा हदभन्दा बढी नियन्त्रण भइरहेको छ ।’

नोभेम्बर २०२० मा आदलतले जेमी स्पियर्सलाई ब्रिटनीको अभिभावकबाट हटाउन अस्वीकार गर्‍यो र बेसेमेयर ट्रस्ट नामको एक फाइनेन्सियल कम्पनीलाई उनको सम्पत्तिको मामलामा सहअभिभावक बनाइदियो ।

यसको एक महिनापछि अदालतले जेमी स्पियर्सलाई दिइएको गार्जियनसिप हक २०२१ सम्मलाई बढाइदियो ।

ब्रिटनीलाई अभिभावकको किन जरुरी पर्‍यो ?

सन् २००७ मा ब्रिटनीको व्यवहार एकदमै अनौठो गरी बदलियो । त्यही वर्ष ब्रिटनी  र उनका पति केविन फेडेरलाइनबीच सम्बन्धविच्छेद भयो । यस कानूनी लडाइँमा उनका दुवै बच्चा पाल्ने हक उनका पतिलाई दिइयो ।

त्यसपछि सार्वजनिक रुपमै यस्ता केही घटना भए, जसले ब्रिटनीको मानसिक स्वास्थ्यप्रति प्रश्न गर्न थालियो । एकपटक उनले आफ्नो कपाल सबै मुडिन्, अर्को पटक उनले छाताले एक फोटोग्राफरमाथि आक्रमण गरिन् ।

सन् २००८ मा मानसिक समस्याको मूल्यांकनपछि उनलाई अस्पताल भर्ना गरियो । त्यसबेला उनले आफ्नो छोरोलाई जान दिन मानिनन् र प्रहरीसँग उनको विवाद भयो । यतिबेलासम्म अस्थायी रुपमा उनको कानूनी अभिभावक नियुक्त गरिसकिएको थियो । तर, यस अन्तर्गत उनी के के कुराका हकदार थिए भनेर सार्वजनिक रुपमा भनिएन ।

कानूनी पिताको अभिभावकत्व रहँदा पनि ब्रिटनीको काममा कुनै कमी आएन । त्यसपालि उनले तीन एल्बम सार्वजनिक गरिन् । लास भेगास रेजिडेन्सीसँग कन्सर्टका लागि लामो अनुबन्ध गरिन् । उनी केही पटक टेलिभिजन शोमा देखिइन् । अमेरिकामा एक्स फ्याक्टर नामको शोमा निर्णायकको रुपमा पनि रहिन् ।

ब्रिटनीको कमाइसँग जोडिएको दस्तावेजको आधारमा विजनेस इनसाइडरमा एक रिपोर्ट छापिएको थियो । जसमा भनिएको थियो कि, २०१८ मा ब्रिटनीको कुल सम्पत्ति करीब ५ दशमलव ९ करोड डलर थियो । इन्टरटेनमेन्ट टुनाइटको रिपोर्ट अनुसार यस वर्ष ब्रिटनीले कानूनी लडाइँमा करीब ११ लाख डलर खर्च गरेकी थिइन् ।

के हो फ्रिब्रिटनी  अभियान ?

न्यूयोर्क टाइम्सका अनुसार ह्यासट्याग फ्रिब्रिटनी  शब्दको प्रयोग सन् २००९ मा पहिलो पटक गरिएको थियो । यसको सबैभन्दा पहिलो प्रयोग एक फ्यान वेबसाइटमा गरिएको थियो, जहाँ ब्रिटनीका शुभचिन्तक उनका लागि गार्जियनसिपको विरुद्धमा थिए ।

यसपछि त्यसको प्रयोग सन् २०१९ मा त्यसबेला गरियो जब लास भेगास रेजिडेन्सीसँग गरिएको आफ्नो अनुवन्ध बीचमै तोडेर ब्रिटनी एक मानसिक अस्पतालमा भर्ना भइन् । उनले भनेकी थिइन् कि आफ्ना पिताको लगातार खस्कँदो स्वास्थ्यको कारण उनमा मानसिक तनाव थपियो ।

यता ब्रिटनीका शुभचिन्तक भन्छन्, ब्रिटनीलाई गार्जियनसिपको व्यवस्था जबरजस्ती लादिएको हो । कतिले यस व्यवस्था विरुद्ध हस्ताक्षर अभियान नै चलाए । अनि हजारौं संख्या पत्र ह्वाइट हाउसमा पठाउँदै अनुरोध गरियो, ब्रिटनीको यो गार्जियनसिप अन्त्य गरियोस् ।

यी सबै कुरामा ब्रिटनी चाहिं के भन्छिन् ?

ब्रिटनी  स्पियर्सले केही वर्षसम्म यस अभियानलाई न समर्थन गरिन्, न विरोध । उनी चुपचाप रहिन् । उनको प्रयास के थियो भने अदालतको मुद्दा जे भए पनि अनलाइनमा देखिंदा खुसी देखिनुपर्छ ।

उनका केही प्रशंसकहरु भन्छन् कि उनले गोप्य सन्देशका लागि सामाजिक सञ्जालको सहारा लिइन् । जस्तो कि, आफूलाई सहयोग गर्न चाहनेहरुलाई उनले पहेंलो पोशाक लगाउन भनेकी थिइन् ।

यस वर्षको सुरुवातमा ब्रिटनीको वकिलले अदालतलाई अनुरोध गरेको थियो, गार्जियनसिपको बारेमा अदालतले ब्रिटनीको कुरा पनि सुनियोस् । तब लस एन्जल्समा भएको त्यस सुनुवाइका क्रममा ब्रिटनीले भनिन्, ‘हद भन्दा बढी नियन्त्रण गर्ने यस व्यवस्थाको अन्त्य गरियोस् । ताकि, उनले आफूले फेरी विवाह गर्न सकून् र बच्चा जन्माउन पाइयोस् ।’

अदालतलाई दिएको २० मिनेट लामो आफ्नो भावुक बयानमा ब्रिटनीले भनेकी छिन्, ‘म चाहन्छु कि यो गार्जियनसिपको व्यवस्था अन्त्य गरियोस् । र, यस मागको लागि मेरो मूल्यांकन नगरियोस् । मलाई पनि जिन्दगी जिउने हक छ ।’

ब्रिटनीको वयानपछि उनका पिताका वकिलले भनेका छन्, ‘उनका पितालाई यस कुरामा अपसोच छ कि उनकी छोरी दुःखी छिन् ।’

ब्रिटनीको जिन्दगीमा उतारचढाव 

१९९८

१६ वर्षको उमेरमा ब्रिटनी  स्पियर्सले पहिलो पटक सफलताको स्वाद चाखिन् । आफ्नो डेब्यु गीत ‘बेबी वन मोर टाइम’ विश्व पाँच चार्जमा पहिलो पटक टप दश गीतमा एक बन्यो । सोही उमेरमा जहाँ एकातिर उनले विवादलाई जन्म दिइन्, अर्कोतर्फ ठूलो किशोर जमात उनका प्रशंसक भए ।

२००७

ब्रिटनीको निजी जिन्दगीमा पतिसँगको उनको लडाइँ सतहमा देखियो । उनको सम्बन्ध विच्छेद भइसकेको थियो । मिडियामा उनको बच्चाको बारेमा प्रश्नहरु गर्न थालियो । उनको मानसिक स्वास्थ्यको बारेमा प्रश्नहरु गर्न थालियो । उनलाई के पनि आरोप लगाइयो भने उनी आमा हुनका लागि योग्य छैनन् ।

२००८

अस्पताल र पुनर्स्थापना केन्द्रको चक्कर काटेपछि ब्रिटनीका पिता जेमी स्पियर्स उनका कानूनी पिता बने । उनलाई ब्रिटनीको करियर, उनको सम्पत्ति र आर्थिक मामलाको निर्णय लिने अधिकार दिइयो । सुरुमा यो व्यवस्था कम समयका लागि थियो । तर, पछि अनिश्चितकालका लागि बढाइयो ।

२०१३

भलै ब्रिटनीलाई आफ्नो जिन्दगीको निर्णय लिने हक थिएन । तर, उनले यो काम जारी राखिन् । एक पटक उनले आफ्नो छवि सुधार्ने प्रयास गरिन् । आफ्नो सातौं स्टुडियो एल्बमपछि केही शोमा गइन् । उनले एक कम्पनीसँग कन्सर्टका लागि चार वर्षको अनुबन्धन गरिन् ।

२०१९-२०

पिताको खराब स्वास्थ्यलाई कारण देखाउँदै ब्रिटनीले कामबाट विदा लिइन् । उनका पिताले पनि आफ्नो खराब स्वास्थ्यको कारण ब्रिटनीको अभिभावक बनिरहने कर्तव्यबाट छुट्टी लिन चाहेको बताए ।

ब्रिटनीले आफ्ना वकिललाई भनेकी थिइन् कि, उनी कानूनी पिताको माध्यमबाट आफ्नो सम्पूर्ण जिन्दगीको छिनोफानो गर्न चाहन्न । वकिलले भनेका छन्, ‘ब्रिटनीलाई आफ्नो पिताको डर छ । र, यदि उनको हातमा नियन्त्रण रहिरहने हो भने ब्रिटनी  फेरि कहिल्यै स्टेजमा फर्कने छैनन् ।’

फेब्रुअरी २०२१

न्यूयाेर्क टाइम्सले ब्रिटनीको सफलता र उनको करियरको उतारचढावलाई लिएर एक वृत्तचित्र बनायो । यसमा मिडियाले उनीसँग जुन व्यवहार गरेको थियो, त्यसबारे चर्चा गरेको थियो । यसै वृत्तचित्रपछि ब्रिटनीको निजी जिन्दगी र उनको गार्जियनसिपको बारेमा सर्वत्र चासो बढ्यो ।-अनलाईन खबर 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

टमलाई फिल्म देखाउने तयारीमा आमीर
मनोरन्जन

टमलाई फिल्म देखाउने तयारीमा आमीर

फाल्गुन १७, २०७८ २०;५२ मध्यान्ह प्रकाशित
तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?
मनोरन्जन

तामिल सुपर स्टार अजित कुमारको फिल्म ‘भलीमाई’को आक्रमक कमाई, कति कमायो ?

फाल्गुन १७, २०७८ ११;४७ बिहान प्रकाशित
अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता
मनोरन्जन

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता

फाल्गुन ११, २०७८ २०;५८ मध्यान्ह प्रकाशित
सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप
मनोरन्जन

सोसल मिडिया स्टार सिएना गोमेजमाथि एक युवकले लगाए पटक–पटक यौन शोषणको आरोप

माघ १५, २०७८ १४;०२ मध्यान्ह प्रकाशित
बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा
मनोरन्जन

बसका ड्राइभर थिए साउथ स्टार यशका बुबा

माघ ७, २०७८ १७;१६ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!