काठमाडौं । देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक कम्युनिकेशन्सकाे ग्राहक संख्या पाँच लाख पुगेको छ । विगत २५ वर्षदेखि इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको वर्ल्डलिंकले देशका अघिकांश जिल्लामा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।
देशभर फाइबर इन्टरनेट सेवा विस्तार गरिरहेको वर्ल्डलिंक बिहीवार यो सफलता हात पारेको कम्पनीका निर्देशक लक्ष्मण यादवले बताएका छन् ।
‘बिहीवारदेखि वर्ल्डलिंक इन्टरनेट ५ लाख घरधुरीमा पुगेको छ,’ उनले भने, ‘कम्पनीको निरन्तर प्रयास, कर्मचारीको लगाव र ग्राहकको मायाले यो सफलता हात पार्न सफल भएको हो । योसँगै कम्पनी आगामी दिनमा सेवालाई अझ विश्वसनीय र भरपर्दो बनाउँदै थप ग्राहकमाझ जोडिदै जानेछ ।’
वर्ल्डलिंक पाँच लाख घरधुरीमा इन्टरनेट पुगेको भनी उल्लेख गरेको भएता पनि इन्टरनेट पहुँचको हिसाबले अझ बढी देखिन्छ । किनभने नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई आधार मान्ने हो भने एक प्रयोगकर्ता बराबर ४.८८ जना इन्टरनेट प्रयोगकर्ता हुन्छन् । यसकाे अर्थ वर्ल्डलिंक इन्टरनेट प्रयोगकर्ताको संख्या २४ लाख ४० हजार पुगेकाे छ ।
प्रतिक्रिया लेख्नुहोस्:-