काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री हुन् माधुरी दीक्षित । बलिउडमा धेरै नै फिल्म खेलेर चर्चामा आइरहेकी माधुरी बलिउडकै सर्वाधिक सुन्दरी अभिनेत्रीका नामले पनि परिचित छिन् ।
डाक्टर नेनेसँग विवाह गरेपछि फिल्म क्षेत्रबाट टाढा भएकी माधुरी अहिले खासै फिल्ममा देखिदैनिन् । तर सामाजिक सञ्जालमा भने निकै सक्रिय छिन् । हालै उनले आफुले लेहंगा लगाएको तस्बिर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।
तस्बिरमा उनी कालो र सेतो रंगको लेहंगामा सजिएकी छिन् । उनको सुन्दर तस्बिरलाई धेरैले रुचाएका छन् । उनको लुक्सको तस्बिर हेरेर फ्यानहरु मोहित भएका छन् । उनको तस्बिरमा धेरै लाइक र कमेन्ट आएका छन् । कमेन्टमा उनको तस्बिरको प्रशंसा भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-