बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपालमै पहिलो पटक अप्राविधिक लक्षित एआई तालिम हुँदै, सहभागी हुने कसरी ?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार १७, २०७८ १०;४२ बिहान प्रकाशित
नेपालमै पहिलो पटक अप्राविधिक लक्षित एआई तालिम हुँदै, सहभागी हुने कसरी ?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा ख्याति कमाएको फ्युज मसिन इन्कले ‘एआई टु गो’ तालिम आयोजना गर्ने भएको छ । कम्पनीले नेपालका लागि अहिलेसम्मकै नयाँ एआई कार्यक्रमको रुपमा बिहीबार यसको घोषणा गरेको हो ।

एआई सम्बन्धी समग्र विषयलाई समेटेर तयार गरिएको यो अनलाइन तालिम कार्यक्रम लगातार चार हप्तासम्म चल्नेछ । कम्प्युटर विज्ञान वा यस सम्बन्धी प्राविधिक ज्ञान-सीप पटक्कै नभएका वा सीमित ज्ञान भएका पेशाकर्मी तथा कम्प्युटरमा काम गरिरहेका तर एआई सम्बन्धी पृष्ठभूमि नभएका सहभागीहरू यसबाट माध्यमबाट लाभान्वित हुन सक्नेछन् ।

फ्युज मसिनका अनुसार सहभागीहरूलाई एआईका बारेमा आधारभूत ज्ञान सीप सिकाउन र उनीहरूले काम गरिरहेको पेशागत क्षेत्रमा एआई तथा मसिन लर्निङको बारेमा सिर्जनात्मक ढंगले सोच्ने र जिम्मेवारीपूर्वक काम गर्नसक्ने गरी क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ यो कार्यक्रम ल्याइएको हो ।

तालिम कार्यक्रमअन्तर्गत ८ वटा प्रत्यक्ष अनलाइन सेसन सञ्चालन हुनेछन् । ती सेसनमा अमेरिकाबाट एआई विज्ञ, प्राध्यापक र कम्प्युटर वैज्ञानिकहरू गेस्ट लेक्चररको रुपमा रहनेछन् । आउँदो १८ साउनदेखि सुरु हुने तालिम कार्यक्रम हरेक दिन बेलुका ६ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेछ ।

यसैबीच प्रोग्रामिङ सम्बन्धी प्रयोगात्मक कक्षासमेत सञ्चालन गरिने कम्पनीले जनाएको छ । तालिम कार्यक्रममा सहभागी प्रशिक्षार्थीले आफ्नो अनुकूलता अनुसार कम्प्युटर वा मोबाइलबाट पनि जोडिन सक्नेछन् । त्यस्तै तालिम अवधिभर प्रशिक्षणसँग सम्बन्धित विषयमा अतिरिक्त अध्ययन सामग्री डाउनलोड गर्ने सुविधा समेत रहनेछ ।

सहभागी प्रशिक्षार्थीहरूले तालिम कार्यक्रमबाट एआई टु गो (AI2Go) तालिम कार्यशालाको अन्त्यमा मसिन लर्निङ (Machine Learning), आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिप लर्निड (Deep Learning), क्लासिफिकेसन (Classification) रिग्रेसन (Regression), मसिन लर्निङ वर्कफ्लो (Machine Learning Workflow) सम्बन्धी जानकारी प्राप्त गर्नेछन् ।

त्यस्तै, डेटासेट (dataset) र एआई मोडेल (AI model) सिर्जना, कम्प्युटर भिजन (Computer Vision), नेचुरल ल्याड्ग्वेज प्रोसेसिङ (Natural Language Processing) र एमएल मोडेल (ML model) निर्माणका लागि आवश्यक पर्ने पाइथन प्रोग्रामिङ ल्याङ्ग्वेज (python programming language) सम्बन्धी कार्यमूलक ज्ञान प्राप्त गर्ने अवसर समेत रहनेछ ।

फ्युज मसिनका वरिष्ठ एआई अनुसन्धानकर्ता बुलान्त उयानाइकरले एआईप्रतिको बढ्दो सचेतना र डिजिटल रूपान्तरणको युगमा प्रवेश गर्न सबैमा आतुरता रहेको बताए । ‘तर सम्बन्धित ज्ञान र अनुभव भएका सक्षम व्यक्तिहरूको अभाव गम्भीर रुपमा खट्किने गरेको छ,’ उनले भने ।

‘एकातिर हामी एआई टु गो जस्ता गम्भीर प्रकृतिका तालिमको माध्यमबाट एआई सम्बन्धी ज्ञानको पहुँच वृद्धि गर्ने प्रयासमा छौं,’ बुलान्तले अगाडि भने, ‘सँगसँगै नेपालको पेशागत समुदायलाई सीप अभिवृद्धिको माध्यमबाट सशक्तीकरण गर्दै उनीहरु कार्यरत क्षेत्रमै त्यसको उपयोग गर्ने वा विशुद्ध एआईमा केन्द्रित नयाँ पेशामा प्रवेश गर्ने अवसरको ढोका पनि खोलिदिएका छौं ।’

देशका हरेक भागमा बस्ने ब्यक्तिहरूका लागि उच्च गुणस्तरको एआई शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले दुई वर्ष अघि नै आफूहरूले ‘नेपालका लागि एआई शिक्षा कार्यक्रम सञ्चालन गरेको फ्युज मसिनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीर मास्केले बताए ।

‘हामीले कम्प्युटर विज्ञान र सूचना प्रविधिका सयौँ विद्यार्थीहरूलाई निरन्तर एआईको तालिमको अवसर उपलब्ध गराउँदै आएका छौ,’ उनले भने, ‘भने नेपालका अप्राविधिक पेशाकर्मीले देखाएको चासोबाट हामी निकै उत्साहित भएका छौं ।’

‘नेपालमा एआईमाथि सर्वसाधारणको पहुँच पुर्‍याउने हाम्रो यात्रालाई अझ गति प्रदान गर्नका लागि हामीले अप्राविधिक क्षेत्रका पेशाकर्मीलाई पनि यस्तै प्रकृतिका तालिमका अवसरहरू बढाउँदै लानुपर्छ,’ मास्केले भने, ‘अनि मात्र हामीले नेपालमा एआई शिक्षा र पेशागत अवसरका दुवै क्षेत्रलाई समृद्ध बनाउने दिशामा सफल हुन सक्छौँ ।’

नेपालका विभिन्न शैक्षिक संस्थाको रणनीतिक साझेदारको रुपमा फ्युजमसिनले यस अघि ‘नेपालका लागि एआई शिक्षा’, ‘एआई फाउन्डेसन’, ‘माइक्रो डिग्री’ लगायतका तालिम कायक्रमहरूमा समेत पहलकदमी लिएको थियो । यो नयाँ एआई टु गो तालिम कार्यशाला र यसमा सहभागी हुने प्रकृयाका बारेमा विस्तृत जानकारी लिन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

सन् २०१३ मा स्थापना भएको फ्युजमसिन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत आफ्ना अन्य सेवाहरूको माध्यमबाट उद्यम व्यवसायको क्षेत्रमा लोकप्रिय भइसकेको छ ।

अमेरिकाको कोलम्बिया विश्वविद्यालयका सहप्राध्यापक समीर मास्के (पीएचडी) प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेको यो कम्पनीले एआईको आवश्यकता र महत्व बुझेका तर दक्ष एआई इन्जिनियरको अभावको सामना गरिरहेका संस्थाहरुलाई मद्दत पुर्‍याउने काम गर्दै आएको छ ।-टेकपाना

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!