बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

डार्क मोड के स्वास्थ्यका लागि हानिकारक छ ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार १५, २०७८ १२;०९ मध्यान्ह प्रकाशित
डार्क मोड के स्वास्थ्यका लागि हानिकारक छ ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । अचेलका स्मार्टफोनका साथै एप तथा ब्राउजरहरुमा डार्कमोड निकै चल्तीको ट्रेण्ड बनेको छ । ह्वाट्सएप, फेसबुक, म्यासेञ्जर, ट्वीटरजस्ता विश्वप्रशिद्ध एपमात्र होइन, ईसेवा, हाम्रो पात्रो जस्ता स्थानीय एपहरुमा समेत डार्क मोड आएको छ ।

अनलाइन समाचार पाेर्टलहरूले पनि डार्क माेडकाे फिचर दिएका छन् । डार्क मोड हेर्दा त राम्रो देखिन्छ । स्मार्टफोन तथा ल्यापटपमा डार्क मोड प्रयोगको वैज्ञानिक आधार आँखाको सहजताका लागि भन्दा पनि ऊर्जा खपत कम गर्नु हो ।

तर स्मार्टफोन निर्माता कम्पनीहरुले डार्क मोडले भिजिबिलिटी बढाउने, आँखाको दबाब घटाउने र कम प्रकाश भएको स्थानमा डिभाइसको प्रयोग सहज बनाउने दाबी गर्दै आएका छन् । तर सधैं र सबैका लागि यो दाबी उपयोगी हुन्छ भन्ने छैन ।

धेरैजसो मानिसहरुले डिम लाइट भएको अवस्थामा डार्क मोडले थप सहजता दिलाएको महसुस गरिरहेका हुन्छन् । यसको अर्थ डार्क मोड जुनसुकै समयमा उपयोगी ठहरिन्छ भन्ने पनि हुँदैन ।

प्राकृतिक रुपमा मानिसको आँखाले रातमाभन्दा दिनको उज्यालोमा राम्रोसँग देख्न सक्छ । हाम्रो विकास नै उज्यालो प्रकाशमा अँध्यारो हेर्दै भएको हो । चाहे त्यो दिनको उज्यालोमा हाम्रो वरिपरी रहेको प्राकृतिक वातावरण होस् वा कागजमा लेखिएको अक्षर ।

त्यसैले हाम्रो मौलिकता र राम्रो कन्ट्रास्टको लागि उज्यालोमा अँध्यारो हेर्नु नै अन्य तौरतरिकाभन्दा उत्तम हो । त्यसैले स्पष्ट हेराइको हिसाबले सबैका लागि (विशेषगरी अक्षरका लागि) अँध्यारो पृष्ठभूमिमा उज्यालो सबैका लागि राम्रो हुन्छ भन्ने कुनै आधार छैन ।

अमेरिकी अप्टोमेट्रिक एसोसियसनका अनुसार अस्टिग्माटिज्म नामक रोग धेरैमा देखिन थालेको छ । शेफर आई सेन्टरले यस किसिमको बिमारी करिब ३० प्रतिशत मानिसमा बिभिन्न स्तरमा हुने उल्लेख गरेको छ ।

अस्टिग्माटिज्मको स्थिति पैदा हुनु भनेको दृष्टि अर्थात हेराई धमिलो हुनु हो । जुन एउटा वा दुवै आँखाको आकार अनियमित हुँदा यस किसिमको समस्या निम्तिने गर्दछ ।

Astigmatism graphic showing difference between normal and astigmatic eye

जसले अँध्याराे पृष्ठभूमिमा (डार्क मोडमा) चहकिलो अक्षर पढ्न कठिन बनाउँछ । सन् २०१४ मा युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया स्थित सेन्सरी प्रसेप्सन एन्ड इन्टरएक्सन रिसर्च ग्रुपले गिजमोडोमा छापेको लेखमा समेत यो विषय उल्लेख छ ।

जसमा भनिएको छ, ‘अस्टिग्माटिज्म भएका मानिसहरु (जनसंख्याको करिब ५० प्रतिशत) मा सेतो पृष्ठभूमिको तुलनामा कालो पृष्ठभूमिमा सेता अक्षर पढ्न गाह्रो महसुस गर्नेगरेको पाइएको छ ।

यो प्रकाशको स्तरले पैदा गरेको समस्या हो । चहकिलो डिस्प्ले (सेतो पृष्ठभूमि) मा आइरिस केही बढी मात्रामा बन्द हुने गर्दछ र ‘डिफोर्म’ लेन्सको असरलाई कम गर्दछ । डार्क डिस्प्ले (कालो पृष्ठभूमि) मा आइरिस धेरै प्रकाश ग्रहण गर्नका लागि बढी खुल्ने हुने गर्दछ र लेन्सको डेफोर्मेसनले आँखामा बढी धमिलोपन पैदा गर्दछ ।’

यसर्थ तपाईंमा पनि अस्टिग्माटिज्मको समस्या हुन सक्दछ, जुन तपाईंलाई थाहा नभएको पनि हुनसक्छ । यदि तपाईंले आँखा रोग विशेषज्ञकहाँ यसको जाँच गराउनुभयो भने यसको यकिन जानकारी थाहा हुनसक्छ ।

सेतो पृष्ठभूमिमा कालो अक्षर नै पढाइका लागि उपयुक्त हुन्छ । किनभने सेतो रंगले भिजिबल स्पेक्ट्रमका सबै वेभलेन्थलाई परावर्तन गरिदिन्छ । जसले गर्दा आइरिसलाई धेरै प्रकाश ग्रहण गर्न धेरै फराकिलो हुनुपर्ने आवश्यकता पर्दैन ।

जसै सेतो स्क्रिनमा हेर्दा आइरिसलाई फराकिलो हुनुपर्दैन, त्यसले पुपिललाई साँघुरो बनाइराख्छ र तपाईंलाई कुनै वस्तुमा केन्द्रीत हुन थोरै मात्र बल गरे पुग्छ । जब तपाईं सेतो पृष्ठभूमिमा कालो अक्षर देख्नुहुन्छ, त्यसमा तपाईं तत्कालै केन्द्रीत हुन सक्नुहुन्छ ।

तर डार्क मोडमा धेरै प्रकाश प्रवेश गराउन पुपिल बढी फराकिलो हुने गर्छ । यस्तोमा जब तपाईं कालो पृष्ठभूमिमा सेतो अक्षर देख्नुहुन्छ, त्यतिखेर पृष्ठभीमा त्यसको धार अर्थात छेउ मिसिएजस्तो भान हुन्छ ।

यसलाई ह्यालेसन इफेक्ट (प्रकाश आफ्नो सीमाभन्दा बाहिर गएको देखिने अवस्था) भनिन्छ । जसले पढाइको सहजतालाई कमजोर बनाउने गर्दछ । आँखा मांसपेसीले नै बनेको हुन्छ ।

जब तपाईं कुनै कुरा पढ्नका लागि जति एकाग्र बन्न खोज्नहुन्छ, त्यति नै खराब बन्दै जान्छ । त्यसैले यदि तपाईं डार्क मोडमा चहकिला अक्षर पढ्न सहज महसुस गर्नुहुन्न भने त्यसमा जबरजस्ती नगर्नुहोस् । किन भने यसले आँखालाई झन कमजोर बनाउँदै लैजाने गर्दछ ।

ब्राइट बर्न अर्थात चकमन्न स्थिति

पक्कै पनि तपाईं अँध्यारो कोठामा निदाउन सहज महसुस गर्नुहुन्छ । कसैले एक्कासी झ्यालको पर्दा खोलिदियो भने कोठामा सूर्यको प्रकाशको बाढी पस्छ । एकछिन तपाईंको आँखामा चकमन्न स्थिति पैदा हुने गर्छ ।

यस्तो अनुभव पक्कै पनि तपाईंले गरेकै हुनुपर्छ । यस्तो हुनुको कारण तपाईंको आइरिसले आवश्यकता अनुसार प्रकाशको मात्रालाई व्यवस्थापन गरिसकेको हुँदैन ।

यदि तपाईं केही लामो समयसम्म डार्क मोडमा कुनै चिज हेरिबस्नुहुन्छ (मानौं यस्तो समय केही महिना नै छ), तपाईंको आँखामा कम प्रकाशमा अभ्यस्त भइसकेको हुन्छ ।

यस्तो अवस्थामा जब तपाईं चहकिलो स्क्रिनमा हेर्नुहुन्छ, त्यसपछि तपाईंलाई असहज महसुस हुन थाल्छ । यदि तपाईंमा पनि यस किसिमको समस्या देखिन थालेको छ भने सेतो स्क्रिन प्रयोग गर्ने पुरानै बानीतिर फर्किनु उचित हुनेछ ।

यस्तोमा डार्क मोडको साटो स्क्रिनको ब्राइटनेस कम गरेर प्रयोग गर्नु सही विकल्प हुनेछ ।-टेकपाना 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!