बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

विमान दुर्घटना: अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान समुन्द्रमा खस्यो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
असार १९, २०७८ ०५;३० बिहान प्रकाशित
विमान दुर्घटना: अमेरिकाको हवाईमा बोइङ ७३७ कार्गो जेट विमान समुन्द्रमा खस्यो
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

दुईजना पाइलट सवार बोइङ ७३७ कार्गो विमान इन्जिनमा समस्या उत्पन्न भएपछि अमेरिकाको हवाईस्थित समुन्द्री तटनजिकै झरेको छ।

बिबिसी नेपाली उक्त विमान होनोलुलुबाट माउइ टापुतर्फ गइरहेको थियो तर ड्यानियल के इनोए अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै पानीमा खसेको थियो।

तटरक्षक सुरक्षा फौजले स्थानीय समयअनुसार शुक्रवार बिहानै दुवै पाइलटलाई उद्धार गरेका थिए।

रोयटर्स समाचार संस्थाले जनाए अनुसार एकजना पाइलट जहाजको पुच्छर समातेर पानीमा तैरिरहेका थिए।

यातायात मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै हवाई न्यूज नाउले ती पाइलटलाई क्वीन्स मेडिकल सेन्टरमा पुर्‍याएर सघन उपचार कक्षमा राखिएको जनाएको छ।

टाउकोमा गम्भीर चोट लागेका अर्का पाइलटलाई डुङ्गामा राखेर समुन्द्र बाहिर निकालिएको बताइएको छ।

एनबीसीले प्रसारण गरेको दृश्यमा ती पाइलटमध्ये एक ठानिएका व्यक्तिलाई ह्वीलचेअरमा राखेर लगिँदै थियो। उनी होसमा रहेको जस्तो देखिन्थ्यो।

ती पाइलटले आफूहरू समस्यामा परेको थाहा पाएका थिए।

अनलाइनमा राखिएको भोइस रेकर्डिङमा एक पाइलटले एअर ट्राफिक कन्ट्रोललाई भनेको सुनिन्छ, “नम्बर १ इन्जिन बिग्रेको छ।”

“अर्को इन्जिन पनि खराब हुन गइरहेको छ। यो असाध्यै तातेको छ।”

विमान होनोलुलुबाट माउइ टापु गइरहेकव थियो
विमान होनोलुलुबाट माउइ टापुको काउलुई गइरहेको थियो

अमेरिकी मिडियाले बोइङको विज्ञप्ति छाप्दै कम्पनी अधिकारीहरूको सम्पर्कमा रहेको र ‘अवस्थालाई नजिकबाट हेरिरहेको’ भनेका छन्।

द फेडरल एभियशन एडमिनिस्ट्रेशन र न्याशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले उक्त घटनाको अनुसन्धान गर्ने भएको छ।

एफएएले भनेको छ, “पाइलटहरूले इन्जिनमा समस्या आएको रिपोर्ट गरेका थिए र होनोलुलु फर्कने प्रयत्न गरिरहेका बेला उनीहरूले जहाजलाई पानीमा खसाल्न बाध्य भए।”

उडानहरूको जानकारी दिने वेबसाइट फ्लाइटरेडार २४ ले ट्वीट गर्दै उक्त जहाज ट्रान्सएअर कम्पनीका लागि सन् २०१४ देखि उडानमा रहेको ७३७-२०० कार्गो विमानका रूपमा काम गर्दै आएको जनाएको छ।

ट्रान्सएअर फ्लाइट ८१० काहुलुइतर्फ होनोलुलुबाट उडेको केही बेरमै पानीमा खस्न पुगेको फ्लाइटराडारले जनाएको छ।

ट्रान्सएअर सन् १९८२ देखि व्यवसाय गर्दै आएको र त्यो हवाईको ठूलो कार्गो व्यवसायीमध्ये एक भएको बताइएको छ।

1px transparent line

उक्त कम्पनीसँग पाँचवटा बोइङ ७३७ रहेको जानकारी वेबसाइटमा राखिएको छ।

होनोलुलुमा खसेको विमान ७३७ म्याक्स होइन, बोइङ ७३७ म्याक्स मोडलका विमान सन् २०१८ मा र सन् २०१९ मा दुर्घटनाग्रस्त भएपछि अधिकारीहरूले उडानमा अस्थायी रोक लगाएका थिए।

सन् २०२० मा अमेरिकी नियामक अधिकारीले पुन: उडान अनुमति दिए पनि त्यसलाई पुन: निगरानीमा राखिएको छ।-बिबिसी नेपाली

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!