बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उच्च तापक्रमसँगै क्यानडामा डढेलोले ठूलो क्षति

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
असार १८, २०७८ १४;३५ मध्यान्ह प्रकाशित
उच्च तापक्रमसँगै क्यानडामा डढेलोले ठूलो क्षति
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

बीबीसी । यसै हप्ता उच्च तापक्रमको रेकर्ड बनाएको क्यानडाको लाइटनमा वन डढेलोले ९० प्रतिशतभन्दा धेरै भूभाग जलाएको स्थानीय सांसद ब्राड भिसले बताएका छन् । भिसका अनुसार डढेलोले ब्रिटिस कोलम्बिया प्रान्त र आसपास क्षेत्रका महत्वपूर्ण संरचनाहरुमा ठूलो क्षति पुर्‍याएको छ ।

लाइटनका मेयर जेन पोल्डरमनले बीबीसीसँग कुरा गर्दै ‘भाग्यवश् आफ्नो ज्यान जोगाएको’ बताएका छन् । उनले भने, “अब लाइटनमा केही बाँकी रहने अवस्था छैन । जताजतै आगो मात्र छ ।”

१५ मिनेटमै जंगलबाट आगो मानव बस्तीमा फैलिएपछि उनले सबै वासिन्दालाई सो क्षेत्र खाली गर्न निर्देशन दिएका थिए । यसै हप्ता त्यहाँ अहिलेसम्मकै उच्च तापक्रम ४९.६ डिग्री मापन गरिएको थियो ।

सोही किसिमको असाधारण गर्मीको लहर उत्तर अमेरिकामा पनि देखा परिरहेको छ ।

पश्चिम क्यानडास्थित ब्रिटिस कोलम्बियामा गर्मीकै कारण पछिल्लो पाँच दिनमा सम्भावित ४८६ भन्दा धेरैको मृत्यु भएको घटनाबारे रिपोर्ट गरिएको छ । यी सबै घटनाका लागि चिफ कोरोनेर लिसा लोपोइन्टले जटिल मौसमलाई जिम्मेवार ठहर्याएकी छन् ।

अहिले क्यानडाका कोस्टल क्षेत्रहरुमा तापक्रम केही सहज बन्दै गएको छ । तर, भित्रीतर्फ अवस्था अझै सुध्रिएको छैन । यो चरम मौसम यति बेला पूर्वतर्फ फैलिरहेको बताइएको छ ।

यस्तोमा बुधबार डढेलोको धुवाँ र आगो घरैसम्म आइपुगेपछि त्यहाँका वासिन्दाहरु आफ्ना केही सरसामान नलिई भागेका छन् । मेयर पोल्डरमनले भने, “केवल १५ मिनेटमै पूरै सहर आगोले जलिरहेको थियो । मान्छेहरु आत्तिदै केवल आफ्ना घरपालुवा जीवजन्तु बोकेर गाडी चढी भागेका हुन् ।”

७१ किलोमिटर प्रतिघण्टा रफ्तारमा चलिरहेको हावाले बुधबार बेलुकी आगोलाई थप उत्तरतर्फ सामुदायसम्म पुर्‍याएको हो । तातो र सुक्खा मौसम अनि हावा चलिरहनाले आगो छिटै फैलिएको बताइएको छ ।

२२ वर्षीया छोरीलाई लिएर घर छाड्न बाध्य बनेकी एक वासिन्दाले बीबीसीसँग भावुक हुँदै भनिन्, “म रोइरहेकी थिएँ । छोरी पनि धेरै रोइन् । अहिले मलाई आफूले किन चाबी बोकेर हिँडेको होलाजस्तो भइरहेको छ । किनकि, अब त्यहाँ हाम्रो घरै नहुन पनि सक्छ । हाम्रो घरलाई केही नहोस् भनेर म केवल प्रार्थना मात्र गर्न सक्छु ।”-१२ खरी

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!