काठमाडौं। बलिउड अभिनेता आमिर खान र उनकी पत्नी किरण रावले सम्बन्धविच्छेद गरेका छन् । यो आमिरको दोस्रो बिहे थियो । आमिर र किरणले विवाहको १५ वर्षपछि आपसी सहमतिमा सम्बन्धविच्छेदको घोषणा गरेका छन् । यी दुईले २८ डिसेम्बर २००५ मा बिहे गरेका थिए । सम्बन्धविच्छेदका विषयमा आमिर र किरणले आधिकारिक वक्तव्य जारी गरेका छन् ।
यी दुईले लेखेका छन् ‘१५ वर्ष बिताउने क्रममा हामीले हाँसीखुसी हरेक पल बाँच्यौं र हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमको साथमा अघि बढिरह्यो । अब हामी जीवनको नयाँ अध्याय सुरु गर्नेछौं जो पति पत्नीको रुपमा नभइ साझा अभिभावक र एक अर्काको लागि परिवार जस्तै रहनेछ । हामीले केही समय पहिले छुट्टिने योजना बनायौं र अब हामी छुट्टाछुट्टै बस्ने व्यवस्थामा सहज छौं । हामी छोरा आजादको लागि सहअभिभावक बनिरहनेछौं र उनको अभिभावकत्व जारी रहनेछ ।’
हामी फिल्महरुका साथै आफ्नो पानी फाउण्डेशन र अन्य सबै पेजेक्टमा साथ काम गरिरहनेछौं जसमा हाम्रो रुचि हुनेछ । हाम्रा साथीहरु र परिवारलाई आभारजसले हामीलाई यस क्रममा लगातार सहयोग गर्नुभयो । उहाँहरुको सहयोगबिना हामी यो फैसला लिन सक्षम हुन सक्दैनथ्यौं । हामी आफ्ना शुभचिन्तकबाट यो आशा गर्छौं कि हामीलेजस्तै यो सम्बन्धविच्छेदलाई अन्त्य होइन नयाँ सफरको सुरुवातको रुपमा हेरिदिनुहोला ।
प्रतिक्रिया लेख्नुहोस्:-