काठमाडाैं । भारतमा सार्वजनिक भएको करिब दुई हप्तापछि सामसङ ग्यालेक्सी एम३२ नेपालमा पनि भित्रिँदैछ । सामसङ ग्यालेक्सीको एम सिरिजको यो फोन पनि बहुप्रतिक्षित स्मार्टफाेनमा पर्छ ।
६ हजार एमएच ब्याट्री भएको यो फोन एकचोटी फुल चार्ज हुँदा सामान्य अवस्थामा दुई दिनसम्म मज्जाले चल्ने कम्पनीकाे दाबी छ । उसका अनुसार डुअल सिम भएको यो फोन एकदमै हलुङ्गो र चलाउन सहज पनि छ । यसको डिस्प्ले र ब्याक कभर प्लास्टिक भएको कारण यो एकदमै हलुको भएको हो ।
यसमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज रहेको छ । यो फोन ४ जीबीको र्याम र ६० जिबिको स्टोरेजमा पनि उपलब्ध छ ।
फोनमा ६.४ इञ्चको डिस्प्ले छ, जसले गर्दा यो तपाईंको हातमा फिट पनि हुन्छ । यसको जम्मा तौल १९४ ग्राम रहेको छ । एन्ड्राेइड ११ मा चल्ने फाेनमा ९० हर्जकाे रिफ्रेस रेटसहिट ६.४ इन्चको एमोलेड डिस्प्ले रहेको छ ।
यसमा आफूले प्रयोग गर्ने एपको आधारमा ६० हर्जको रिफ्रेस रेट पनि प्रयोग गर्न सकिन्छ । यो १३ जेनेरेसन सम्म अपग्रेड गर्न मिल्छ । त्यस्तै यो फोनमा ६४ मेगापिक्सेलको रियर क्यामेरा, २० मेगापिक्सेलकाे सेल्फी क्यामेरा, ८ मेगापिक्सेलकाे अल्ट्रा वाइड , २ मेगापिक्सेलकाे म्याक्रो सेन्सर र २ मेगापिक्सेलकाे डेफ्थ फिल्ड सेन्सर, मिडियाटेक हेलियाे जी८० चिपसेट लगायतका मुख्य फिचरहरु छन् ।
६४ मेगापिक्सेलको कारण यो फोनले नाइट मोड र क्लियर भिजन दिन्छ । क्यामेरा फिचरससँग थुप्रै फिल्टरहरु पनि उपलब्ध रहेको छ, जसले तपाईंको फोटोलाई अझै सुन्दर मद्दत गर्नेछ ।
यो फोनको ग्लास गोरिल्ला ग्लासको उत्पादन भएकोले यो बलियो हुन्छ र सामान्य उचाइबाट झर्दा केही समस्या हुँदैन ।
यसको ब्याट्री ६००० एमएएच भएका कारण पनि विभिन्न मोबाइल गेमिङहरुको लागि पनि यो फोन उपयुक्त हुन्छ । यसको कलर कम्बिनेसनका कारण मोबाइल गेमहरुमा यसको राम्रो डिस्प्ले हुन्छ ।
यो फोनको अर्को विशेषता यसको साइड माउन्टेड फिंगर प्रिन्ट सेन्सर हो । यो फोन ब्याल्क र लाइट ब्लु कलरमा उपलब्ध छ । सामसङको एम सिरिज नेपाली बजारले पनि रुचाएको सिरिज हो ।
सामसङले यसलाई ‘दि बिन्ज मोन्सटर’ को नाम पनि दिएको छ ।
यसको डिजाइनको कुरा गर्नपर्दा केही हदसम्म यो सामसुङकै एफ६२ र एम६२ जस्तो देखिने भए पनि यो पुरै प्लास्टिकले बनाइएको छ । यद्यपि यो बलियो भने उत्तिकै छ ।
यसमा ३.५ एम एमको हेडफोन ज्याक छ भने युएसबी चाहिँ टाइप सी नै रहेको छ ।
मूल्य भने कम्पनीले सार्वजनिक गरिसकेको छैन । यद्यपि यसको मूल्य भने करिब २६,००० रुपैँया पर्ने अनुमान रहेको छ ।
चार वर्षसम्म प्रत्यक महिना सेक्युरिटी अपडेट हुने कम्पनीले बताएको छ । –टेकपाना
प्रतिक्रिया लेख्नुहोस्:-