भारतको जम्मुस्थित भारतीय वायुसेनाको स्टेसनमा ड्रोन आक्रमणपछि जम्मु कश्मीरमा लगातार अन्य ड्रोनहरू पनि देखिन थालेका छन् ।
सीमानजिक अरनिया सेक्टरमा ड्रोन देखिएको हो । त्यसपछि बोर्डरमा तैनाथ बीएसएफका जवाफहरूले ड्रोनमा अनेकौं राउन्ड गोली चलाए । त्यसपछि ड्रोन गायब भयो ।
हालैको समयमा मात्र नौपटक ड्रोन देखिसकिएको छ ।
बीएसएफले यस विषयमा बयान जारी गर्दै भनेको छ, ‘बीएसएफका जवानहरूले पाकिस्तानको सानो हेक्साकप्टर ड्रोनमा बिहान ४ः२५ मा फायरिङ गरे । उक्त ड्रोन अरनिया सेक्टरमा अन्तर्राष्ट्रिय सीमामा भारतीय इलाकाभित्र पस्न खोज्दैथियो । फायरिङपछि ड्रोन फर्कियो । उक्त इलाकाको रेकी गर्नका लागि ड्रोन पठाइएको हुन सक्छ ।’
गत आइतवार जम्मु एयरफोर्स स्टेसनमा ड्रोनमार्फत दुईवटा विस्फोटक पदार्थ खसाइएपछि जम्मुमा लगातार ड्रोन आक्रमण भइरहेको छ । मंगलवार र बुधवार पनि ड्रोनहरू देखिएका थिए ।
लगातार ड्रोन गतिविधिहरू देखिएपछि सबै मिलिटरी र एयरफोर्स स्टेसनका साथै पाकिस्तानसँगको अन्तर्राष्ट्रिय सीमामा हाई अलर्ट जारी गरिएको छ ।
ड्रोन साना हुनाले सजिलैसँग राडारको रेन्जमा आउँदैनन् ।
एन्टीड्रोन सिस्टम जडान गर्ने विषयमा छलफल भइरहेको छ । डीआरडीओेले तीन किलोमिटर दायरामा ड्रोन पत्ता लगाएर जाम गर्ने प्रविधि विकसित गर्न खोज्दैछ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मीरी नेताहरूसँग वार्ता गरेर कश्मीरमा शान्तिबहालीको लागि कोशिश गरेदेखि नै पाकिस्तानले ड्रोन आक्रमण शुरू गरेको बताइँदैछ ।-लोकन्तर












प्रतिक्रिया लेख्नुहोस्:-