बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कोरोनासँग खुल्लमखुल्ला लड्न मैदानमा उत्रियो सिंगापुर, अब लकडाउन नगर्ने, संक्रमित नगन्ने

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
असार १७, २०७८ ०८;२८ बिहान प्रकाशित
कोरोनासँग खुल्लमखुल्ला लड्न मैदानमा उत्रियो सिंगापुर, अब लकडाउन नगर्ने, संक्रमित नगन्ने
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं। सिंगापुरले कोरोनाभाइरससँग डराएर भाग्ने भन्दा यो भाइरसको साथमै सामान्य जीवन बिताउने ‘क्रान्तिकारी’ निर्णयसहित अब लकडाउनजस्ता प्रतिबन्ध नलगाउने भएको छ । सामान्य भाषामा भन्दा सिंगापुर कोरोनाभाइरससँग खुल्लाखुल्ला लड्न मैदानमै उत्रिएको छ । सिंगापुरले ३ सदस्यीय कोभिड–१९ टास्क फोर्स बनाएको थियो । टास्क फोर्सले आफ्नो रिपोर्टमा लकडाउन, कन्ट्याक्ट ट्रेसिङ जस्ता उपाय अन्त्य गर्न सुझाव दिएको छ ।

सिंगापुरको प्रमुख अखबार स्ट्रेट्स टाइम्सका अनुसार अब यहाँ क्यारेन्टाइनमुक्त यात्रा र सबै किसिमका भेटघाटलाई अनुमति दिनको लागि टास्क फोर्सले सुझाव दिएको छ । दक्षिण पूर्वी एसियाका कैयौं देशहरुमा कोभिड–१९ को डेल्टा भेरिएन्ट फैलिएको भन्दै कडा लकडाउन गरिएको बेला सिंगापुरले यस्तो क्रान्तिकारी निर्णय गरेको हो । टास्क फोर्सले कोरोना भाइरसका नयाँ संक्रमित कति थपिए भनेर दिनदिनै गरिने गणना पनि अन्त्य गर्न सुझाव दिएको छ ।

व्यापार तथा उद्योग मन्त्री गान किम योंग, अर्थमन्त्री लरेन्स वोंग तथा स्वास्थ्य मन्त्री ओंग ये कुंगले गएको जून २४ बिहीबारका दिन स्ट्रेट्स टाइम्समा प्रकाशित एक लेखमा आगामी केही महिना सिंगापुरको प्राथमिकता कोभिड–१९ लाई रुघाखोकी वा फ्लुजस्तै पटक पटक आइरहने र नियन्त्रण गर्न सकिने रोगको रुपमा लिने र यसको साथमै सामान्य जीवन बिताउनेतर्फ केन्द्रित हुनुपर्ने बताएका थिए ।

‘महामारी आएको १८ महिना भइसकेको छ र हाम्रा जनता दिक्क भइसकेका छन्, सबैले यो महामारी कहिले अन्त्य हुन्छ भनेर सोधिरहेका छन्’ उनीहरुले लेखेका थिए ‘नराम्रो खबर भनेको कोभिड १९ कहिल्यै पनि नजान सक्छ र राम्रो खबर यो हो कि यो भाइरस हामीहरुको बीचमा रहँदा पनि यसको साथमा सामान्य जीवन बिताउन सम्भव छ ।’

टास्क फोर्सको दृष्टिकोण शून्य संक्रमणतिर जानको लागि अन्य देशहरुले अपनाएको दृष्टिकोणको ठिक विपरित छ । शून्य संक्रमण मोडलमा क्वारेन्टाइनका कडा नियम र अन्य प्रतिबन्ध लगाइन्छ । सिंगापुरको टास्क फोर्सले भने अरु देशले अपनाएका यस्ता मोडल केही समयको लागि अपनाउन सकिने भए पनि भविष्यमा यो मोडलअनुसार चल्न सम्भव नहुने बताएको छ । भाइरसका नयाँ भेरिएन्ट आइरहने भएकोले भाइरसको साथमै बाँच्न सिक्नु राम्रो हुने टास्क फोर्सको बुझाइ छ ।

सिंगापुरले अब सामान्य जीवन बिताउने तयारी गरिरहेको छ र यसको लागि रोडम्याप बनाइँदैछ । आफ्ना जनतालाई खोप लगाउने निश्चित लक्ष्य पूरा भएपछि सिंगापुर यो नयाँ रोडम्यापमा जानेछ र सबै खाले प्रतिबन्ध हटाइनेछ । सिंगापुरका पर्यवेक्षकहरुले यहाँको टास्क फोर्सले पेश गरेको दृष्टिकोण अरु देशहरुको लागि पनि मार्गदर्शक बन्न सक्ने अपेक्षा गरेका छन् । विशेषज्ञले यसलाई विगत डेढ वर्ष महामारीले प्रभावित जनजीवनलाई फेरि सामान्य बनाउन ‘नयाँ दृष्टि’ हुने बताएका छन् ।

टास्क फोर्सले महामारीलाई गम्भीर रुपमा नलिइ सामान्य रुपमा अगाडि बढ्नको लागि खोप लगाइएको दर भने उच्च हुनुपर्ने बताएको छ । सिंगापुरको हकमा खोप अभियान तीब्र रुपमा अघि बढिरहेकोले यो सम्भव छ । जुलाइको सुरुवातमा अहिलेसम्म २ तिहाइ जनतालाई खोप दिने लक्ष्य पूरा हुँदैछ । सिंगापुरले ९ अगष्टसम्म सबै जनतालाई खोप लगाउने लक्ष्य राखेको छ ।

सिंगापुरका यी मन्त्रीहरुले लेखमा लेखेका छन् ‘कोरोना र यसबाट हुने खतरालाई घटाउन खोप निकै प्रभावकारी छ । यदि संक्रमित भए पनि खोपले तपाइँलाई गम्भीर बिरामी हुनबाट बचाउँछ । अब सिंगापुर यो चिन्ताबाट मुक्त भएको छ कि महामारी उसको स्वास्थ्य सेवा क्षेत्रमा भारी पर्न सक्छ ।’

रिपोर्टका अनुसार सिंगापुरमा खोप अभियान अगाडि बढ्दै जाँदा यहाँको सरकारले नयाँ संक्रमितको दैनिक गणना बन्द गर्नेछ । इन्फ्लुएन्जाको संक्रमणमा जस्तै केवल ती मानिसहरुको निगरानी गरिनेछ जो गम्भीर रुपले बिरामी हुनेछन् वा जसलाई आइसीयुमा राख्नुपर्ने अवस्था हुनेछ । संक्रमितहरुलाई घरमै बसेर उपचार गराउने अनुमति दिइनेछ । उनीहरु अस्पताल भर्ना हुनु पर्ने छैन ।-डिसी नेपाल 

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!