बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खोप लगाएका विद्यार्थी र पर्यटक आउन पाउनेसहित अस्ट्रेलियाद्वारा कोभिडविरूद्ध लड्न चार चरणका योजना सार्वजनिक

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in अन्तरास्ट्रिय
असार १९, २०७८ ०६;३४ बिहान प्रकाशित
खोप लगाएका विद्यार्थी र पर्यटक आउन पाउनेसहित अस्ट्रेलियाद्वारा कोभिडविरूद्ध लड्न चार चरणका योजना सार्वजनिक
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अन्तर्राष्ट्रिय सीमा नाका आगामी वर्षसम्म बन्द रहने

अस्ट्रेलियाको केन्द्रीय सरकारले मुलुकलाई सामान्य अवस्थामा फर्काउने नयाँ योजना तय गरेको छ।

प्रधानमन्त्री स्कट मोरिसनले मुलुकलाई कोभिड–१९ पूर्वको सामान्य स्थितिमा पुर्‍याउन विभिन्न चार चरणका महत्वपूर्ण योजना अगाडि सारेका छन्।

अस्ट्रेलियाको केन्द्रिय मन्त्रिपरिषदको बैठकले खोप अगाडि, खोप पछाडि, स्थायीत्व र सामान्य अवस्थामा फर्कने गरी चार चरणमा मुलुकलाई अगाडि बढाउने निर्णय गरेको हो।

यस्तै कोरोनाभाइरसको निकै संक्रमणकारी मानिएको डेल्टा भेरिएन्टबाट उत्पन्न हुनसक्ने थप जोखिमलाई ध्यानमा राख्दै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रुको आगमनलाई कम्तिमा पनि अर्को सालसम्म रोक्न सीमा नाकालाई अहिलेकै अवस्थामा राखिने जनाएको छ।

शुक्रबार बसेको  राष्ट्रिय मन्त्रिपरिषद्को बैठकले हरेक साता अस्ट्रेलिया भित्रने यात्रुको संख्या ६ हजारबाट घटाएर करिब ३ हजार कायम गर्ने निर्णय गरेको छ।

विशेषज्ञको सल्लाह तथा सुझावका आधारमा राज्य एवं प्रादेशिक सरकार प्रमुखको सामुहिक योजनामा नयाँ निर्णय गरिएको प्रधानमन्त्री स्कट मोरिसनले बताएका हुन्।

प्रधानमन्त्री मोरिसनका अनुसार पहिलो चरणमा भाइरसलाई दमन गर्ने रणनीति कायमै रहनेछ र मानिसहरूले खोप लगाएको संख्याको आधारमा योजना अगाडि सारिनेछ।

यसका साथै लकडाउनलाई कोभिड रोकथामको अन्तिम अस्त्रका रूपमा प्रयोग गर्नेबारे पनि राष्ट्रिय मन्त्रिपरिषद् सहमत भएको छ। तर विदेशमा फसेका आफ्ना नागरिकलाई यथाशिघ्र घर फिर्ता ल्याउने विषयमा सरकार गम्भीर रहेको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्।

नयाँ योजनाको पहिलो चरणमा राष्ट्रिय खोप कार्यक्रमलाई तिब्रता दिने भएको छ।  त्यसपछि लकडाउनलाई अन्तिम रोकथामको उपायका रूपमा लागू गर्ने तथा क्वारेन्टिन सम्बन्धी अन्य विकल्पहरू सुरु गरिने भएको छ।

राष्ट्रिय होटेल क्वारेन्टिन सञ्जालमाथि थप समीक्षा हुने र संघीय सरकारले हावर्ड स्प्रिङस क्वारेन्टिन केन्द्रमा थप मानिसका लागि स्थान उपलब्ध गराउने भएको छ।

सरकारले ल्याएको दोस्रो चरणको योजनामा गम्भीर प्रकृतिका बिरामी, अस्पताल भर्ना हुने ज्यान जाने अवस्थालाई न्यूनीकरण गरिनेछ।

खोप लगाउन लाइनमा बसेका अष्ट्रेलियन नागरिक।

यसका साथै थप प्रतिबन्धहरू खुकुलो हुने, अति चरम परिस्थितिमा मात्रै लकडाउन गरिने पनि मोरिसनले बताएका छन्।

दोस्रो चरण लागू भएपछि देश भित्रने यात्रुहरूको संख्यालाई पुनः बढाइनेछ जस अन्तर्गत खोप लगाएका मानिसहरूले पहिलो प्राथमिकता पाउनेछन्।

पहिलो चरणमा गरिएको परीक्षणको नतिजा हेरेर खोप लगाइसकेका आफ्ना नागरिकका लागि क्वारेन्टिन सम्बन्धी नयाँ व्यवस्था जारी हुनेछ ।

दोस्रो चरणमा अन्तर्राष्ट्रिय विद्यार्थी तथा आर्थिक भिसामा अस्ट्रेलिया आउन खोज्ने मानिसलाई तोकिएको संख्यामा भित्र्याइने भएको छ।

तेस्रो चरणमा कोभिड–१९ लाई पनि फ्लु जस्तै सरूवा रोगका रुपमा लिएर यसको प्रभावलाई कम गराइनेछ।

तेस्रो चरणमा अस्ट्रेलियाको प्रवेशसँगै देश बाहिर जान चाहने खोप लगाइसकेका मानिसहरू माथि कुनै बन्देज लगाइने छैन। विद्यार्थी, आर्थिक तथा मानवीय भिसा धारकहरूका लागि पनि ढोका खुल्नेछ।

यस्तै चौथो चरणमा देशलाई सामान्य स्थितिमा फिर्ता ल्याउने कोशिस गरिनेछ। खोप नलगाएका मानिसलाई पनि अस्ट्रेलिया प्रवेश गर्न दिइनेछ तर त्यो उडान पूर्व र पछिको कोभिड–१९ परीक्षण नतिजामा निर्भर रहनेछ।

‘हामीले यो गर्न सक्यौँ भने अस्ट्रेलिया सुरक्षित अवस्थामा पुरानै स्थितिमा फर्कन सक्नेछ’, प्रधानमन्त्री मोरिसनले भने, ‘यसका लागि ठाक्कै यति समय लाग्ने नबताइए पनि सरकारले जनतालाई भ्याक्सीन लगाउन प्रोत्साहन गर्ने अभियानका रुपमा समेत यो नीति अघि सारिएको हो।’-सेतोपाटि

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

किन उभियो नेपाल युक्रेनको पक्षमा ?
अन्तरास्ट्रिय

किन उभियो नेपाल युक्रेनको पक्षमा ?

फाल्गुन १९, २०७८ ०७;४८ बिहान प्रकाशित
रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए
अन्तरास्ट्रिय

रुसी सेनाको ट्यांकको लश्करलाई रोक्न एक युक्रेनी सैनिकले बमले पुलसहित आफैंलाई उडाइदिए

फाल्गुन १८, २०७८ ०८;२९ बिहान प्रकाशित
के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?
अन्तरास्ट्रिय

के हो रुसले युक्रेनमा प्रहार गरेको भनिएको घातक भ्याकुम बम ?

फाल्गुन १७, २०७८ १०;०६ बिहान प्रकाशित
भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?
अन्तरास्ट्रिय

भ्लादिमिर पुटिनले किन दिए परमाणुअस्त्र तयार राख्न आदेश, अब के हुनसक्छ?

फाल्गुन १७, २०७८ ०८;३३ बिहान प्रकाशित
युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
अन्तरास्ट्रिय

युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

फाल्गुन १५, २०७८ २०;१८ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!