बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बाढीग्रस्त मेलम्चीमा जोडियो आधुनिक साइरन प्रविधि, अब यसरी गर्नेछ जीवन रक्षा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in सूचना प्रबिधि
असार १७, २०७८ ११;४० बिहान प्रकाशित
बाढीग्रस्त मेलम्चीमा जोडियो आधुनिक साइरन प्रविधि, अब यसरी गर्नेछ जीवन रक्षा
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । बाढीग्रस्त मेलम्ची क्षेत्रमा अत्याधुनिक साइरन सिस्टम जडान गरिएको छ । मेलम्ची नगरपालिकासँगको सहकार्यमा रामलक्ष्मण इनोभेसन प्रालिले ‘अर्ली वार्निङ सिस्टम’ (पूर्व चेतावनी प्रणाली) अर्थात साइरन प्रविधि जडान गरेको हो ।

बाढी, पहिरो लगायत आगलागी र चोरी डकैतीका घटनामा समेत यो साइरन प्रयोग गर्न सकिनेगरी यसको डिजाइन गरिएको छ । म्यानुअल स्विच सिस्टम समेत रहेको साइरन प्रणालीलाई मोबाइल नेटवर्कबाट समेत सञ्चालन गर्न सकिने बताइएको छ ।

मोबाइल नेटवर्क नभएको स्थानमा यो सिस्टमले ‘लोरा ब्याण्ड’ (लो इनर्जी ट्रान्समिटर) नेटवर्कमा काम गर्ने कम्पनीका सहसंस्थापक राम रिमालले बताए । त्यसो त यसमा खोलामा पानीको सतह बढ्दा स्वतः साइरन बज्ने सिस्टम समेत जडित छ ।

यसका लागि खोलामा सेन्सर राखिन्छ । तर खोलाको धार छिनछिनमा परिवर्तन भइरहेका कारण मेलम्ची क्षेत्रमा सेन्सर भने राखिएको छैन । हेलम्बु, सेरा, तालामाराङ, मेलम्ची, बाहुने पाटी, मानेखर्क, पाँचपोखरी र टिपेनीबाट साइरन बजाउन सकिने गरी त्यहाँका प्रहरी अधिकारीको मोबाइल नम्बरमा पहुँच दिइएको छ ।

साइरनका लागि १० अङ्कको छुट्टै मोबाइल नम्बर राखिएको छ । माथिल्लो तटीय क्षेत्रमा रहेका प्रहरी अधिकारीहरूले बाढी आएको थाहा पाउँदा उक्त नम्बरमा डायल गर्ने वित्तिकै साइरन बज्नुका साथै तल्लो तटीय क्षेत्रमा रहेका निश्चित व्यक्तिको मोबाइल नम्बरमा त्यस सम्बन्धी म्यासेज समेत आउँछ ।

मोबाइलका साथै म्यानुअल रुपमा साइरन बजाउन सकिने गरी छुट्टै स्विच समेत राखिएको छ । यस बाहेक मोबाइल एपबाट समेत साइरन बजाउन सकिन्छ । तर सबैसँग स्मार्टफोन हुन नसक्ने र स्विच जोसुकैले दबाउन सक्ने जोखिमका कारण हाललाई साइरन बजाउन मोबाइल नम्बर प्रयोगमा ल्याइएको हो ।

हाल तल्लो तटीय क्षेत्रमा मेलम्ची र बाहुने पाटीमा गरी दुई वटा साइरन जडान गरिएको छ । जसले मेलम्चीका ३५० घर र बाहुने पाटी ४०० घरपरिवारलाई समेट्ने कम्पनीका अर्का सहसंस्थापक लक्ष्मण रिमालले बताए ।

साइरनका लागि सोलार, ब्याट्री, इन्भर्टर, माइक र डिस्प्ले सहितको सम्पूर्ण प्याकेज नै उपलब्ध गराइएको छ । जसमा एउटा प्याकेजको लागत भ्याट बाहेक दुई लाख २० हजार रुपैयाँ रहेको छ । विजुलीका लागि हाइब्रिड सिस्टम सपोर्ट राखिएको छ ।

जसमा ६० वाट क्षमताको सोलार, ५७ एम्पियर आवरको ब्याट्री, एसी लाइन कनेक्सन, १०५० भीए इन्भर्टर र ७ इन्चको डिस्प्ले रहेको छ । मेलम्ची र बाहुने पाटीमा साइरन राखेसँगै हेलम्बु-चनौटे क्षेत्रका स्थानीयले आफ्नै पहलमा साइरन जडान गरिदिन आग्रह गरिरहेको लक्ष्मणले सुनाए ।

‘हामीसँग बस्तीअनुसार ठूला-साना विभिन्न आकारका साइरन छन्,’ उनले भने, ‘मूल्य पनि त्यसैअनुसार फरक फरक छ । हामीसँग भएका साइरनको मूल्य ९०/९५ हजार रुपैयाँबाट सुरु हुन्छ ।’ पुरानो कम्युनिटी साइरनलाई नै अपग्रेड गरेर यो साइरन प्रणाली विकास गरिएको हो ।

यसअघि गत वर्ष यो साइरन प्रणालीलाई बुटवल-पाल्पा क्षेत्रका १५-१६ ओटा ठाउँमा जडान गरिएको  थियो । त्यस बाहेक सानिमा माई हाइड्रो, रघु गंगा हाइड्रो  लगायतका स्थानमा समेत अर्लि वार्निङ सिस्टम राखिएको छ ।

बाढीका लागि मात्र होइन, पहिरो जानु अघि समेत त्यसलाई डिटेक्सन गरेर चेतावनी दिने साइरन प्रणाली समेत रामलक्ष्मण इनोभेसनले बनाइसकेको छ  । हाल यो सिस्टम गोरखाको केरौंजा र खानी गाउँ गरी दुई स्थानमा प्रयोग भइरहेको छ ।

समस्या परेको समयमा मात्रै साइरन प्रणालीको माग आउने भएकाले धेरै स्थानमा जडान गर्न नसकिएको राम रिमाल बताउँछन् । ‘जबजब बाढी पहिरोको प्रकोप सुरु हुन्छ, त्यसपछि मात्रै यस्तो प्रविधि राख्नुपर्‍यो भन्ने माग आउँछ, उनले टेकपानासँगको कुराकानीमा भने, ‘तर यो त स्थानीय तहले समयमै आवश्यकता मूल्याङ्कन गरेर चैत-वैशाखतिरै जडान गर्नुपर्ने प्रणाली हो ।’

स्थानीय तहले नै आवश्यकता मूल्याङ्कन गरेर जोखिमयुक्त स्थानमा समयमै अर्ली वार्निङ सिस्टम तथा साइरन प्रणाली जडान पर्नुपर्ने रिमाल दाजुभाइको सुझाव छ । जिल्ला प्रहरी कार्यालयको सहयोगमा मेलम्ची, इन्द्रावती, भोटेकोशी सबै गरेर सिन्धुपाल्चोकका २७ वटा स्थानमा साइरन जडान गर्नुपर्ने सुझाव राम लक्ष्मण इनोभेसनले दिएको छ ।

‘यसबाट पुरै सिन्धुपाल्चोक जिल्लालाई नै समेट्न सकिन्छ,’ लक्ष्मणले अगाडि भने, ‘त्यसमा १७ वटा ठूला र १० वटा सानो आकारका साइरन राखे पुग्छ ।’ जिल्लाभर पर्याप्त साइरन राख्नका लागि कुल ५० देखि ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यी साइरनलाई बाढी-पहिरोका साथै आगलागी, चोरी, लुटपाट लगायतका घटनामा समेत उपयोग गर्न सकिने उनको भनाई छ । कम्पनीले साइरनमा दुई वर्षको वारेन्टी दिइरहेको छ ।

न्यूनतम वार्षिक शुल्क तिरेको खण्डमा पाँच वर्षकै वारेन्टी दिन सकिने लक्ष्मणले बताए । ‘यसरी यी साइरनलाई दीर्घकालिन रुपमा कम्युनिटी साइरनको रुपमा टिकाउँदै लैजान सकिन्छ,’ उनले अगाडि भने ।

साइरनले कसरी गर्छ काम ? 

साइरन सिस्टमका लागि एउटा निश्चित नम्बरको मोबाइल राखिएको हुन्छ । जसलाई साइरनको सर्भरबाट नियन्त्रणमा राखिएको हुन्छ । त्यस्तै सर्भरमा साइरन बजाउन सक्ने नम्बरलाई छुट्टै रुपमा सूचीकृत गरिएको हुन्छ ।

यसरी निर्धारण गरिएका नम्बरबाट साइरनको नम्बरमा मिसकल गर्दा साइरन बज्ने गर्दछ । यस्तो नम्बरमा कल भने उठ्दैन । साइरनको सर्भरमा प्रोग्रािङ गरेर कुन कुन नम्बरलाई साइरन बजाउन दिने वा नदिने भनेर थपघट सकिन्छ ।

यतिमात्र होइन, यसरी साइरनको नम्बरमा कल आउँदा निश्चित मोबाइल नम्बरहरुमा म्यासेज समेत जाने गर्दछ । जसमा कुन नम्बरबाट कसले साइरन बजाएको हो र साइरन बजाउनुको कारण के हो भन्ने जानकारी पठाइन्छ ।

यसरी के म्यासेज पठाउने भन्ने कुरा समेत सर्भरको कन्ट्रोलबाट सेट गर्न सकिन्छ । हाल मेलम्ची-बाहुनेपाटी क्षेत्रका १८/१९ जनाको मोबाइल नम्बरमा म्यासेज जाने गरी सेट गरिएको छ ।

ती नम्बरमा म्यासेज पठाउने कि नपठाउने अथवा कस्तो म्यासेज पठाउने सबै कुरा सर्भरमा पहुँच बनाएर मिलाउन सकिन्छ । यसका साथै साइरन सिस्टमको ब्याट्रीको चार्ज कति छ, काठमाडौंमा राखिएको सर्भरबाटै निगरानी गर्न सकिन्छ ।

यसका लागि रिमोट सेट अप अर्थात (ओटीए-ओभर द एयर) प्रविधि प्रयोगमा ल्याइएको छ । यसबाट साइरन कति लामो समयसम्म बजाउने भन्ने कुरा समेत निर्धारण गर्न सकिन्छ । साइरन भएको ठाउँमा छुट्टै डिस्प्ले समेत राखिएको छ ।

साइरन बज्दा नजिकै रहेका व्यक्तिहरुले कसले कहाँबाट किन साइरन बजाएको हो भन्ने जानकारी डिस्प्लेमा हेर्न सकिन्छ । सेन्सरबाट खोलामा पानीको सतह बढेको थाहा पाउने र स्वचालित रुपमा साइरन बज्ने सिस्टम समेत यसमा छ । म्यानुअल र स्वचालित सिस्टमलाई आवश्यकताअनुसार प्रयोग गर्न सकिने गरी विभिन्न चार वटा सेड्युल बनाइएको छ ।-टेकपाना

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित
सूचना प्रबिधि

उच्च प्रविधिको छ यो चस्मा, स्मार्टफोनसँग जोड्न मिल्छ, स्पिकर र राम्रो ब्याट्रीबाट सुसज्जित

फाल्गुन ११, २०७८ २०;४७ मध्यान्ह प्रकाशित
मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?
सूचना प्रबिधि

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ?

माघ २५, २०७८ २०;५९ मध्यान्ह प्रकाशित
तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्
सूचना प्रबिधि

तपाईं दिनमा कति समय फेसबुक चलाउनुहुन्छ? यसरी हेर्नुहोस्

माघ २३, २०७८ ०८;२१ बिहान प्रकाशित
एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?
आर्थिक

एनटिसी मोबाइलबाट एनटिसीमा पैसा कसरी पठाउने?

माघ ८, २०७८ १५;५१ मध्यान्ह प्रकाशित
यस्ता छन् फेसबुकमा यो वर्ष सबैभन्दा धेरै हेरिएका सामग्री
सूचना प्रबिधि

यसरी लक गर्नुहोस् आफ्नो फेसबुक प्रोफाइल

माघ ७, २०७८ १६;५१ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!