काठमाण्डाै – बङ्गलादेशबाट खरिद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जीटूजी) मार्फत रासायनिक मल खरिद सम्झौताअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा युरिया मल आइपुगेको हो ।
जीटूजी सम्झौताअनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिक टन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये सम्झौताअनुसारको बाँकी पाँच र थप दुई गरी सात हजार मेट्रिक टन मल एक हप्ताभित्रै लिमिटेडको प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रबन्धक गोरखनाथ केसीले बताउनुभयो ।
यस वर्ष धान रोप्ने समयमा मलको अभाव नहुने उहाँको भनाइ छ । कोरोना सङ्क्रमणका कारण सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन केही ढिलाइ भएको प्रबन्धक केसीले बताउनुभयो । अघिल्लो वर्ष रोपाइँका बेला किसानले मलको अभाव खेप्नुपरेको थियो । –उज्यालो अनलाईन
प्रतिक्रिया लेख्नुहोस्:-